जता फर्केर हेर्दा पनि देखिने काम प्रदेशकै हुन: मुख्यमन्त्री आचार्य


अर्घाखाँची

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक बर्षकाे बजेटमा साना आयाेजनालाइ कटौती गर्नेगरी बजेट निर्माण गर्ने बताउनु भएको छ ।

नेकपा एमालेले शितगंगा नगरपालिका-२ सितापुरमा आयाेजना गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले साना याेजनालाइ निरुत्साहित गर्दै बजेट निर्माण गर्ने तयारी सरकारले गरेकाे बताउनु भएको हाे ।साना आयाेजनालाइ निरुत्साहित गर्नेगरी तयारी गर्दै छाैं´उहाँले भन्नुभयो-`उपलब्धि देखिने आयाेजना सरकारकाे प्राथमिकतामा पर्छन । प्रदेश सरकारले मझौला खालका आयाेजनालाइ सम्पन्न गर्नेगरी बजेटमा सम्बाेधन गर्ने विश्वास दिलाउनु भयाे ।

प्रदेश स्थापना भएपछि विकास निर्माणकाे कामले गति लिएको बताउदै उहाँले यी उपलब्धि देख्न नसक्नेहरुले गलत भास्य खडा गर्न खाेजेकाे बताउनु भयाे ।`संघीयताले विकासकाे ढाेका खाेलेकाे छ । देख्न, हेर्न र बुझ्न सक्नुहुन्छ´उहाँले भन्नुभयाे-`म सप्रमाण भन्न सक्छु जता फर्केर हेर्दा पनि सञ्चालन भइरहेका आयाेजना प्रदेशकै हुन । प्रदेशकाे काम छैन भनेर गलत भास्य खडा गरिदैछ । किमार्थ त्यस्तो हाेइन ।´ शितगंगा नगरपालिका भूगोलकाे रुपमा ठुलो हुदा सेवा प्रवाहमा कठिनाइ भएको र समस्या समाधानका लागि सेवा केन्द्र स्थापनाका लागि पहल गर्ने बताउनु भयाे ।`समस्यकाे बारेमा जानकारी छ । आशा भराेसालाइ सकेसम्म सम्बाेधन गर्ने छाैं´उहाँले भन्नुभयाे-प्रदेश सरकारले हरेक क्षेत्रलाई सम्बाेधन गरेकाे छ ।

मुख्यमन्त्री आचार्यले राजनीतिक अस्थिरताले समस्या सृजना भएको र अहिले राजनीतिक स्थायित्व कायम भएकाले विकास निर्माणकाे कामले गति लिएको बताउनु भयाे ।

छुटाउनुभयो कि ?

बंगालको खाडीमा विकसित हुँदै चक्रवात, बिहीबारदेखि वर्षा र हिमपातको पूर्वानुमान

बंगालको खाडीमा विकसित हुँदै चक्रवात, बिहीबारदेखि वर्षा र हिमपातको पूर्वानुमान

बुटवलबंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली बलियो बन्दै चक्रवातमा परिणत हुन सक्ने मौसम पूर्वानुमान गरिएको छ । यसको...
बुटवल जितगढीमा सराँय नाच

बुटवल जितगढीमा सराँय नाच

बुटवलपश्चिम नेपालको पहाडी जिल्लामा मात्रै सीमित सराँय नाच पछिल्लो समय बुटवलमा स्थापित बनेको छ ।लोपोन्मुख अवस्था र पहाड केन्द्...
बडादसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

बडादसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

बुटवलनेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित र...
तीन महिनामा २८ जनाद्वारा नागरिकता परित्याग

तीन महिनामा २८ जनाद्वारा नागरिकता परित्याग

चितवनजिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ ज...