
बुटवल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केठी छैन भन्ने गलत भाष्य स्थापित भएको बताउँदै त्यसलाई चिर्न जरुरी रहेको भनाई राख्नुभयो ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७२ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजना गरिएको कार्यकममा बाेल्दै अध्यक्ष ढकालले भन्नुभयो-‘नेपालमा लगानीका प्रसस्त सम्भावनाहरु छन्, ती सम्भावनाहरुलाई अवसरमा बदल्न मानश्यक छ।’ यहाँको स्राेत साधनलाई उपयोग गरेर प्रयाप्त अर्थोपार्जन गर्न सकिने बताउँदै उहाँले यहाँका बस्तुलाई बाफिङ मात्रै गर्न सक्ने हो भने पनि निर्यातका लागि कुनै समस्या नहुँने भनाई राख्नुभयो। नेपालमा प्राकृतिक सोत साधनको प्रचुर सम्भावना रहेको बताउँदै त्यसलाई ‘क्यापिटलाईज’ गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यहाँ भएका स्रोत साधनमा आधारित भएर लगानी गर्ने हो भने उद्यमशिलता पनि विकास हुने र रोजगारी पनि प्रसस्त सिर्जना गर्न सकिने बताउँदै लगानीकर्तालाई त्यसतर्फ आकर्षित गर्नुपर्ने भनाई राख्नुभयो । अध्यक्ष ढकालले नेपान उद्योग बाणिज्य महासंघले जिल्ला नगर उद्योग वाणिज्य संघहरुको माग अनुसार विधान संशोधन गरिएको बताउँदै विधान संशोधनसंगै जिल्ला नगर उद्योग वाणिज्य संघबाट महासंघमा जानको लागि अवसर सिर्जना गरेको दावी गर्नुभयो ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले यस क्षेत्रका उद्योगी व्यवसायीहरुले २००९ सालमा तदर्थ समिति गठन गरी विधिवत रुपमा २०१० साथमा बुटवल उद्योग वाणिज्य संघको स्थापना गरेको जानकारी गराउँदै संघको स्थापनासंगै संघले यस क्षेत्रको आर्थिक, सामाजिक तथा भौतिक विकासमा समेत लगानी सहितको नेतृत्वदायी भूमिका खेल्दै आएको जानकारी गराउनु भयो । उहाँका अनुसार संघले शिक्षा क्षेत्रमा लुम्बिनी वाणिज्य स्याम्पस, सिद्धार्थ गौतमबुद्ध क्याम्पसको स्थापना, बुटवल बहुमुखी क्याम्पसको विज्ञान भवन निर्माण, स्वास्थ्यमा आम्दा अस्पताल, भूम्बिनी प्रादेशिक अस्पतालमा प्रसुती भवन निर्माण लगायतका पूर्वाधार निर्माणमा लगानी सहितको नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । त्यस बाहेक यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा पनि उल्लेखनीय योगदान गरिएको उहाँले जानकारी गराउनु भयो ।
कार्यकममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवल उद्योग वाणिज्य संघको ईतिहास गौरवपूर्ण रहेको बताउँदै यहाँका उद्योग व्यवसायको प्रवर्द्धन तथा स्थानीय आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान रहेको भन्दै संघको प्रशंसा गर्नुभयो । उहाँले पछिल्लो समय बुटवलमा विज्ञापन बोर्ड करको विषय पेचिलो बनेको बताउँदै मापदण्ड भन्दा बढी लिएको भए कारवाही गरिने जानकारी गराउनु भयो । उहाँले त्यसका लागि नगरपालिकामा निवेदन दिन आग्रह गर्नुभयो । त्यस्तै उपप्रमुख सावित्रादेवी अर्यालले पनि राजश्य परामर्श समितिको सुझाव सल्लाहमा नगरपालिकाले निर्णय लिने गरेको जानकारी गराउँदै यस्ता विषयमा सुधारका लागि समेत विमर्श गर्न सकिने भनाई राख्नुभयो ।
पूर्वअध्यक्ष मल्लीलाई सम्मान बुटवल उद्याेग पाणिज्य संघका पूर्वअध्यक्ष कुशप्रसाद मल्लीलाई सम्मान गरिएकाे छ । संघकाे स्थापना दिवसकाे अवसरमा पूर्वअध्यक्षहरुकाे तर्फबाट उहालाई सम्मान गरिएकाे हाे । संघकाे श्रीबृद्धि र उन्नयनमा उल्लेखनीय याेगदान पुर्याएवापत उहालाई सम्मान पत्र सहित दाेसल्ला ओढाएर सम्मान गरिएकाे हाे । सम्मान ग्रहण गर्दै पूर्वअध्यक्ष मल्लीले संघले आफूले गरेको योगदान भन्दा पनि बढी सम्मान गरेको भन्दै उद्योग व्यवसायको प्रवर्द्धन र विकास विना मुलुकको आर्थिक विकास सम्भव नभएको भनाई राख्नुभयो । मुलुकको आर्थिक विकासका लागि व्यवसायिक संस्थाहरुले पहल र पैरवी गर्नुपर्ने भनाई राख्नुभयो ।
संघकाे स्थापना दिवसकै अवसरमा मानव सेवा आश्रमलाई ५१ हजार रुपैंया आर्थिक सहयाेग प्रदान गरिएकाे छ । त्यस्तै बुटवल उद्याेग वाणिज्य संघकाे आयाेजनामा भएकाे ओैद्याेगिक व्यापार मेलामा याेगदान गरेका फरक क्षमताका भरतराज केसी र डिल्लीराज कंडेललाई पनि सम्मान गरिएकाे थियाे । बुटवल उद्याेग वाणिज्य संघकाे आयाेजनामा भएकाे ओैद्याेगिक व्यापार मेलाका बारेमा अध्ययन गरेकाे लुम्बिनी बाणिज्य क्याम्पसले अध्ययन प्रतिवेदन संघलाई बुझाएकाे छ । उक्त अध्ययन प्रतिवेदन क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा संघका पूर्वअध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ र क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्यायले संघका अध्यक्ष हरिप्रसाद अर्याललाई हस्तान्तरण गर्नुभएकाे संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयाे ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्याल, सिद्धार्थनगर उद्याेग वाणिज्य संघका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठ, संघका पूर्व वरिष्ठ उपाध्यक्ष राेहितराज क्षेत्री, रुपन्देही व्यापार संघका अध्यक्ष दीपक अधिकारी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे लगायतले शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।