जता फर्केर हेर्दा पनि देखिने काम प्रदेशकै हुन: मुख्यमन्त्री आचार्य


अर्घाखाँची

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक बर्षकाे बजेटमा साना आयाेजनालाइ कटौती गर्नेगरी बजेट निर्माण गर्ने बताउनु भएको छ ।

नेकपा एमालेले शितगंगा नगरपालिका-२ सितापुरमा आयाेजना गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले साना याेजनालाइ निरुत्साहित गर्दै बजेट निर्माण गर्ने तयारी सरकारले गरेकाे बताउनु भएको हाे ।साना आयाेजनालाइ निरुत्साहित गर्नेगरी तयारी गर्दै छाैं´उहाँले भन्नुभयो-`उपलब्धि देखिने आयाेजना सरकारकाे प्राथमिकतामा पर्छन । प्रदेश सरकारले मझौला खालका आयाेजनालाइ सम्पन्न गर्नेगरी बजेटमा सम्बाेधन गर्ने विश्वास दिलाउनु भयाे ।

प्रदेश स्थापना भएपछि विकास निर्माणकाे कामले गति लिएको बताउदै उहाँले यी उपलब्धि देख्न नसक्नेहरुले गलत भास्य खडा गर्न खाेजेकाे बताउनु भयाे ।`संघीयताले विकासकाे ढाेका खाेलेकाे छ । देख्न, हेर्न र बुझ्न सक्नुहुन्छ´उहाँले भन्नुभयाे-`म सप्रमाण भन्न सक्छु जता फर्केर हेर्दा पनि सञ्चालन भइरहेका आयाेजना प्रदेशकै हुन । प्रदेशकाे काम छैन भनेर गलत भास्य खडा गरिदैछ । किमार्थ त्यस्तो हाेइन ।´ शितगंगा नगरपालिका भूगोलकाे रुपमा ठुलो हुदा सेवा प्रवाहमा कठिनाइ भएको र समस्या समाधानका लागि सेवा केन्द्र स्थापनाका लागि पहल गर्ने बताउनु भयाे ।`समस्यकाे बारेमा जानकारी छ । आशा भराेसालाइ सकेसम्म सम्बाेधन गर्ने छाैं´उहाँले भन्नुभयाे-प्रदेश सरकारले हरेक क्षेत्रलाई सम्बाेधन गरेकाे छ ।

मुख्यमन्त्री आचार्यले राजनीतिक अस्थिरताले समस्या सृजना भएको र अहिले राजनीतिक स्थायित्व कायम भएकाले विकास निर्माणकाे कामले गति लिएको बताउनु भयाे ।

छुटाउनुभयो कि ?

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...