सम्पादकिय

व्यवस्थित शहर निर्माण आवश्यक

व्यवस्थित शहर निर्माण आवश्यक

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, लेख रचना, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवाली सुविधाका हिसाबले शहर बजार केन्द्रित बसाइ बढ्दो छ। हुन त अहिले सडक, पानी ,विद्युत ,विद्यालय ,स्वास्थ्य केन्द्र ,सामान्य रोजगार गाउँ गाउँमा पुगेको छ। हरेक क्षेत्रमा संभावनाका कृषि ,पर्यटन ,औद्योगिक ग्राम, पशुपालन जस्ता कुराहरुलाई पनि प्राथमिकता राखी क्रमश: अगाडि बढेको अवस्था छ। मानिसहरू सुविधा सम्पन्न शहर बजारमा बस्न रुचाउनु स्वभाविक हो। शहर बजार केन्द्रित बसाई बढ्दै जाँदा यसलाई शुव्यवस्थित बनाउनु उत्तिकै महत्त्वपूर्ण हुन्छ। शहर बजारको संरचना निर्माण गर्ने क्रममा सडक ,खानेपानी ,ढल निकास ,सहज सार्वजनिक यातायात ,बस्तीहरू ,व्यावसायिक भवनहरू ,पार्किङ स्थलहरू ,सार्वजनिक स्थलहरू जहाँ कार्यक्रमहरू ,खेलकुदहरु ,व्यायाम गर्ने स्थलहरू ,विभिन्न पिकनिक स्पाेर्ट लागि पर्याप्त स्थान हुनु आवश्यक छ। दीर्घकालीन योजनाअनुरूप गर्ने हो भने खेतीयोग्य ,अन्य सम्भावनाहरू रहेको स्थानहर...
समाज परिवर्तन कारागारले नभई शिक्षालयले गर्छ

समाज परिवर्तन कारागारले नभई शिक्षालयले गर्छ

Breaking news 1, जीवनशैली, पत्रपत्रिका, लेख रचना, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय
नेपालको अर्थतन्त्र कोरोना महामारी पश्चात क्रमिक ओरालो लागेको छ। यो अवस्थामा एकले अर्कोलाई दोषारोपण गर्ने नभई आफ्नो स्थानबाट प्रयास गर्नु आवश्यक छ। जसमा सरकारको बढी दायित्व हुन आउँछ ।सरकारले उपयुक्त नीति, नियम निर्माण गरी नागरिकलाई दिशा निर्देश गर्नुपर्छ । सुशासनको प्रत्याभूति नागरिकलाई दिलाउनुपर्छ । हामीले यो अवस्था सुधार गर्न अल्पकालीन यी योजना बनाएका छौं र दीर्घकालीन योजनाहरू यी छन् भनि विश्वासमा लिएर अगाडि बढ्न आवश्यक छ। समाजवाद उन्मुख संविधान बमोजिम हामी गास ,बास ,कपास ,स्वास्थ्य, शिक्षा र रोजगार सुनिश्चित गरिदिन्छाैं, आफ्नो अवस्था अनुसार राजस्व संकलन गर्नुहोस् भनि आश्वस्त पार्न सक्नुपर्छ । उद्योगी व्यवसायीहरुलाई हामी तपाईहरुको व्यवसायमा अप्ठ्यारो पर्दा अभिभावकीय भूमिका निर्वाह गर्छौं। व्यवसायीले राज्यले अनुमति दिएको २० प्रतिषत मुनाफामा उपभोक्तासम्म पुर्याउनुपर्छ भन्ने नियमसँगै...
छुवाछूत तथा जातीय भेदभावको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगको आग्रह

छुवाछूत तथा जातीय भेदभावको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगको आग्रह

