मर्निङ वाक गर्दा ध्यान दिनुपर्ने पाँच कुरा


स्वस्थ र फिट रहन खानपानका साथै दैनिक व्यायामको पनि उत्तिकै आवश्यकता हुन्छ । अहिले स्वास्थ्यका लागि भन्दै बिहान मर्निङ वाक जाने प्रचलन बढ्दै गएको छ । गाउँमा उकाली ओराली गरिरहनुपर्ने भएकाले मर्निङवाक आवश्यक नभए पनि सहरमा बिहान हिंड्डुल गर्ने चलन बढेको छ ।

शारीरिक व्यायामले मान्छेलाई बाहिरी रुपमा मात्रै स्वस्थ बनाउँदैन फुर्तिलो समेत बनाउँछ । स्वस्थ रहनका लागि दौडिनु आवश्यक छ ।

सहरका हरेक स्थानमा व्यायामशाला भए पनि सबैले रुचाउँदैनन् । व्यायामशाला नरुचाउने वा जान नसक्नेहरुका लागि दौडिनु उत्तम विकल्प हो । दैनिक ३० मिनेट हिंड्दा वा दौडिंदा हामी स्वस्थ रहन सक्छौं । दौडले शारीरिक अवस्थालाई मात्रै नभई मानसिक अवस्थालाई समेत स्वस्थ राख्छ ।

अहिले स्वस्थ रहनुका साथै तौल घटाउन पनि बिहान मर्निङ वाकमा निस्किने वा दौडिने परम्परा छ । दौडले मुटु र फोक्सोलाई मात्रै नभई शरीरका अन्य मांसपेशीलाई समेत बलियो बनाउने काम गर्छ ।

स्वास्थ्यका लागि धेरैले दौडिन चाहन्छन् । तर उनीहरुले दौडिंदा अपनाउनुपर्ने सावधानी नअपनाउँदा समस्या हुने गर्छ । जसका कारण शरीरका साथै मांसपेशी दुख्ने, खुट्टा दुख्ने, हड्डी तथा जोर्नीहरु दुख्ने र मांसपेशी फ्याक्चर हुने सम्भावना रहन्छ । यस्ता समस्याबाट बच्न यसरी दौडिन सकिन्छ ।

वार्मअप गर्ने

बिहान वा बेलुका दौडिने बानी छ भने वार्मअप गरेर मात्रै दौडिनुपर्छ । सिधै दौडिंदा मांसपेशीमा समस्या आउन सक्छ । वार्मअप विना दौडिंदा खुट्टा दुख्न सक्छन् भने मांसपेशीमा ऐठन हुन सक्छ । शरीर दौडिन तयार भएपछि मात्रै दौडिनु उपयुक्त हुन्छ । दौडिनका लागि वार्मअपका साथै आफू पनि मानसिक रुपमा तयार हुनुपर्छ ।

केही मात्रामा कार्ब्स खाने

अधिकांश सर्वसाधारणको दौडिनु पूर्व केही नखाएरै दौडिने बानी हुन्छ । तौल घटाउन लागेकाले झन् खाएर दौडियो भने तौल घट्दैन भन्ने सोच्छन् ।

तर त्यस्तो होइन । दौडिनुभन्दा पहिला केही खानेकुरा खाएमा त्यसले शरीरलाई वार्मअप गर्न र दौडिन ऊर्जा दिन्छ । जसले हाम्रो शरीरलाई फाइदा पुर्‍याउँछ । यदि दौडका साथै मांसपेशी बढाउने चाहना छ भने व्यायाम गर्नु र दौडिनुभन्दा पहिले केही मात्रामा काब्र्स खानु शरीरका लागि फाइदाजनक मानिन्छ । यसले मांसपेशीलाई मजबुत बनाउने काम गर्छ ।

शरीरलाई सिधा राख्ने

दौडिंदा शरीरलाई सही तरिकाले राख्नुपर्छ वा सिधा राख्नुपर्छ । दौडिंदा हामीले मेरुदण्ड र हड्डीलाई सिधा राख्नुपर्छ । दौडिंदा टाउको नझुकाउने, छातीलाई सही आकारमा राख्ने, तीव्र गतिमा दौडिंदा ध्यान पुर्‍याउनुपर्छ । शरीरका लागि सिधा दौडिनुपर्छ ।

दौडिंदा बीचमा वाक गर्ने

दौडिंदा बीचबीचमा ब्रेक लिन सकिन्छ । यसका लागि बीचमा बिस्तारै हिंडेर पनि अगाडि बढ्न सकिन्छ । पहिलोपटक दौडिनेहरुका लागि यो निकै उपयोगी हुन्छ । यसो गर्दा थकान कम लाग्नुका साथै सास फुल्नबाट बच्न सकिन्छ । बीचमा ब्रेक लिंदा शरीरलाई तनाव कम हुने र दौडिने शक्ति कायम रहिरहन्छ ।

बेलाबेला पानी पिउने

दौडिंदा शरीरमा पसिना निस्किन्छ, यस्तोमा शरीरमा पानीको कमी हुन्छ । शरीरमा पानीको मात्रा कमी हुन नदिन प्रशस्त मात्रामा पानी पिउनुपर्छ । पानीको अभाव भएमा डिहाइड्रेसनको समस्या हुन्छ । दौडिंदा बेलाबेला थोरै मात्रामा पानी पिइरहनुपर्छ । पानी खाएर दौडिन वा दौडिंदा पानी खान नसक्ने भए दौडिसकेपछि प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्छ ।

ओन्ली माइ हेल्थबाट

छुटाउनुभयो कि ?

नेपालमा पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपात, तराईमा तातो लहरको सम्भावना

नेपालमा पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपात, तराईमा तातो लहरको सम्भावना

काठमाडौँजल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशको हि...
नेपाल र युएईबीचको दोस्रो टी-२० खेल आज हुदै

नेपाल र युएईबीचको दोस्रो टी-२० खेल आज हुदै

काठमाडौँनेपाल र युएईबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदैछ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने यो खेल साँझ ५ बजेदेखि ...
भारतको चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द

भारतको चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द

काठमाडौंभारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका ...
अमेरिकी नौसैनिकद्वारा इरानी कार्गो जाहाज नियन्त्रण,द्वन्द्व बढ्ने संकेत

अमेरिकी नौसैनिकद्वारा इरानी कार्गो जाहाज नियन्त्रण,द्वन्द्व बढ्ने संकेत

काठमाडौंअमेरिकाले इरानी झण्डा बोकेको एक मालवाहक जहाज नियन्त्रणमा लिएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार ‘...