विविध

मरेङ–रुपन्देही सम्पर्क मञ्चको आयोजनामा बुटवलमा वृहत रोपाईजात्रा

मरेङ–रुपन्देही सम्पर्क मञ्चको आयोजनामा बुटवलमा वृहत रोपाईजात्रा

Breaking news 2, ताजा अपडेट, विविध
बुटवल, भाद्र १ – बुटवलको देवीनगर चौपारीमा शनिबार अर्घाखाँचीको मरेङ रुपन्देही सम्पर्क मञ्चको आयोजना तथा दुर्गामन्दिर समिति देवीनगरको सहआयोजनामा वृहत रोपाईँ जात्रा सम्पन्न भएको छ। कार्यक्रममा परम्परागत रुपमा मनाइने रोपाईँ जात्राका विविध झलकहरू प्रस्तुत गरिएका थिए। दिउँसो श्रीकृष्ण जन्माष्टमीको रथयात्रा, रोपाईँ जात्रा तथा तीज विशेष कार्यक्रम पनि सम्पन्न गरियो। मञ्चका अध्यक्ष दिनेश कुँवरले परम्परागत सांस्कृतिक संरक्षणका लागि नयाँ पुस्तालाई जानकारी दिन यस्तो कार्यक्रम आयोजना गरिएको बताए। सहआयोजक संस्थाका अध्यक्ष अर्जुन कुँवरले देवीनगरमा सरायँलाई व्यवस्थित गरेझैँ रोपाईँ जात्रालाई पनि निरन्तरता दिने योजना रहेको जानकारी दिए। कार्यक्रममा सुरुमा कटालेको हाक, उल्टो हलोले जोताई, बाउसेद्वारा सम्माउने, खोक लगाउने, रोपाहारहरूले धानका बीउ हातमा लिएर नाच्दै रोप्ने लगायतका परम्परागत विधिहरूको ...
आज श्रीकृष्ण जन्माष्टमी, गुल्मेली सम्पर्क समाज रुपन्देहीको तीज मिलन कार्यक्रम हुंदै

आज श्रीकृष्ण जन्माष्टमी, गुल्मेली सम्पर्क समाज रुपन्देहीको तीज मिलन कार्यक्रम हुंदै

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देहीगुल्मेली सम्पर्क समाज रुपन्देहीले आज श्रीकृष्ण जन्माष्टमीको दिन तीज मिलन कार्यक्रमको आयोजना गरेको छ।रूपन्देहीको तिलोत्तमा ४ डिङ्गरनगर स्थित श्रङ्गेश्वरधाम परिसरमा दिउँसो १ बजेदेखि कार्यक्रम सञ्चालन हुँदैछ।गुल्मीबाट विभिन्न पेशा ,व्यवसाय जस्ता विविध कारणले रुपन्देही आई बसोबास गरेका गुल्मेलीहरूको पवित्र स्थान श्रृङ्गेश्वर धाममा मठ मन्दिर ,जेष्ठ नागरिक मिलन केन्द्र ,छोरी शिक्षा कार्यक्रम ,रेसुङ्गा अलौकिक बचत तथा ऋण सहकारी संस्था, सम्पर्क समाजको सचिवालय रहेको छ।श्रृङ्गेश्वर धाममा गुल्मेलीको मात्र नभई रुपन्देही बासी, सामाजिक ,धार्मिक ,सांस्कृतिक रुपमा अग्रसर सबैको साझा स्थान रहेको सम्पर्क समाजका अध्यक्ष डाक्टर नारायणप्रसाद पन्थले जानकारी दिए। पन्थले शनिबार श्रीकृष्ण जन्माष्टमीको विशेष दिन विगतका वर्षहरूमा जसरी तीज मिलन कार्यक्रमको आयोजना गरिएकोले धेरैभन्दा धेरै दिदीबहिनी, दाजुभाई ...
लुम्बिनी पर्यटनको अपार सम्भावना रहेको प्रदेश हो : मुख्यमन्त्री आचार्य

लुम्बिनी पर्यटनको अपार सम्भावना रहेको प्रदेश हो : मुख्यमन्त्री आचार्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार
बुटवल लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी धार्मिक र सांस्कृतिक पर्यटनका दृष्टिले अपार सम्भावना बोकेको प्रदेश भएको उल्लेख गर्दै भगवान बुद्धको जन्मभूमिसहित अन्य ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदाले विदेशी पर्यटक आकर्षित गर्ने बलियो आधार तयार भएको बताएका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश धार्मिक पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको बताएका हुन् । पर्यटनमैत्री पूर्वाधार, स्वच्छ वातावरण र आतिथ्यपूर्ण व्यवहारमा सबैको ध्यान आवश्यक रहेकोमा उनले विशेष जोड दिए । मुख्यमन्त्री आचार्यले कृष्ण जन्माष्टमी पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजलाई आपसी प्रेम, सहिष्णुता र सद्भावको सूत्रमा बाँध्दै आएको उल्लेख गरेका छन् । ‘भाषा, धर्म, संस्कृति, परम्परा र रीतिरिवाज मात्र हाम्रो पहिचान नभइ सभ्यता र गौ...
संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन : हामी सरकारमा आएपछि यी काम भए.. (पूर्णपाठ)

