शाइन रेसुंगा बैंक १७ बर्षमा निक्षेप ६९ अर्ब ७२ करोड
बुटवलकाठमाण्डौ बाहिर केन्द्रीय कार्यालय रहेको ‘ख’बर्गको एक मात्रै विकास बैंक साईन रेसुङ्गा डेभलपमेन्ट बैंक १७ औ बर्षमा प्रवेश गरेको छ । बिहान ७ बजे कालिकानगरस्थित प्रधान कार्यालयबाट मणिग्रामसम्म राष्ट्रियस्तरको १० किलोमिटर दौड प्रतियोगिता आयोजना गर्दैछ ।तीन विधामा हुने उक्त दौड प्रतियोगिताका विजेता–उपविजेताका लागि ५ लाख रूपैयां पुरस्कार राशी रहेको छ । यस्तै दिउसो २ बजे ड्रिमल्याण्ड रिसोर्ट मणिग्राममा शाइन आर्थिक पत्रकारिता पुरस्कार वितरण,उत्कृष्ट शाखा र कर्मचारी सम्मान लगायत कार्यक्रम हुने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । बैंकको अधिकृत पूँजी रु ८ अर्व, जारी पुंजी ४ अर्व ८७ करोड र चुक्ता पूँजी पनि ४ अर्व ८७ करोड रहेको छ ।२०८१ पौष मसान्तको अपरिष्कृत वित्तिय विवरण अनुसार निक्षेप संकलन रु. ६९ अर्ब ७२ करोड (बचत निक्षेप ३६.९३ प्रतिशत, मुद्धती निक्षेप ५६.७४ प्रतिशत, कल चल...