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, सम्पादकिय
* काठमाण्डौ – राष्ट्रिय मानव अधिकार आयोगले छुवाछूत तथा जातीय भेदभावको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह गरेको छ । ६०औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा विज्ञप्ती निकालेर आयोगले छूवाछूत तथा जातीय विभेदका घटनामा आयोगले निरन्तर अनुसन्धान र अनुगमन गरिरहेको जनाएको छ । अछाममा विद्यालयभित्र दलित विद्यार्थीमाथि विभेद गरिएको तथा सप्तरीमा अन्तर जातीय विवाहको विषयलाई लिएर भएको घटनालाई न्यायिक प्रक्रियामा लैजानुको सट्टा मिलापत्र गराउने क्रममा बालिकाले आत्महत्या गरेको विषयमा आयोगले गम्भीर रूपमा लिएको र आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाएको उल्लेख गरेको छ । त्यस्तै सिराहाको औरहीमा महायज्ञ लगाउन मण्डप तयार गर्दा नजिकै रहेको दलितको घर भत्काइएको घटना हालै सार्वजनिक भएको छ । यसमा मानवअधिकार आयोगको मधेस प्रदेश कार्यालयबाट अनुगमन थालेको विज्ञप्तीमा उल्ले...
काठमाण्डौ उपत्यकाका आङ्गिक क्याम्पसमा स्ववियु चुनावको मत परिमाण सार्वजनिक

काठमाण्डौ उपत्यकाका आङ्गिक क्याम्पसमा स्ववियु चुनावको मत परिमाण सार्वजनिक

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, सम्पादकिय
काठमाण्डौ – काठमाण्डौ उत्यकाका आङ्गिक क्याम्पसमा स्ववियु चुनावको परिमाण सार्वजनिक भएको छ । नेपाल कमर्स क्याम्पस र महेन्द्ररत्न क्याम्पस ताहचलमा अनेरास्ववियुका उम्मेदवार विशाल रोकाहा र ईश्वर थापा अध्यक्षमा निर्वाचित हुनुभएको छ । यस्तै थापाथली इन्जिनियरिङ र महाराजगञ्ज नर्सिङ क्याम्पसमा नेपाल विद्यार्थी सङ्घका प्रल्हाद खड्का र विन्दु पोखरेल अध्यक्षमा निर्वाचित हुनुभएको छ । यस्तै अखिल क्रान्तिकारीले जनप्रशासन र सानोठिमी बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा जितेको छ । जनप्रशासनमा अनिकेत तिवारी र सानोठिमीमा नरेन्द्रसिंह ठगुन्ना अध्यक्षमा निर्वाचित हुनुभएको छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित हुनुभएको छ । काठमाण्डौ उपत्यका त्रिवि विश्वविद्यालय क्याम्पस कीर्तिपुर, आरआर, त्रिचन्द्र, नेपाल ल, विश्वभाषा, अस्कल, शंकरदेव, पद्यकन्या, सरस्वती, पब्ल...
नेपाल अपाङ्ग आश्रम : जीवनभर संघर्ष गर्नेहरूका लागि एउटा अधुरो आशा

नेपाल अपाङ्ग आश्रम : जीवनभर संघर्ष गर्नेहरूका लागि एउटा अधुरो आशा

Breaking news 2, ताजा अपडेट, फिचर, विविध, समाचार, सम्पादकिय, स्थानीय
नारायण प्रभात मरासिनी बुटवल, १६ फागुन – जब कुनै व्यक्तिले आफ्नो हात गुमाउँछ, भविष्यको कल्पना कसरी गर्ला? जब कुनै व्यक्ति समाजबाट अलग महसुस गर्छ, उसले सहारा कहाँ खोज्ला? बुटवलमा रहेको नेपाल अपाङ्ग आश्रम यस्तै प्रश्नहरूको उत्तर बन्ने प्रयास गरिरहेको छ । तर, विडम्बना के छ भने, अभिभावकविहीनहरूको यो आश्रयस्थल आफैं संकटको भूमरीमा फस्दैछ। संघर्षबाट प्रेरणा : डोल बहादुर रामदानको कथाले दिएको सन्देस तनहुँका डोल बहादुर रामदानको कथा प्रेरणादायी मात्र होइन, अपाङ्गता भएका व्यक्तिहरूका लागि एउटा मार्गनिर्देशक पनि हो। जीवनका हरेक मोडमा संघर्षको सामना गरेका उनले भारतको एउटा कारखानामा मजदुरी गर्दा दुबै हात गुमाए। त्यो दुर्घटनाले उनको व्यक्तिगत जीवनलाई मात्र होइन, उनको सोचलाई पनि परिवर्तन गरिदियो। "म जस्तै अन्य अपाङ्गहरू समाजमा कसरी संघर्ष गरिरहेका होलान्?" – यही प्रश्नले उनलाई झकझक्यायो। ...
नदीको बालुवा गिट्टी जम्मा पारी बिक्री गरि दिनको ५ सय आम्दानी गर्ने श्रमजीवीको व्यथा

