मधेशबाहेकका प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ – मधेश प्रदेशको सिराहा र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा गएराति मध्यमसम्मको पानी परेको छ ।

साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बागमती प्रदेशका एक/दुई ठाउँमा पनि मध्यमसम्मको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै सिराहामा ३७.६ मिलिमिटर वर्षा मापन गरिएको छ ।

यस्तै सिन्धुपाल्चोक, कास्की, लमजुङ, गोर्खा, बाग्लुङ र पर्वत जिल्लामा पनि हल्कादेखि मध्यमसम्मको पानी परेको छ । महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी, कर्णाली प्रदेशको पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराईको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईको एक/दुई ठाउँमा धेरै ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । लगातार वर्षा भइरहेका बेला खोला तथा नदी आसपासका क्षेत्रमा सावधानी अपनाउन पनि मौसमविद्को आग्रह छ । 

छुटाउनुभयो कि ?

मधेशबाहेकका प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना

मधेशबाहेकका प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ – मधेश प्रदेशको सिराहा र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा गएराति मध्यमसम्मको पानी परेको छ । साथै कोशी, लुम्बिनी ...
जेन्जी आन्दोलनको एक वर्ष पूरा : आज सार्वजनिक बिदा

जेन्जी आन्दोलनको एक वर्ष पूरा : आज सार्वजनिक बिदा

काठमाण्डौ आज भदौ २३ गते जेन्जी आन्दोलनको एक वर्ष पूरा भएको छ । एक वर्षको अवधिमा देशमा राजनीतिक रूपमा ठूलो परिवर्तन भएक...
बाख्रीको मासुलाई खसीको भन्दै बेच्ने मासु पसल सञ्चालक पक्राउ

बाख्रीको मासुलाई खसीको भन्दै बेच्ने मासु पसल सञ्चालक पक्राउ

भैरहवाबाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरी उपभोक्तालाई ठगी गरेको आरोपमा रुपन्देही प्रहरीले एक मासु पसल सञ्चालकलाई पक्...
नारायणीले बगायो सुस्ताको सीमा चिनारी, सिमानाको पहिचान दिने मुख्य आधारहरू खोसिदा बढ्यो अन्योल

नारायणीले बगायो सुस्ताको सीमा चिनारी, सिमानाको पहिचान दिने मुख्य आधारहरू खोसिदा बढ्यो अन्योल

बुटवलइतिहास वा भूगोलका रेखाहरू कोर्दा देशको नक्सा केवल कागजको टुक्रा मात्र होइन, नागरिकको अस्मिता र पसिनाको दस्तावेज हो । तर,...