रुपन्देहीमा कटुवा पेस्तोलसहित दुईजना पक्राउ



बुटवल
रुपन्देहीमा कटुवा पेस्तोलसहित दुईजनालाई प्रहरीलाई पक्राउ गरेको छ । ओमसतिया गाउँपालिका–६ बस्ने २३ वर्षिय अमन कुमार धवल र २० वर्षिय सुनिल केवटलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक आशिष विश्वकर्माले बताउनुभयो ।


प्रहरी निरीक्षक विश्वकर्माका अनुसार मंगलबार बिहान ७ बजे ओमसतिया–६ नरैनापुर बस्ने अमन कुमार धवलको घरमा कटुवा पेस्तोल लुकाईछिपाई राखिएको छ भन्ने गोप्य सूचना प्रहरीलाई प्राप्त भएको थियो ।


उक्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको टोलीले उक्त घरमा खानतलासी गर्दा कटुवा पेस्तोल १ थान, छर्रा २५ राउण्ड फेला परेपछि बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार थप अनुसन्धान जारी छ ।

छुटाउनुभयो कि ?

मौसम पूर्वानुमान : लुम्बिनीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान : लुम्बिनीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौंजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्...
आज विश्वकर्मा पूजा, देशैभर धातुजन्य उपकरण तथा औजारको पूजा गरी मनाइँदै

आज विश्वकर्मा पूजा, देशैभर धातुजन्य उपकरण तथा औजारको पूजा गरी मनाइँदै

बुटवलअसोज १ अर्थात सङ्क्रान्तिका अवसरमा आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग हुने धातुजन्य उपकरण तथा विभिन्न औजारको पूजा–आराधन...
सर्वोच्चको आदेश: संविधान संशोधन गर्न दुवै सदनमा दुई तिहाइ बहुमत हुनैपर्ने

सर्वोच्चको आदेश: संविधान संशोधन गर्न दुवै सदनमा दुई तिहाइ बहुमत हुनैपर्ने

काठमाडौंसर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई तिहाइ बहुमत हुनैपर्ने आन्देश गरेको छ । संविधान विपरीत हुने गरी प्...
मुगु केन्द्रबिन्दु भएर लगातार दुई पटक भूकम्प

मुगु केन्द्रबिन्दु भएर लगातार दुई पटक भूकम्प

काठमाडौँमुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका...