शुक्रबार रातिदेखि ताप्लेजुङमा यातायात बन्दको घोषणा


ताप्लेजुङ

ताप्लेजुङको पाथीभरामा निर्माण गर्न खोजिएको केवलकारको बिषयलाई लिएर बिहीबार ‘नो केवलकार’ र प्रहरीबीच झडप हुँदा गाडी चालक घाइते भएको बिरोधमा यातायात व्यवसायीले बन्दको घोषणा गरेका छन्।

ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले विज्ञप्ति जारी गर्दै फागुन ९ गते शुक्रबार राति १२ बजेदेखि यातायात बन्द गर्ने बताएका हुन्।

 उनीहरूले मेची राजमार्ग, तमोर कोरिडोर र धरान-वसन्तपुर-गुफा सडक हुँदै ताप्लेजुङ जिल्ला प्रवेश गर्ने सबै नाका तथा जिल्लाका अन्य शाखा सडकमा समेत एम्बुलेन्स, दमकल, दूध र सब्जी बोक्नेबाहेक कुनै पनि सवारीसाधन चल्न नदिने घोषणा गरेका हुन्।
बिहीबार आन्दोलनकारी र प्रहरीको झडप हुँदा ११ प्रहरी, एकजना आन्दोलनकारी र एकजना गाडी चालक घाइते भएका थिए ।

विज्ञप्तिमा भनिएको छ, ‘फागुन ८ गते काफ्ले पाटीतर्फ स्वास्थ्यकर्मी लिएर जाने क्रममा केबलकार खारेजी पक्षले मे १ ज २५७९ नम्बरको गाडीमा क्षति पुर्‍याएको तथा चालक राजकुमार पौडेललाई समेत मरणासन्न हुने गरी कुटपिट गरेको घटनाप्रति सवारी चालक मजदुर संघ घोर भर्त्सना गर्दछ।’ नेपाल सरकारलाई २६० प्रतिशतसम्म भन्सार शुल्क बुझाई चर्को मूल्यमा बैंकबाट ऋण लिई किस्ता तिर्दै आत्मनिर्भर हुन रोजगारी गरिरहेको अवस्थामा जीवनयापनको आधारमै क्षति पुर्‍याएको काम भएको विज्ञप्तिमा उल्लेख छ।

संघले अमानवीय कार्यप्रति खेद प्रकट गर्दै त्यस्ता गतिविधि गर्नेलाई तुरुन्त कानुनी कारबाही गर्न माग गरेको छ।

घाइते चालकको स्वास्थ्य उपचार र सवारी साधनको मर्मत तथा अन्य यातायात मजदुरहरूको जीवन सुरक्षाको प्रत्याभूति गर्न यातायात व्यवसायीले माग गरेका छन्।

झापा संयोजक खड्ग श्रेष्ठ, इलाम संयोजक गृष्म सुब्बा, पाँचथर संयोजक मिलन गिरी र ताप्लेजुङ संयोजक दिलीप गुरुङले जारी गरेको संयुक्त विज्ञप्तिमा बन्दमा एम्बुलेन्स, दमकल, दूध र सब्जी बोक्नेबाहेकका सवारीसाधन सञ्चालन गरेमा हुने घटनाको आफैँ जिम्मेवार हुनुपर्ने चेतावनी दिइएको छ।

छुटाउनुभयो कि ?

बंगालको खाडीमा विकसित हुँदै चक्रवात, बिहीबारदेखि वर्षा र हिमपातको पूर्वानुमान

बंगालको खाडीमा विकसित हुँदै चक्रवात, बिहीबारदेखि वर्षा र हिमपातको पूर्वानुमान

बुटवलबंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली बलियो बन्दै चक्रवातमा परिणत हुन सक्ने मौसम पूर्वानुमान गरिएको छ । यसको...
बुटवल जितगढीमा सराँय नाच

बुटवल जितगढीमा सराँय नाच

बुटवलपश्चिम नेपालको पहाडी जिल्लामा मात्रै सीमित सराँय नाच पछिल्लो समय बुटवलमा स्थापित बनेको छ ।लोपोन्मुख अवस्था र पहाड केन्द्...
बडादसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

बडादसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

बुटवलनेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित र...
तीन महिनामा २८ जनाद्वारा नागरिकता परित्याग

तीन महिनामा २८ जनाद्वारा नागरिकता परित्याग

चितवनजिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ ज...