राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै



काठमाडौँ
‘बालापनको रक्षा: भविष्यको सुरक्षा’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै छ ।

बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्द्धन गर्न÷गराउन नागरिक समाज तथा सबै सरोकारवालालाई थप जिम्मेवार र जबाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आएको छ ।

यही भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा धनजनको क्षतिका कारण बाबुआमा, संरक्षक तथा अभिभावक गुमाएका, बेपत्ता भएका वा बालबालिका स्वयं नै घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत र संरक्षण गर्नुपर्ने आवश्यकता छ ।

त्यस्ता बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्शलगायतका सेवा उपलब्ध गराउन राज्य तल्लीन रहेको राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले बताउनुभयो । यस अवसरमा आज परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रमको आयोजना गरेका छन् ।

छुटाउनुभयो कि ?

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

काठमाडौँ‘बालापनको रक्षा: भविष्यको सुरक्षा’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै छ । बालमैत्री वातावरणमा ब...
आज हरितालिका तीज: बाढीका कारण छैन रौनक

आज हरितालिका तीज: बाढीका कारण छैन रौनक

काठमाडौँभदौ लागेसँगै गाउँघरमा तीजका गीत घन्किन्थे । दिदीबहिनीहरू माइती जाने तयारीमा जुट्थे । दाजुभाइ चेलीबेटीलाई लिन जाने ...
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल

बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल

काठमाडौंबेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सन र उच्चतहका युरोपेली सुरक्षा अधिकारीहरू रुसी आक्रमणबाट बच्न सफल भएका छन् । उन...
सफल क्याम्पस प्रमुख कहलिएका प्रधानाध्यापक ज्ञवाली सर्वोत्कृष्ट कालिका मावि उँचो राख्ने योजनामा

सफल क्याम्पस प्रमुख कहलिएका प्रधानाध्यापक ज्ञवाली सर्वोत्कृष्ट कालिका मावि उँचो राख्ने योजनामा

बुटवलवि.सं.२०२६ सालमा गुल्मीको रुरुक्षेत्र ५ वम्घामा जन्मिएका विष्णुहरी ज्ञवालीले ०५२ सालमा श्री जनबोध उच्च माविबाट शिक्षक से...