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन : हामी सरकारमा आएपछि यी काम भए.. (पूर्णपाठ)

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
२०८२, २८ श्रावण बुधबार सम्माननीय सभामुख महोदय,यही साउन २०–२३ (अगष्ट महिनाको ५–८) गतेसम्म तुर्कमेनिस्तानको अवाजा शहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्र संघीय सम्मेलनमा हाम्रो पनि भव्य सहभागिता भयो । मेरो नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलको भ्रमणबारे यस सम्मानित सदनमा संक्षिप्त जानकारी राख्ने अनुमति चाहन्छु । यस्ता सम्मेलनहरु भूपरिवेष्टित विकासशील मुलुकहरुले भोगिरहेका पारवाहन लगायतका चुनौतिहरुको सामना गर्ने उपायहरु खोज्ने उद्देश्यले संयुक्त राष्ट्र संघद्वारा आयोजना हुँदै आएका छन् । यसअघि सन् २००३ मा काजकस्तानको अल्माटी र सन् २०१४ मा अष्ट्रियाको भियनामा पहिलो र दोस्रो सम्मेलन आयोजना गरिएका थिए । सन् २०२४ को जुन र डिसेम्बरमा भूपरिवेष्टित विकासशील अफ्रिकी राष्ट्रहरु– रुवाण्डा र बोत्सवानामा आयोजना गर्ने लक्ष राखिएता पनि ती देशहरुमा परिस्थिति अनुकुल ...
जनतालाई सहज सेवा प्रवाहको दायित्वमा कुनै कमजोरी हुनु हुंदैन : प्रधानमन्त्री ओली

जनतालाई सहज सेवा प्रवाहको दायित्वमा कुनै कमजोरी हुनु हुंदैन : प्रधानमन्त्री ओली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताएका छन्। राष्ट्रिय सतर्कता केन्द्रको २४ औँ स्थापना दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती गर्दै नगरी जनतालाई सहज सेवा प्रवाहको सरकारको दायित्वमा कुनै कमजोरी हुन नहुनेमा जोड दिए। नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, सबै सचिवहरू, सुरक्षा निकायका प्रमुखहरुसमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वच्छता, परादर्शीता र सेवा प्राप्ति नागरिकको हक भएकाले त्यो अधिकार उपलब्ध गराउने मामिलामा राज्यका सबै निकाय उत्तिकै चलायमान हुनुपर्ने उल्लेख गरे। ‘विना मोलाहिजा छानबिन र अनुगमन गर्नुस्, देखिएका कुरा यस्तै बैठकमा आएर खुलस्त भन्नुस्,’ ओल...
रेसुङ्गा र छत्रदेवको सङ्गम स्थल नेटाखर्कमा श्रीकृष्ण रथयात्रा एवम् रोपाइँ कार्यक्रम २०८२ आयोजना हुने

रेसुङ्गा र छत्रदेवको सङ्गम स्थल नेटाखर्कमा श्रीकृष्ण रथयात्रा एवम् रोपाइँ कार्यक्रम २०८२ आयोजना हुने

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, समाज, स्थानीय
गुल्मी, २६ साउन – गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–६ र अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–८ को सङ्गम स्थल नेटाखर्कमा वि.सं. २०५४ देखि निरन्तर सञ्चालन हुँदै आएको श्रीकृष्ण रथयात्रा एवम् रोपाइँ कार्यक्रम यस वर्ष पनि भव्य र व्यवस्थित रूपमा आयोजना हुने भएको छ। यो जानकारी मूल समारोह समितिको हालै बसेको बैठकले निर्णय गरेको हो।यो परम्परागत कार्यक्रम हाम्रो पर्व र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको छ। स्थानीय समुदायको सक्रिय सहभागितामा सञ्चालित यो कार्यक्रमले धार्मिक, सांस्कृतिक र सामाजिक एकताको सन्देश प्रवाह गर्दै आएको छ। गत वर्षहरूमा झैं यस वर्ष पनि सबैको आर्थिक, भौतिक र नैतिक सहयोगको अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ।आयोजक समितिका अनुसार, कार्यक्रम यहि भदौ १ गते नेटाखर्कमा आयोजना हुनेछ। समितिले यो पर्वलाई थप व्यवस्थित र भव्य बनाउन विभिन्न योजना बन...
म प्रदीप ज्ञवालीलाई गुरु भन्ने गर्छु: प्रधानमन्त्री ओली

