आज विश्वकर्मा पूजा, देशैभर धातुजन्य उपकरण तथा औजारको पूजा गरी मनाइँदै



बुटवल
असोज १ अर्थात सङ्क्रान्तिका अवसरमा आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग हुने धातुजन्य उपकरण तथा विभिन्न औजारको पूजा–आराधना गरी विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाउने परम्परा रहेको छ ।
यस पर्वमा विशेषगरी कालिगढ, मेकानिक, चालक, प्राविधिक तथा उद्योग–व्यवसायसँग आबद्ध व्यक्तिहरूले आफूले प्रयोग गर्ने औजार र उपकरणको पूजा गर्ने गर्दछन्। आजका दिन पूजा गरिएका उपकरण तथा यन्त्र लामो समयसम्म टिक्ने, कामका क्रममा कम समस्या आउने र कार्यक्षमतामा वृद्धि हुने धार्मिक विश्वास रहिआएको छ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरी सुरक्षित राखेको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानिएको र त्यसै समयदेखि उनको पूजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष तथा धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन् ।

प्राचीन भारतवर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यस्थित समुद्रको बीचमा रहेको विश्वास गरिन्छ ।

विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा पनि मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्र सम्बन्धी ग्रन्थ उनले नै तयार पारेको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।

यही परम्परा र आस्थाअनुसार नेपालभरका कालिगढ, उद्योगी, व्यवसायी तथा सवारीसाधन व्यवसायसँग आबद्ध व्यक्तिहरूले आज विश्वकर्मा बाबाको पूजा गरी उनको ज्ञान, सीप र विद्वत्ताप्रति सम्मान व्यक्त गरिरहेका छन्। आधुनिक युगमा इन्जिन जडित सवारीसाधन, निर्माण उपकरण, उद्योगका मेसिन तथा अन्य यान्त्रिक सामग्रीको समेत विशेष पूजा–आराधना गर्ने चलन रहेको छ।

छुटाउनुभयो कि ?

मौसम पूर्वानुमान : लुम्बिनीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान : लुम्बिनीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौंजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्...
आज विश्वकर्मा पूजा, देशैभर धातुजन्य उपकरण तथा औजारको पूजा गरी मनाइँदै

आज विश्वकर्मा पूजा, देशैभर धातुजन्य उपकरण तथा औजारको पूजा गरी मनाइँदै

बुटवलअसोज १ अर्थात सङ्क्रान्तिका अवसरमा आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग हुने धातुजन्य उपकरण तथा विभिन्न औजारको पूजा–आराधन...
सर्वोच्चको आदेश: संविधान संशोधन गर्न दुवै सदनमा दुई तिहाइ बहुमत हुनैपर्ने

सर्वोच्चको आदेश: संविधान संशोधन गर्न दुवै सदनमा दुई तिहाइ बहुमत हुनैपर्ने

काठमाडौंसर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई तिहाइ बहुमत हुनैपर्ने आन्देश गरेको छ । संविधान विपरीत हुने गरी प्...
मुगु केन्द्रबिन्दु भएर लगातार दुई पटक भूकम्प

मुगु केन्द्रबिन्दु भएर लगातार दुई पटक भूकम्प

काठमाडौँमुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका...