धर्मका नाममा यस्तो नाटक अनुसन्धानका लागि एक पास्टर पक्राउ


रुपन्देही । बुटवलको एक चर्चमा मृत्यु भएको व्यक्तिलाई जीवित गराइएको भन्दै एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ । धार्मिक अन्धविश्वास बढाएर भ्रम फैलाउन खोजेको आरोपमा एक पास्टर पक्राउ परेका छन् । यस घटनामा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अनुसन्धान थालेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । कुनै धर्मप्रति मानिसहरुलाई आकर्षित गर्ने नाममा भ्रामक प्रचार गर्नु दण्डनीय हुने उनको भनाइ छ ।

‘भिडिओ सार्वजनिक भएपछि हामीले अनुसन्धान थालेका छौं, यस्ता काम जोकोहीले पनि गर्नु कानुनी हिसाबले दण्डनीय छ,’ उनले नेपाल प्रेससँग भने ।विवेक सत्याल नामका व्यक्तिले सामाजिक सञ्जालमा भिडिओ पोष्ट गरेका हुन् । उनले ‘मरेका व्यक्तिलाई पुन: जीवित गराउँदै’ शीर्षक दिएर भिडिओ हालेका छन् । यद्यपि, भिडिओभित्र भने मरेकोलाई ब्युँताइएको दाबी कसैले गरेको छैन

भिडिओमा उल्लेख भए अनुसार सो दृष्य बुटवलको होली क्यालभरी चर्चभित्रको हो । भिडिओमा एक महिला भुइँमा लगाइएको ओछ्यानमा ‘बेहोसी अवस्थामा’ लडिरहेको देखिन्छ । केही व्यक्तिहरू उनको वरिपरि उभिएर प्रार्थना गरिरहेका हुन्छन् । पास्टर भनिएका राजेन्द्र गोतामे महिलाका अगाडि टुक्रुक्क पसेर यशुका नाममा केही बर्बराउँछन् । अनि निधारमाथि हात राखेर ‘सुन चाँदी हामीसँग छैन, जे हामीसँग छ तँलाई दिन्छौं,’ उनी भन्छन्, त्यसपछि महिलाको निधारमा हात राख्दै जोडले चिच्याउँछन् । ‘बैनी उठ । उठेर हिँड,’ उनी भन्छन् ।

नभन्दै ओछ्यानमा ढलिरहेकी युवती पास्टरको हात समातेर जुरुक्क उठ्छिन् । अनि ताली बजाउँदै ठमठम हिँड्न थाल्छिन् । केही महिला ‘धन्यवाद’ ‘धन्यवाद’ भन्दै कराउँछन् । पास्टरले महिलालाई ‘हालेलुया भन्न लगाउँछन् । महिलाले पनि मुठ्ठी कस्दै भन्छिन्, ‘हालेलुया ।’ उनले आफू निको भएको भन्दै ‘प्रभू’ लाई धन्यवाद दिन्छिन् ।

यसरी ओछ्यानबाट उठेकी महिलाकी आफन्तको फिडब्याक पनि भिडियोमा समावेश छ । उनी ५-६ लाख खर्च गरेर थुप्रै अस्पताल र धामी झाँक्री लगाउँदा पनि बुहारीलाई निको नभएको बताउँछिन् । उनले बोल्दै गर्दा पास्टर गोतामेले एम्बुलेन्समा राखेर काठमाडौं लैजाँदासमेत निको नभएको आफूले सुनेको बताएका छन् ।

डाक्टरले के भन्यो त्यहाँ ? उनी सोध्छन्, महिला भन्छिन्- ‘डाक्टरले एक्सरे गर्‍यो, सबैथोक गर्‍यो तर केही पनि रोग छैन भन्यो ।’ त्यसपछि गाउँमा ल्याएको उनी बताउँछिन् ।

भिडिओ सामाजिक सञ्जालमा आएपछि धेरैले आलोचना गरिरहेका छन् । भिडिओ सार्वजनिक भएको फेसबुक पेजमा करिब ७ सय जनाले गरेको कमेन्टमा अधिकांशले यसरी धर्मको आडमा अविश्वास र भ्रम फैलाउनेलाई कडा कारबाहीको माग गरेका छन् ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...