नदीको बालुवा गिट्टी जम्मा पारी बिक्री गरि दिनको ५ सय आम्दानी गर्ने श्रमजीवीको व्यथा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, समाचार, समाज, सम्पादकिय, स्थानीय
श्रीराम ज्ञवाली ,बुटवल नदीमा पानी नहुने समयमा बालुवा, गिट्टी जम्मा गरि अलग गरेर बिक्री गरी प्रति व्यक्तिले ५ सय दिनमा आम्दानी गरी जीविको पार्जन चलाइरहेका रूपन्देही वडा नम्बर ११ रङ्गशालाको तिनाउ नदी किनार सुकुम्बासी बस्तीमा बसोबास गर्छन् विष्णु पुनको परिवार। ५२ वर्षीय महिला पुनले नदीमा पानी नभएको समयमा नदीको बालुवा ,गिट्टी जम्मा गरेर ,चालेर अलग गरी प्रतिबोरा ४० रुपैयाँमा बिक्री गर्दै आएका छन्। पुनले आफ्ना श्रीमान दीपक पुन र आफूले दिनको १२ घण्टा मेहनत गरी २५ बोरा जम्मा गर्न सकिने बताउँ छिन्न्। पूर्वी रुकुम आफ्ना पुर्खाहरू रहेको र विगत १५ वर्षदेखि बुटबलमा सुकुम्बासी बस्तीमा जग्गा किनेर टिनको टहरोमा बसोबास गर्दा रहेछन् उनीहरू । बर्षातकाे समयमा बाख्रापालन ,अन्य मजदुरी गरेर जीविका निर्वाह गर्दै आएका छन् पुनका परिवार । बाध्यताले सन्तानलाई राम्रो शिक्षा दिन नसकेले देशमा राम्रो काम...
पश्चिमी वायु सक्रिय : मधेशबाहेक सबै प्रदेशमा तीन दिन पानी पर्ने सम्भावना

पश्चिमी वायु सक्रिय : मधेशबाहेक सबै प्रदेशमा तीन दिन पानी पर्ने सम्भावना

Breaking news 1, ताजा अपडेट, राजनीति, विविध, समाचार, सम्पादकिय, स्थानीय
काठमाण्डौ – आज,भोलि र पर्सि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायु सक्रिय भएकाले आज बेलुकीदेखि पर्सिसम्म देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले पश्चिमी वायु तथा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक मात्र प्रभाव रहेकोले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै ठाउँमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसोपछि  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई ठाउँमा  हल्का हिमपातको सम्भावना रहेको छ । यसैगरी भोलि काठमाण्डौ उपत्यकासहित &nb...
बुटवलमा लागिरहेको खस्यौली बजार : युवाद्वारा स्वदेशी प्रवर्द्धन

बुटवलमा लागिरहेको खस्यौली बजार : युवाद्वारा स्वदेशी प्रवर्द्धन

Breaking news 1, कृषि, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवाली, बुटवल युवाहरुले स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने र अर्गानिक उत्पादन उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यले बुटबल ट्राफिक चोक पुरानो चलचित्र परिसरमा खस्यौली बजार आयोजना गरेका छन्। खस्यौली बजारमा स्वदेशमै उपलब्ध हुने कच्चा पदार्थ र गुणस्तरीय उत्पादन सामग्री बिक्री गर्ने र स्वदेशी र अर्गानिक उत्पादन र बिक्री गर्ने उदेश्यले खस्यौली बजार आयोजना गरेएकाे छ। उक्त खस्याैली बजारमा दैनिक उपभोग्य सामग्री नुन, तेल ,तरकारीदेखि लत्ता ,कपडा माटोका भाडा बर्तन सम्पूर्ण अर्गानिक उपभोग्य सामग्रीहरु उपलब्ध छन्। बजारमा लोपन्मुख माटोका भाँडाहरू, थारु समुदायका ढकिया लगायत सामग्री हातले बुनेका ऊनका कपडाहरू सिधेनुन ,अचार उपलब्ध छन्। बजामा अर्गानिक ग्रिनटि ,वाइटी ,ब्राउण्डटि जस्ता चिया र चियापत्तीहरू ,माटो ,ढुङ्गा र धातुबाट बनेका हातले कुँदिएका मूर्ति ,तस्बिरहरु ,शिलालेखहरु उपलब्ध छन् । ज...
संकटमा रैथाने पेशा-व्यवसाय

