डिजेल चोरी प्रकरणमा पम्प र चालकमाथि कडा कारबाही, चालकलाई आजीवन प्रतिबन्ध
बुटवलभारतबाट इन्धन भरेर नेपाल आयल निगमको भलवारीस्थित डिपोतर्फ आउँदै गरेका ट्याङ्करबाट डिजेल चोरी भएको घटनामा नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयले कडा कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले मंगलबार रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा छापा हानी तीन वटा ट्याङ्कर नियन्त्रणमा लिएको थियो ।उक्त घटनापछि निगमका लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख ई. शैलेन्द्र भुसालले दोषी पम्प, ट्याङ्कर तथा चालकहरूमाथि नियमानुसार कडा कारबाही थालिएको जानकारी दिएका छन् ।
भुषालका अनुसार अमलेखगञ्ज डिपोबाट डिजेल लोड भई चालकको जिम्मामा डिपोतर्फ पठाइएका ती ट्याङ्करहरूमा सेक्युरिटी मेकानिकल लकिङ सिस्टम (ताल्चा) लगाइएको हुन्छ । जसको एउटा मास्टर की अमलेखगञ्ज र अर्को भलवारी डिपोमा मात्र हुने गर्दछ ।कार्...








