रुपन्देही उद्योग संघमा निर्वाचित समितिको पदस्थापन सम्पन्न


रूपन्देही
रुपन्देही उद्योग संघको ४७ औं साधारणसभा तथा २४ औं अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न साधारणसभाको अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्योग व्यवसायको प्रवद्र्धन र विकासका लागि उपमहानगरपालिका सदैव उद्योगीहरुको साथमा रहेको बताउनुभयो । उहांले सरकार, राजनीतिक नेतृत्व र निजी क्षेत्र संगसंगै अगाडी बढ्न सके मात्र मुलुक समृद्ध बन्ने बताउनुभयो । मोतीपुर औद्योगिक क्षेत्र समयमा नबनेका कारण यो क्षेत्रका उद्योगीहरुले झेल्नुपरेका समस्या निरन्तर रहेको बताउँदै अब छिटो समाधानका लागि दबाब दिनुपर्ने जनाउनुभयो । कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय अध्यक्ष विरेन्द्र पाण्डेले उद्योग व्यवसायको विकासका लागि सरकारको नीति स्पष्ट हुनुपर्ने बताउनुभयो । उहाँले सबैतिरबाट संकटमा परेका उद्योगीलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताउनुभयो ।
नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले उद्योग व्यवसायको विकास बिना मुलुक समृद्ध बन्न नसक्ने उल्लेख गर्दै सरकारी तहबाट भने उद्योग व्यवसाय मैत्री वातावरण बन्न नसकेको गुनासो गर्नुभयो । आलमले मुलुकमा सुस्त बन्दै गएको आर्थिक गतिविधि र जेन जी हरुको आन्दोलनका कारण बन्द हुने अवस्थामा पुगका उद्योग व्यवसाय डेडिकेटेड तथा ट्रंक लाईनको बक्यौता विवादका कारण झनै प्रभावित बनेको बताउनुभयो । सरकारले रुपन्देहीका उद्योगी व्यवसायीले माग र प्रयोग नै नगरेको डेडिकेटेड तथा ट्रंक लाईनको बक्यौता नबुझाएको भन्दै विद्युत लाइन काटिदिएर उद्योगी व्यवसायीमाथी प्रतिशोध सांध्ने काम गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले सरकारले उद्योग व्यवसाय मैत्री वातावरण निर्माण गर्न नसक्दा संचालनमा रहेका उद्योग बन्द हुने र नयां उद्योग स्थापना हुन नसक्ने अवस्था श्रृजना भएको बताउनुभयो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, रुपन्देही व्यापार संघका अध्यक्ष दिपक अधिकारी, पश्चिम नेपाल बस व्यवसायी प्रालीका अध्यक्ष दधिराम खरेल,लगायतले भनाई राख्नुभएको थियो । संघका अध्यक्ष दिलीप सापकोटाको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुलीको स्वागत, महासचिव हिरामणी भट्टराईको संचालन तथा प्रथम उपाध्यक्ष जीवकान्त काफ्लेको धन्यवादमा कार्यक्रम सम्पन्न भएको थियो । साधारण सभाको बन्द सत्रले महासचिव हिरामणि भट्टराईले संस्थाको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष युवराज आचार्यले आर्थिक प्रतिवेदन पास गरेको थिया ।
संघको २४ औं अधिवेशनबाट अध्यक्षमा कृष्णप्रसाद पराजुलीसहित सबै पदका उम्मेदार निर्विरोध निर्वाचित हुुनुभएको थियो । रुपन्देहीका १ हजार ६९ उद्योगी आवद्ध रहेको संघको शनिबार २४ औं अधिवेशनबाट अध्यक्षसहित सबै पदमा निर्विरोध चयन भएको निर्वाचन समितिका प्रमुख रामप्रसाद आचार्यले जानकारी दिनुभयो ।
बिहीबार भएको मनोनयनमा अधिकांश पदमा एकल उम्मेदवारी परेपछि शुक्रबार नै निर्विरोध निर्वाचित हुनुभएको थियो । दोहोरो उम्मेदवारी परेका केही पदमा शुक्रबार उम्मेदवारी फिर्ता लिने समयअगावै उम्मेदवारले दाबी फिर्ता लिएपछि निर्विरोध घोषणा गरिएको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा जीवकान्त काफ्ले, प्रथम उपाध्यक्षमा हरिबहादुर खत्री, द्वितीय उपाध्यक्षमा युवराज आचार्य, महासचिवमा सुमन बस्याल, कोषाध्यक्षमा विशाल बेलवासे, सचिवमा अशोक कुँवर र सहकोषाध्यक्षमा राजु घिमिरे निर्वाचित हुनुभएको छ। पदाधिकारीको सचिव (महिला) पद भने खाली छ । सो पदमा शारदा रेग्मी (भट्टराई)को उम्मेदवारी परे पनि उनले शुक्रबार उम्मेदवारी फिर्ता लिएपछि पद नै खाली भएको हो ।
त्यस्तै सदस्यमा आजीवनतर्फ इञ्जिनियर किरण खरेल, एसोसिएटतर्फ अखिलेश गुप्ता कसौधन, संस्थागतमा तेजप्रसाद पराजुली निर्वाचित भएका छन् । खुला सदस्य ६ जनामा रमेशप्रसाद आचार्य, लालप्रसाद बस्याल, काशीनाथ खनाल, मेघबहादुर घिमिरे, अनिशकुमार कसौधन र थानेश्वर पाण्डे निर्वाचित भएका छन् । त्यस्तै दुई महिला सदस्य पदमा पार्वती गिरी र दिलु शाही, सदस्य (बुटवल औद्योगिक क्षेत्र) मा प्रज्ज्वल थान्जु, बुटवल उपमहानगरपालिकातर्फ दुई जनामा नारायणप्रसाद खनाल र डिल्लीनारायण पाण्डे, सदस्य (तिलोत्तमा र ओमसतिया) तर्फ दुई जनामा घनश्याम पौडेल शर्मा र शतिश सापकोटा, सदस्य (देवदह नगरपालिका, रोहिणी गाउँपालिका)मा चक्रपाणी तिवारी, सदस्य (सैनामैना नगरपालिका, कञ्चन र गैडहवा गाउँपालिका)तर्फ कृष्णप्रसाद पोखरेल, सदस्य (शुद्धोधन र सियारी गाउँपालिका) बाट टंकनारायण आचार्य निर्वाचित हुनुभएको छ।
सिद्धार्थनगर नगरपालिका र मायादेवी गाउँपालिकाबाट एक जना, लुम्बिनी सांस्कृतिक नगरपालिका, कोटहीमाई, समरीमाई र मर्चवारी गाउँपालिकाबाट एक जना निर्वाचित हुने भए पनि कसैको उम्मेदवारी नपरेकाले ती पद खाली रहेको निर्वाचन समितिले जनाएको छ ।
३३ सदस्यीय कार्यसमिति रहने संघमा ३१ जना अधिवेशनबाट निर्वाचित हुने र दुई जना अध्यक्षले मनोनीत गर्ने प्रावधान छ । खाली रहेका पदहरूमा समितिको पहिलो बैठकबाट मनोनीत गर्ने तयारी भएको छ । नवनिर्वाचित समितिको शनिबार नै पदस्थापन भएको छ ।

