मधेशबाहेकका प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना


काठमाण्डौ – मधेश प्रदेशको सिराहा र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा गएराति मध्यमसम्मको पानी परेको छ ।

साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बागमती प्रदेशका एक/दुई ठाउँमा पनि मध्यमसम्मको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै सिराहामा ३७.६ मिलिमिटर वर्षा मापन गरिएको छ ।

यस्तै सिन्धुपाल्चोक, कास्की, लमजुङ, गोर्खा, बाग्लुङ र पर्वत जिल्लामा पनि हल्कादेखि मध्यमसम्मको पानी परेको छ । महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी, कर्णाली प्रदेशको पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराईको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईको एक/दुई ठाउँमा धेरै ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । लगातार वर्षा भइरहेका बेला खोला तथा नदी आसपासका क्षेत्रमा सावधानी अपनाउन पनि मौसमविद्को आग्रह छ । 

छुटाउनुभयो कि ?

बडादसैँ: टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

बडादसैँ: टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

बुटवलविजया दशमीको टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका र जमरा ग्रहण गरी बडादसैँ मनाइँदैछ । दसैँको मुख्य दिन टीका थाप्न नभ्य...
पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवापोखरा

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवापोखरा

पोखरा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाइ दुबईले आज एक महिना पूरा गरेको छ । फ...
अल्पविद्या भयङ्करम्

अल्पविद्या भयङ्करम्

श्रीराम ज्ञवाली' सबै कुरामा विज्ञ ठान्नेले केही जानेको हुँदैन अर्थात्, आफूलाई सर्वज्ञानी सम्झने व्यक्ति वास्तवमा अल्पज्ञानी ह...
अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

काठमाडौंअमेरिकाका ठूला मेडिकल ल्याब कम्पनीहरूमध्ये एक क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण भएको छ। यसमा बिरामीहरूको स्वास्थ्...