जेन्जी आन्दोलनको एक वर्ष पूरा : आज सार्वजनिक बिदा


काठमाण्डौ

आज भदौ २३ गते जेन्जी आन्दोलनको एक वर्ष पूरा भएको छ ।

एक वर्षको अवधिमा देशमा राजनीतिक रूपमा ठूलो परिवर्तन भएको छ । यस्तै, आन्दोलनले उठाएका सुशासन र जबाफदेहीताका सवालमा अहिले राज्य सञ्चालनको मूल बहसको हिस्सा बनेको छ ।

आन्दोलनअघि तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो । सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ्यो । डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केबल मनोरञ्जनको माध्यम थिएनस सूचना, अभिव्यक्ति, शिक्षा, व्यवसाय, रोजगारी र सामाजिक सम्बन्धको महत्त्वपूर्ण आधारसमेत बनिसकेको थियो ।

त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए । सामाजिक सञ्जालमै शुरु भएको विरोध केही दिनमै सडकमा पोखिएको थियो । भदौ २३ र २४ गते दुई दिन भएको आन्दोलनमा काठमाण्डौलगायत देशका विभिन्न ठाउँमा युवा प्रदर्शनकारीको उल्लेख्य उपस्थिति देखियो ।

भ्रष्टाचार नियन्त्रण, राजनीतिक जवाफदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सिर्जना, अवसरमा समानता, पारदर्शिता र राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागिता आन्दोलनका प्रमुख विषय बने । सुशासन मुख्य एजेण्डा थियो । केही आशा लाग्दा कामको थालनी भए पनि युवाले खोजेको परिवर्तन अझै संस्थागत हुन सकेको छैन ।

यो आन्दोलनपछि लोकप्रिय मत पाएर प्रधानमन्त्री बनेका वालेन्द्र शाहले आन्दोलनसम्बन्धि प्रतिवेदन कार्यान्वयनमा बेवास्ता गर्नुभएको गुनासो छ । आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए ।

ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । आज सार्वजनिक बिदा भए पनि नेपाल राष्ट्र बैंकले आफ्ना र मातहतका अत्यावश्यक बैंकिङ सेवा भने खुला राख्ने भएको छ ।

प्राकृतिक विपद्पछिको अवस्था र राहत कार्यलाई ध्यानमा राख्दै बैंकिङ काउन्टर तथा अत्यावश्यक सेवा बन्द नगरी नियमितरुपमा सञ्चालन गर्न राष्ट्र बैंकको बैंक तथा वित्तिय संस्था नियमन विभागले निर्देशन दिएको हो ।     

छुटाउनुभयो कि ?

बडादसैँ: टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

बडादसैँ: टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

बुटवलविजया दशमीको टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका र जमरा ग्रहण गरी बडादसैँ मनाइँदैछ । दसैँको मुख्य दिन टीका थाप्न नभ्य...
पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवापोखरा

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवापोखरा

पोखरा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाइ दुबईले आज एक महिना पूरा गरेको छ । फ...
अल्पविद्या भयङ्करम्

अल्पविद्या भयङ्करम्

श्रीराम ज्ञवाली' सबै कुरामा विज्ञ ठान्नेले केही जानेको हुँदैन अर्थात्, आफूलाई सर्वज्ञानी सम्झने व्यक्ति वास्तवमा अल्पज्ञानी ह...
अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

काठमाडौंअमेरिकाका ठूला मेडिकल ल्याब कम्पनीहरूमध्ये एक क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण भएको छ। यसमा बिरामीहरूको स्वास्थ्...