
काठमाडौं
मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन् । मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई उनीहरुले राजीनामा बुझाएका हुन् ।
एमालेबाट सरकारमा सहभागी भएका श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याण मन्त्री लखनदास, भौतिक पूर्वाधार विकास मन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले मुख्यमन्त्री यादवसमक्ष आ–आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।
योसँगै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।