संकटमा रैथाने पेशा-व्यवसाय

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, लेख रचना, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवाली ,बुटवल रूपन्देहीको बुटवल राजमार्ग चौराह बस बिसाैने नजिकै राजमार्गको छेउमा ढुंगा कुंदिरहेका एकजना कालीगढ देखिए। उमेरले ६० वर्षका उनी ढुङ्गा कुंदेर सिलौटा ,जांतो ,ओखल जस्ता उपभोग्य सामग्री बनाउँदै थिए। आफ्नो नाम राजेन्द्र प्रसाद पत्थरकट्टा बताउने हुने तराईबासी रहेछन् । हाल उनी पाल्पाको तिनाउ गाउँपालिका झुम्सामा राजेन्द्र सिलौटाे सेन्टर नामक पसल राखी उक्त पेशा गर्दा रहे रहेछन्। उक्त स्थानमा व्यवसाय राम्रोसँग नचलेका कारण बिक्री हुन्छ भन्ने मनसायले बुटवलको राजमार्गमा बसेर बिक्री गर्दै रहेछन् । हतौडा र फलामको किला लिएर ढुङ्गा कुद्दै गरेका उनीसामाग्री तयार गर्ने र बिक्री पनि गर्ने उद्देश्यले बसेका रहेछन् । आफू ,श्रीमती ,छोरा -बुहारीहरु र नातिनातिनाको १० जनाको परिवार रहेका उनी आफ्ना पुर्खाहरुले गर्दै आएको उक्त पेशा व्यवसाय जान्ने बुझ्ने भएदेखि उनी सिकेको हुनाले र परिवा...
महकाे महत्व: मौरीपालक व्यवसाय प्रवर्धनमा सरकारको सहयोग

महकाे महत्व: मौरीपालक व्यवसाय प्रवर्धनमा सरकारको सहयोग

Breaking news 1, कृषि, ताजा अपडेट, पत्रपत्रिका, फिचर, लेख रचना, समाचार, सम्पादकिय
श्रीराम ज्ञवाली, बुटवल स्वास्थ्यका हिसाबले महलाई राम्रो मानिन्छ। त्यसैले क्रमश मौरीपालक बढ्दै गएका छन्। मह उत्पादन पनि बढ्दै गएको छ। लुम्बिनी प्रदेशमा पनि महको उत्पादन बढेको छ। तथापि मूल्य, गुणस्तर ,अस्वस्थ प्रतिस्पर्धा ,महको महत्वको बारेमा जानकारीको कमीजस्ता कारण अर्गानिक मह बिक्री हुन सकेको छैन। अहिले मह अन्य देशमा निर्यात नभएको साथै उत्पादक बढ्दै गएको र महको महत्वको बारेमा जानकारी कम भएका कारणले अर्गानिक मह उत्पादन अनुसार बिक्री हुन नसकेको हो। नेपालको हावापानी अनुसार ५ प्रजातिका मौरी पालन गर्न सकिन्छ। विशेषगरी लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाहरुमा पहाडी जिल्लाहरुमा पुरानो प्रविधिबाट पालन गरिने सेराना जातको मौरी पालन गरिएको छ भने तराई लगायतका जिल्लाहरूमा मेलिफेरा प्रजातिको मौरी पालन गरिएको छ। मेलिफेरालाई उन्नत जातको मौरी मानिन्छ।लुम्बिनी प्रदेशमा मुख्यत यी २ जाति मौरीको पालन...