छुटाउनुभयो कि ?

बढ्यो अमेरिकी डलरको मूल्य

बढ्यो अमेरिकी डलरको मूल्य

बढ्यो अमेरिकी डलरको मूल्यकाठमाडौँनेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारि...
१ सय २०दिनपछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

१ सय २०दिनपछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

काठमाडौंराष्ट्रिय सभाको १९औं अधिवेशन आजदेखि सुरु हुँदैछ । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा अधिवेशन सुरु हुन लागेको हो । ...
क्यानद्वारा टी–२० विश्वकप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

क्यानद्वारा टी–२० विश्वकप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौँ आईसीसी पुरुष टी–२० विश्वकप २०२६ खेल्ने नेपाली क्रिकेट टिमको बिदाई गरिएको छ । शनिबार विशेष कार्यक्रम आयोजना गरेर क...
युवा संघ रुपन्देहीद्वारा सद्भाव भेटघाट तथा सम्मान कार्यक्रम , आगामी निर्वाचनमा एमाले सवै भन्दा ठूलो पार्टी बन्ने कार्यकर्ताको विश्वास

युवा संघ रुपन्देहीद्वारा सद्भाव भेटघाट तथा सम्मान कार्यक्रम , आगामी निर्वाचनमा एमाले सवै भन्दा ठूलो पार्टी बन्ने कार्यकर्ताको विश्वास

रूपन्देहीराष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रममा वोल्दै वक्ताहरुले नेकपा एमाले देश र ...