हमासले ६ जना बन्धक, इसराइलले ६०२ कैदी छाड्दैछन्


हमासले शनिबार ६ जनालाई बन्धकमुक्त गर्दैछ।

इसराइली सञ्चारमाध्यमहरूका अनुसार शनिबार बन्धकमुक्त हुने ६ जनाको सूची शुक्रबार नै हमासले इसराइललाई पठाइसकेको छ।शनिबार बन्धकमुक्त ६ जना नै पुरूष छन्।

३७ वर्षका अवेरा मेंगिस्तु, ३७ वर्षकै हिशाम अल सैयद, ३९ वर्षका तल शोहम, २७ वर्षका एलिया कोहेन, २३ वर्षका ओमर वेंकर्ट र २२ वर्षका ओमर शेम-तोभ छन्।उनीहरूमध्ये अवेरा र हिशाम २०१४ देखि नै  हमासको नियन्त्रणमा रहेको इसराइली अखबार टाइम्स अफ इसराइलले जनाएको छ।

त्यतिबेला उनीहरू समुद्र तटबाट गजा प्रवेश गर्दा हमासले नियन्त्रणमा लिएको थियो।बाँकी चार जनालाई भने सन् २०२३ को अक्टोबर ७ इसराइलमाथि आक्रमण हुँदा हमासले बन्धक बनाएर गजा पुर्‍याएको थियो।

उनीहरूलाई हमासले सुपरनोभा फेस्टिबलबाट अपहरण गरेको थियो। चारै जना एउटै परिवारका रहेको पनि बताइएको छ। हमासले ६ जना बन्धक छाडेको बदलामा इसराइलले ६०२ जना प्यालेस्टिनी कैदीहरूलाई जेलमुक्त गर्नेछ।

हमासले यसअघि २६ जना बन्धक छाडिसकेको छ भने इसराइलले १०९९ जना प्यालेस्टिनी कैदीलाई जेलमुक्त गरेको छ।बिहीबार हमासले चार जना इसराइली बन्धकको शव पनि हस्तान्तरण गरेको थियो। तर चार जनामध्ये एउटा शव बन्धकको नरहेको खुलेको थियो।

यसले युद्धविराममा फेरि तनाव उत्पन्न गराएको थियो। इसराइली अधिकारीहरूले जसको भनिएको हो उसकै शव पठाउन हमासलाई चेतावनी दिएको छ। पहिलो चरणको युद्धविराम अन्तर्गत बन्धक मुक्त गर्ने भनिएको ३३ मध्ये अब तीन जना मात्रै बाँकी रहनेछन्। इसराइलले २ हजार कैदीलाई जेलमु्क्त गर्ने सम्झौता थियो। पहिलो चरणको युद्धविरामको बीचमा दोस्रो चरणको युद्धविराम गर्न मध्यस्तकर्ताहरूले छलफल गर्ने भनिएको थियो।

माघ ५ गते ४२ दिनको पहिलो चरणको युद्धविराम घोषणा भएको थियो।

छुटाउनुभयो कि ?

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

काठमाण्डौ – आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गत...
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन प...
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...