बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै


बुटवल
बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै छ।
प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा गर्ने वैदिक सनातन परम्परा छ। यस अवसरमा देशभरका दसैँघर, पूजाकोठा तथा देवी मन्दिरमा बिहानैदेखि विशेष पूजा–आराधना गरिँदै छ।
पौराणिक मान्यताअनुसार कात्यायन ऋषिको तपस्याबाट प्रसन्न भई देवीले उनकी पुत्रीका रूपमा जन्म लिएकाले कात्यायनी नाम रहन गएको हो। देवीलाई शक्ति, साहस र दुष्ट शक्तिमाथि विजयको प्रतीकका रूपमा पूजा गर्ने गरिन्छ।
कात्यायनी देवीलाई सिंहवाहिनी तथा चार हात भएकी देवीका रूपमा चित्रण गरिन्छ। उनका हातमा खड्ग र कमल रहने तथा अन्य दुई हात अभय र वरद मुद्रामा रहने धार्मिक वर्णन पाइन्छ।

यस वर्ष असोज २५ गते आइतबार घटस्थापनासँगै सुरु भएको नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्दमाता देवीको पूजा–आराधना गरिएको थियो।

छैटौँ दिन आज कात्यायनी देवीको पूजा गरिँदै छ भने सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गर्ने परम्परा छ। देवीका यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।

नवरात्रभर घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतालगायत धार्मिक ग्रन्थ तथा देवी स्तोत्र पाठ गर्ने चलन छ। यस अवधिमा देवीको आराधना गर्दा शक्ति, ऐश्वर्य, विद्या र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ।

दसैँको अवसरमा काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, बगलामुखीलगायत शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ।

त्यस्तै, उपत्यकाबाहिरका मनकामना, पलाञ्चोक भगवती, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, बडीमालिका र उग्रतारालगायत मन्दिरमा पनि नवरात्रभर विशेष पूजा–आराधना हुने गर्छ।

नवरात्रमा नौ दिनसम्म पूजा गरिएको प्रसादका रूपमा विजयादशमीदेखि टीका र जमरा ग्रहण गर्ने परम्परा छ। देशका अधिकांश स्थानमा कोजाग्रत पूर्णिमासम्म टीका लगाउने चलन रहे पनि केही समुदायमा कुलपरम्पराअनुसार विजयादशमीका दिन मात्रै टीका लगाइन्छ।

धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार दुर्गा पक्षभर अर्थात् कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादका रूपमा टीका र जमरा ग्रहण गर्न सकिने शास्त्रीय मान्यता छ।

छुटाउनुभयो कि ?

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...