३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम



काठमाडौँ
बिदुर नगरपालिकास्थित पीपलटारको होल्डिङ सेन्टरमा ५ वर्षीया योबिसा श्रेष्ठ २३ भदौको दिउँसोसम्म खेलिरहेकी थिइन् । तर राति उनलाई अचानक ज्वरो आउनुका साथै बान्ता हुन थाल्यो । होल्डिङ सेन्टरको शिविरमै उपचार गराए पनि निको नभएपछि योगिताले छोरी योबिसालाई बुधबार (२७ भदौमा) उपचारका लागि बट्टारस्थित फार्मेसीमा लगेकी छन् ।

योबिसा एक्ली बिरामी होइनन्, सेन्टरमै रहेकी २० महिनाकी उनकी बहिनी पनि निरन्तर ज्वरो र बान्ताले थलिएकी छन् । त्यही होल्डिङ सेन्टरमा रहेकी २० वर्षीया कविता श्रेष्ठको ६ महिने शिशुलाई पनि ज्वरो आएको छ । ‘के भएको हो भन्दा सामान्य सिटामोल दिएर पठाउँछन्, बच्चा अझै निको भएको होइन,’ योगिताले भनिन् ।

बाढीले घर र बस्तीबाट विस्थापित भएपछि सुरक्षित ठाउँको खोजीमा आएका परिवारका लागि पीपलटारस्थित श्री चन्द्रज्योति माविको भवन अहिले अस्थायी घर बनेको छ । तर एउटै छानोमुनि सयभन्दा बढी मानिस बसिरहेको यो सेन्टरमा देखिएको ज्वरो, रुघाखोकी र पखालाका घटना स्वास्थ्य जोखिमका संकेत हुन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा, नुवाकोट र धादिङमा गरी ३३ वटा होल्डिङ सेन्टरमा २४ सय १८ विस्थापित बसिरहेका छन् । अहिलेसम्म बाढी प्रभावित क्षेत्रमा ठूलो महामारी फैलिएको छैन, तर विस्थापितहरू भीडभाडमा बस्न बाध्य छन्, खानेपानीका स्रोत प्रभावित छन् र स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ छ । बालबालिका र दीर्घरोगीसमेत ठूलो संख्यामा रहेका यी शिविरमा दूषित पानी, कमजोर सरसफाइ र स्वास्थ्य सेवाको सीमित पहुँचले संक्रमण फैलिने जोखिम रहेको विज्ञहरू बताउँछन् ।

‘केही होल्डिङ सेन्टरमा रुघाखोकी, भाइरल ज्वरो र सामान्य पखालाका बिरामी मात्र भेटिएका छन्,’ जनस्वास्थ्य कार्यालय, नुवाकोट प्रमुख डा. अञ्जु कार्कीले भनिन् । त्यस्तै रसुवाका शिवालय होल्डिङ सेन्टरमा पनि बालबालिकालाई भाइरल ज्वरो र रुघाखोकी देखिएको उत्तरगया गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङले बताइन् । ‘केहीलाई रुघाखोकी र ज्वरो देखिएको छ,’ उनले भनिन् ।

जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख डा. नीरध्वज घर्तीमगर पनि होल्डिङ सेन्टरमा रहेका केहीमा ज्वरो र रुघाखोकी देखिएको बताउँछन् । केही मानिसमा सामान्य रुघाखोकी र भाइरल फिभरको समस्या देखिएको छ,’ उनले भने, ‘स्वास्थ्यकर्मीहरू खटाएर रुघाखोकीका बिरामीलाई आइसोलेसनमा राख्न भनिएको छ, एक–दुई जना आइसोलेसनमा बसेका छन् ।’

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज तीन हप्ता भएको छ । अहिलेसम्म १ हजार ३९५ जनाको श...
कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

बुटवलनेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले यस वर्षको पर्व लक्षित नयाँ फेस्टिभ क्याम्पेन टिभ...
३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

काठमाडौँबिदुर नगरपालिकास्थित पीपलटारको होल्डिङ सेन्टरमा ५ वर्षीया योबिसा श्रेष्ठ २३ भदौको दिउँसोसम्म खेलिरहेकी थिइन् । तर रात...
नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न भारतको स्वीकृति

नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौँभारतको विद्युत् मन्त्रालयले नेपाललाई आगामी डिसेम्बर ३१ सम्म दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ...