शाइन रेसुंगा बैंक १७ बर्षमा निक्षेप ६९ अर्ब ७२ करोड


बुटवल
काठमाण्डौ बाहिर केन्द्रीय कार्यालय रहेको ‘ख’बर्गको एक मात्रै विकास बैंक साईन रेसुङ्गा डेभलपमेन्ट बैंक १७ औ बर्षमा प्रवेश गरेको छ । बिहान ७ बजे कालिकानगरस्थित प्रधान कार्यालयबाट मणिग्रामसम्म राष्ट्रियस्तरको १० किलोमिटर दौड प्रतियोगिता आयोजना गर्दैछ ।तीन विधामा हुने उक्त दौड प्रतियोगिताका विजेता–उपविजेताका लागि ५ लाख रूपैयां पुरस्कार राशी रहेको छ । यस्तै दिउसो २ बजे ड्रिमल्याण्ड रिसोर्ट मणिग्राममा शाइन आर्थिक पत्रकारिता पुरस्कार वितरण,उत्कृष्ट शाखा र कर्मचारी सम्मान लगायत कार्यक्रम हुने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । बैंकको अधिकृत पूँजी रु ८ अर्व, जारी पुंजी ४ अर्व ८७ करोड र चुक्ता पूँजी पनि ४ अर्व ८७ करोड रहेको छ ।
२०८१ पौष मसान्तको अपरिष्कृत वित्तिय विवरण अनुसार निक्षेप संकलन रु. ६९ अर्ब ७२ करोड (बचत निक्षेप ३६.९३ प्रतिशत, मुद्धती निक्षेप ५६.७४ प्रतिशत, कल चल्ती तथा अन्य ६.३३ प्रतिशत रहेको छ ।

कर्जा लगानीतर्फ रु. ५७ अर्ब ४९ करोड रहेको छ । जसमा ब्यापार कर्जा १८.९१ प्रतिशत, कृषि कर्जा ५.९१ प्रतिशत, आवास निर्माण कर्जा ३.८२ प्रतिशत, विपन्न बर्ग कर्जा ५.८९ प्रतिशत, जग्गा खरिद कर्जा ४.९५ प्रतिशत, होटल तथा पर्यटन कर्जा १६.८५ प्रतिशत, उद्योग कर्जा १४.२१ प्रतिशत, उपभोग्य कर्जा २०.३५ प्रतिशत, हायरपर्चेज कर्जा १.४८ प्रतिशत रहेको छ भने अस्पताल, शिक्षा आदीमा ६.५५ प्रतिशत र अन्य कर्जा १.०८ प्रतिशत रहेको बैंकले जनाएको छ ।
बैंकले आर्थिक बर्षमा २०८०/०८१ मा ब्याजकर, पारिश्रमिक कर लगायत अन्य शिर्षकमा गरी श्रोतमा कर कट्टी तर्फ रु. ३५ करोड ५७ लाख ८० हजार, आयकर तर्फ रु. ३७ करोड ०६ लाख ६६ हजार गरी कुल रु ७२ करोड ६४ लाख ४६ हजार सरकारी कोषमा जम्मा गरेको छ । चालु आ.व. २०८१÷८२ को पौष मसान्त सम्म अग्रिम आयकर तर्फ रु १७ करोड ९८ लाख ७३ हजार र ब्याजकर, पारिश्रमिक कर, लाभांश कर लगायत अन्य शिर्षकमा गरी श्रोतमा कर कट्टी तर्फ रु. १६ करोड ९३ लाख ६४ हजार गरी कूल ३४ करोड ९२ लाख ३७ हजार जम्मा गरिएको छ ।बैंकमा ९७० जना कर्मचारी छन् । बैंकले आर्थिक बर्ष २०८०/०८१ मा इण्डियन च्याम्बर अफ कमर्सवाट आयोजित दोस्रो इमर्जिङ एशिया बैंकिङ अवार्डमा बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी, बेस्ट पर्फमेन्स अन ग्रोथ र बेस्ट बैंक शिर्षकमा रनर उपाधिबाट सम्मानित
भएको थियो । यस्तै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा नेसनल बेस्ट प्रेसिडेन्टल एनुअल रिपोर्ट अवार्ड २०२३ मा सर्टिफिकेट अफ मेरिट र न्यु बिजनेश एज प्रा.लि. वाट बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ दि इअर २०२४ वाट सम्मानित भएको थियो ।

बैंकका अध्यक्ष थानेश्वर पौडेलले निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रूपमा बृद्धि गर्ने, कर्जाको गुणस्तरमा विशेष ध्यान दिई ग्रामिण क्षेत्रमा कृषि, साना तथा मझौला उद्यम लगायतका क्षेत्रहरूमा लगानी बिस्तार गर्ने, डिजिटल कारोवारलाई थप सुरक्षित र भरपर्दो बनाउदै उत्कृष्ट विकास बैंक बन्ने लक्ष्य सहित अघि बढेको बताए । ‘नेपाल राष्ट्र बैंकको मार्गदर्शन अन्तर्गत रही लुम्बिनी प्रदेशलाई मुख्य आधार/केन्द्र बनाई शाखा विस्तार गर्दै अग्रणी विकास बैंक बन्ने लक्ष्यमा छौं,इथिकल बैंकिङ्ग, संस्थागत सुशासन, प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली र प्रुडेन्ट बैंकिङ्गमा हामी पूर्णरूपमा प्रतिबद्ध छौं’–बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले भने ।

छुटाउनुभयो कि ?

बालबालिकामा लगानी-समृद्ध समाजको थालनी

बालबालिकामा लगानी-समृद्ध समाजको थालनी

श्रीराम ज्ञवालीबालबालिका देशका भविष्य मात्र होइनन्, उनीहरू वर्तमानका साझेदार र परिवर्तनका संवाहक पनि हुन्। समाजको चेतना, सभ्य...
देशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

देशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको ...
मुग्लिन-नारायणगढ र कालीगण्डकी करिडोर सडक सञ्चालनमा

मुग्लिन-नारायणगढ र कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बुटवलविभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केरा...
गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

काठमाण्डाै – काठमाण्डाैकाे त्रिपुरेश्वमार रहेकाे राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीका प...