पुल भाँचिने गरी गह्रुङ्गो भार बोकाउने शिवम सिमेन्टलाई ८६ लाख रुपियाँ जरिवाना


 पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिनेगरी गह्रुङ्गो भार बोकेको भारतीय ट्रक ल्याउने कम्पनी शिवम सिमेन्टले सरकारलाई क्षतिपूर्ति तिरेको छ । 

एनएल ०१ ए एच ५१७९ नम्बरको भारीय हेवी ट्रकमा सामान ल्याउने शिवम सिमेन्टलाई सरकारले ८६ लाख रुपियाँ क्षतिपूर्ति तिराएको सडक डिभिजन भरतपुरका सिनियर डिभिजन इन्जिनियर नारायणप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

शिवम सिमेन्टले नेपाल लाइन्स प्रा.लि.मार्फत ८६ लाख रुपियाँ सडक डिभिजन भरतपुरको खातामा जम्मा गरेको उहाँले जानकारी दिनुभयो ।  गत पुस २६ गते गह्रुङ्गो भारसहितको ट्रक पुल पार गर्नेक्रममा भाँचिएको थियो ।  मुख्य राजमार्गको पुल भाँचिदा लामो समयसम्म यात्रुले सास्ती पाएका थिए । 

पुल भाँचिएपछि अध्ययन गर्न सडक विभागले पुल महाशाखाका उपमहानिर्देशक ललिजङ्ग खनालको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । समितिले गरेको अनुसन्धानबाट पुल मर्मत गर्न ८६ लाख रुपियाँ खर्च लाग्ने भएपछि सोहीअनुसार क्षतिपूर्ति भराइएको सडक डिभिजन भरतपुरका इन्जिनियर आषिश नेपालले जानकारी दिनुभयो । 

क्षतिपूर्ति तिरेसँगै आइन्दा पुलले थेग्न सक्ने भार मात्र बोक्न निर्देशन दिएर उक्त भारतीय ट्रकलाई छोडिएको नेपालले जानकारी दिनुभयो । ८६ लाख रुपियाँले तत्कालका लागि मर्मत गरेर गाडि चलाउन सकिने भएकाले शिवम सिमेन्ट सस्तोमा परेको छानविन समितिका संयोजक पुल महाशाखाका उपमहानिर्देशक खनालको भनाइ छ । सडक विस्तारको क्रममा रहेको र नयाँ पुल पनि बन्दै गरेकाले धेरै क्षतिपूर्ति नतिराइएको उहाँको भनाइ छ ।

यसअघि नवलपुरको गैँडाकोटको जय श्री पूल, कावासोतीको लोकाहा पुल, देवचुली दलदलेको बौलाहा खोला पुल भाँचिएका थिए । जिर्ण अवस्थामा रहेका यी पुलहरु विगत १० बर्षदेखि मर्मत गर्दै सञ्चालन गर्दै आइरहेको छ । नारायणघाट–बुटवल सडक विस्तारपछि नयाँ पुल बन्ने कारण देखाउँदै अहिले पुरानै पुलबाट सवारी साधनहरु सञ्चालन गर्ने गरिएको छ ।

छुटाउनुभयो कि ?

बंगालको खाडीमा विकसित हुँदै चक्रवात, बिहीबारदेखि वर्षा र हिमपातको पूर्वानुमान

बंगालको खाडीमा विकसित हुँदै चक्रवात, बिहीबारदेखि वर्षा र हिमपातको पूर्वानुमान

बुटवलबंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली बलियो बन्दै चक्रवातमा परिणत हुन सक्ने मौसम पूर्वानुमान गरिएको छ । यसको...
बुटवल जितगढीमा सराँय नाच

बुटवल जितगढीमा सराँय नाच

बुटवलपश्चिम नेपालको पहाडी जिल्लामा मात्रै सीमित सराँय नाच पछिल्लो समय बुटवलमा स्थापित बनेको छ ।लोपोन्मुख अवस्था र पहाड केन्द्...
बडादसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

बडादसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

बुटवलनेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित र...
तीन महिनामा २८ जनाद्वारा नागरिकता परित्याग

तीन महिनामा २८ जनाद्वारा नागरिकता परित्याग

चितवनजिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ ज...