बुटवल लेडि जेसिज सामाजिक कार्यमा सक्रिय , लैङ्गिक अल्पसँख्यक सँग तिज मिलन सगै क्यान्सर पिडीतलाई सहयोग
कृष्ण अन्जान७ भदौ ,बुटवलबुटवल लेडि जेसिज दुखिको सहाराको रुपमा स्थापित भएको छ भन्दा फरक पर्दैन । हरेक तह र तप्काका अप्ठ्यारोमा परेका हरुको सहारा बन्दै शसक्तिकरणका बुलन्द आवाज सहित बुटवल लेडि जेसिजले मानवियताका अभियान हरु सन्चालन गर्दै आईरहेको छ ।मानवियताको यहि अभियानमा क्यान्सर रोगबाट पीडित लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायकी अधिकारकर्मी, साहसी कदम नेपाल रुपन्देहीकी अध्यक्ष एवं सञ्चारकर्मी आनिक राना मगरलाई सहयोगवापतको रकम हस्तान्तरण गरेको हो । बुटवल लेडि जेसिजले हरितालिका तिजलाई लक्षित गरेर तिज मिलन कार्यक्रम समेत सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशका महाशाखा प्रमुख शारदा बस्याल बेल्बासेले तीजको नाममा भइरहेका विकृति हटाइ मौलिकतामा रमाएर तीज मनाउन सुझाव दिइन् ।
ुुउनले तीजमा हुने रमझम र भेटघाटले ...