म प्रदीप ज्ञवालीलाई गुरु भन्ने गर्छु: प्रधानमन्त्री ओली

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदन–आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष प्रदीप ज्ञवालीलाई आफूले ‘गुरु’ भनेर सम्बोधन गर्ने गरेको बताएका छन्। ज्ञवालीको बौद्धिक र वैचारिक क्षमताप्रति सम्मान प्रकट गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित प्रतिष्ठानको पदस्थापन तथा शपथ ग्रहण समारोहमा बोल्दै अध्यक्ष ओलीले ज्ञवालीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए। आफ्नै पार्टीका नेतालाई सम्मानस्वरूप ‘गुरु’ भनेर सम्बोधन गर्ने गरेको बताउँदै ओलीले भने, ‘प्रदीप ज्ञवाली यस्तो व्यक्ति हुनुहुन्छ, जसलाई मैले पनि प्रदीप गुरु भन्ने गर्छु।’अध्यक्ष ओलीले प्रतिष्ठानको काम चुनौतीपूर्ण भए पनि ज्ञवालीको नेतृत्वमा व्यवस्थित ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे। उनले प्रतिष्ठानलाई अध्ययन, अनुसन्धान र विचार-मन्थनको केन्द्र बनाउन...
टप एन्ड टी–२० सिरिजको लागि अस्ट्रेलिया जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

टप एन्ड टी–२० सिरिजको लागि अस्ट्रेलिया जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, समाचार, समाज
काठमाडौं टप एन्ड टी–२० सिरिजको लागि अस्ट्रेलिया जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको हो । राखेप सदस्य सचिव टंकलाल घिसिङलगायत क्यानका पदाधिकारीले राष्ट्रिय क्रिकेट टोलीलाई नेपालको झण्डा हस्तान्तरण गरेका थिए । त्यस्तै, कार्यक्रममा क्यान र नासा सेक्युरिटिजबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजकको सम्बन्धमा सम्झौता भएको छ । उक्त सिरिजमा भाग लिने टोलीमा एक परिवर्तन भएको छ । स्पिनर ललित राजवंशीको ठाउँमा साहब आलमले खेल्ने भएका छन् । अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि अष्ट्रेलिया भ्रमण गर्न लागेको हो । अष्ट्रेलियाको डार्बिनमा हुने प्...
लायन्स क्लब द्वारा संयुक्त इण्डक्सन तथा मेगा इन्स्टलेशन कार्यक्रम सम्पन्न

लायन्स क्लब द्वारा संयुक्त इण्डक्सन तथा मेगा इन्स्टलेशन कार्यक्रम सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल डिष्ट्रिक्ट ३२५P नेपाल अन्तर्गत रिजन–१४ का जोन ३०, ३१ र ३२ का लायन्स क्लबहरूले बुटवलमा भव्य इन्डक्सन तथा मेगा इन्स्टलेशन कार्यक्रम सम्पन्न गरेका छन्।कार्यक्रममा नयाँ सदस्यहरूको शपथ ग्रहण, क्लब पदाधिकारीहरूको पदस्थापन तथा सामूहिक सेवाभावको पुनः प्रतिवद्धता व्यक्त गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर लायन बलराम भट्टराई रहनु भएको थियो। विशेष अतिथिहरूमा निवर्तमान डिष्ट्रिक्ट गभर्नर लायन पुरुषोत्तम भक्त प्रधानाङ्ग, दोश्रो भाइस डिष्ट्रिक्ट गभर्नर लायन मिना पन्थी, पूर्व डिष्ट्रिक्ट गभर्नर लायन अर्जुन मान सैंजु तथा लायन महेन्द्र नारायण श्रेष्ठ रहनु भएको थियो। यसैगरी डिष्ट्रिक्ट ३२५P नेपालको सिनियर प्रोटोकल मा रहनु भएका बिभिन्न पदाधिकारीको उपस्थितिमा १४० जना लायन सदस्यको पदस्थापन भएको थियो | पहिलो चरणको कार्यक्रम संचालक जोन चियर पर्सन लायन रितु गुरुङ त...
बुटवलबाटै गुल्मीदरवारको सामाजिक सुरक्षा भत्ताको नविकरण

बुटवलबाटै गुल्मीदरवारको सामाजिक सुरक्षा भत्ताको नविकरण

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
बुटवल,२५ साउन ।गुल्मीदरबार गाउँपालिका स्थायी बासिन्दाले बुटवलबाट भत्ता नविकरण गर्न पाउने भएका छन् । गुल्मीदरबार गाउँपालिकाको आयोजनामा बुटवलबाट सामाजिक सुरक्षा भत्ता परिचयपत्रको नविकरण गर्न लागेको अध्यक्ष सरोज कुमार थापाले जानकारी दिए । हामी तीन दिनको घुुम्ती सेवा लिएर बुटवल आएका छौँ । स्थायी ठेगाना गुल्मीदरबार भई विभिन्न कारण बुटवल बस्दै आउनु भएका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिले सेवा लिन थापाले अनुरोध गरे ।सामाजिक सुरक्षा नविकरण बायोमेट्रीक मार्फत गरिन्छ । जेष्ठ नागरिक,दलित,एकल महिला,एकल जेष्ठ महिला, ५ वर्ष मुनिका दलित बालबालिका तथा अपाङ्गले सेवा लिन सक्ने प्रमुख प्रशासकिय अधिकृत भेष राज घिमिरेले जानकारि दिए । हामी बुटललको ईट्टा भट्टिमा रहेको हईट पाण्डामा शिविर राखेका छौँ आएर सेवा लिन सक्नुहुन्छ घिमिरेले भने ।सेवा विहान ८ बजेबाट सुरु भै साझ ६ बजे सम्म उपल्बध हुने छ । स...