मास हिस्टेरिया : विद्यालयमा छात्राहरु काँप्ने, रुने र बेहोस हुने समस्या


कहिलेकाहीं समाचार आउने गर्छ, ‘विद्यालयका छात्राहरुमा काँप्ने, रुने, कराउने र बेहोस हुने समस्या देखियो’ ।

एक जना होइन, दुई, तीन वा अरु थुप्रै छात्रामा एकसाथ यस्तो समस्या देखिन्छ । यस किसिमको समस्यालाई देवीदेवता लागेको वा भूतप्रेतले दुःख दिएको समेत भन्ने गरिएको छ ।

मनोचिकित्सकले भने यसलाई क्षणिक मानसिक समस्या भन्ने गरेका छन् । खासमा यो ‘मास हिस्टेरिया’ हो । काँप्ने, रुने, बेहोस हुने जस्ता समस्या सामूहिक रूपमा देखिन्छ भने त्यसलाई ‘मास हिस्टेरिया’ भनिन्छ । यस्तो समस्या विद्यालय स्तरका छात्राहरूमा बढी देखिने गर्छ ।

मानसिक तनाव शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै हिस्टेरिया हो । तर आजभोलि हिस्टेरिया भन्ने शब्द त्यति प्रयोगमा ल्याइँदैन । हिस्टेरिया शब्दलाई यौन कुण्ठासँग जोडिने भएकोले यो शब्दलाई अहिले प्रयोग नगरिएको हो । ‘मास हिस्टेरिया’लाई  अहिले ‘मास कन्भर्जन’ भनिन्छ । जसलाई नेपालीमा ‘विकृत विकार’ पनि भनिन्छ ।

छात्राहरू विद्यालयमै काँप्ने, रुने, बेहोस कारण के ? मनोचिकित्सक सुमनप्रसाद अधिकारी संग गरिएको कुराकानी

छात्राहरू विद्यालयमै काँप्ने, रुने र बेहोस हुने ‘मास कन्भर्जन’को कारणले हो । यो एउटा मानसिक समस्या हो जसको कारणले छात्राहरूमा यस्ता समस्या देखा पर्छ ।

मास कन्भर्जन छात्रा, छात्र दुवैमा देखिन सक्छ, तर छात्राहरूमा बढी देखिन्छ । महिलाहरू अलि तनाव सहन नसक्ने स्वभावका हुन्छन् । साथै महिनावारीको समयमा हर्मोनल परिवर्तन र उनीहरूमा आउने शारीरिक परिवर्तनको कारणले पनि छात्राहरूमा यस्तो समस्या देखिएको हो ।

छात्राहरूमै लक्षण देखिनुको कारण

महिलाले पुरुषजस्तो मनका कुरा व्यक्त गर्न सक्दैनन् । उनीहरूको मनमा पीडा गुम्सिएको हुन्छ । जहाँ पीडा गुम्सिन्छ त्यहाँ समस्या उत्पन्न हुन्छ । तनाव भयो, मनमा धेरै कुरा खेल्यो, तर त्यो कुरा बाहिर निस्कन पाएन भने त्यो शारीरिक लक्षणको रूपमा देखिन थाल्छ  ।

महिलाले आफूमाथि आइपरेको समस्या कसैलाई नभन्ने लुकाउने गर्छन् जसकारण पनि यस्तो समस्या हुन सक्छ । कुनै एउटा कारणले मात्र नभई विभिन्न मनोवैज्ञानिक कारणले यस्तो समस्या देखिन्छ ।

मनोविज्ञान

विद्यालयमा एकै पटक धेरै छात्राहरूमा यो समस्या देखियो भनेर पनि हामीले सुनेका हुन्छौं । एक छात्रा जसको घरमा, विद्यालयमा वा साथीहरूसँग तनाव छ । तर उनले त्यो तनाव अरूको अगाडि बताउन सकेकी छैनन् भने त्यसकै कारण उ काँप्ने, रुने, बेहोस हुने वा अलि फरक खालको व्यवहार गर्ने गर्छिन् ।

अन्य विद्यार्थीहरू जो छिटो प्रभावित हुने स्वभावका हुन्छन् वा तनावमा छन् भने उनीहरू पनि त्यो छात्रालाई देखेपछि जानी–नजानी सजिलै उसकै जस्तो लक्षण देखाउन थाल्छन्  । त्यसैले एक जना बेहोस भएपछि अरू पनि बेहोस हुने रुने कराउने गर्न थाल्छन् ।

कसरी गर्न सकिन्छ उपचार ?

पहिलो व्यक्ति जसलाई यो समस्या सुरुमा देखियो । उसलाई मनोरोग जस्तै डिप्रेसन वा एन्जाइटी भएको हुन सक्छ । त्यसैले उसलाई उचित परामर्श र औषधि उपचार उपलब्ध गराउनुपर्छ ।

बिरामी मात्र नभएर सहपाठी, शिक्षक, अभिभावक र समुदायलाई पनि परामर्श दिनुपर्छ । यो कुनै ठूलो समस्या होइन डराउनु पर्दैन भनेर सम्झाइबुझाइ गरेर उनीहरूको आत्मबल बढाउनुपर्छ ।

यो समस्या जसलाई सुरुमा देखिएको हो, उसलाई मनोचिकित्सकको सल्लाह अनुसार राम्ररी उपचार गर्ने र यस्तै समस्या देखिएका अन्य छात्रालाई चाहिं परामर्श दिने र आत्मबल बढाएर नै यसको उपचार गर्न सकिन्छ ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...