रेसुङ्गा र छत्रदेवको सङ्गम स्थल नेटाखर्कमा श्रीकृष्ण रथयात्रा एवम् रोपाइँ कार्यक्रम २०८२ आयोजना हुने


गुल्मी, २६ साउन – गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–६ र अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–८ को सङ्गम स्थल नेटाखर्कमा वि.सं. २०५४ देखि निरन्तर सञ्चालन हुँदै आएको श्रीकृष्ण रथयात्रा एवम् रोपाइँ कार्यक्रम यस वर्ष पनि भव्य र व्यवस्थित रूपमा आयोजना हुने भएको छ। यो जानकारी मूल समारोह समितिको हालै बसेको बैठकले निर्णय गरेको हो।
यो परम्परागत कार्यक्रम हाम्रो पर्व र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको छ। स्थानीय समुदायको सक्रिय सहभागितामा सञ्चालित यो कार्यक्रमले धार्मिक, सांस्कृतिक र सामाजिक एकताको सन्देश प्रवाह गर्दै आएको छ। गत वर्षहरूमा झैं यस वर्ष पनि सबैको आर्थिक, भौतिक र नैतिक सहयोगको अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ।
आयोजक समितिका अनुसार, कार्यक्रम यहि भदौ १ गते नेटाखर्कमा आयोजना हुनेछ। समितिले यो पर्वलाई थप व्यवस्थित र भव्य बनाउन विभिन्न योजना बनाएको छ। कार्यक्रममा सहभागी हुन र सहयोग गर्न इच्छुक व्यक्तिहरूलाई समितिले हार्दिक अनुरोध गरेको छ। आर्थिक सहयोग गर्न चाहने महानुभावहरूले आयोजक समितिका प्रतिनिधि कृष्ण मरासिनी” प्रयासी “को व्हाट्सएप नम्बर ९८४७४४२५११ मा सम्पर्क गर्न सक्नेछन्।
गुल्मीको रेसुङ्गा नगरपालिका र अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको सङ्गम स्थल नेटाखर्क धार्मिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। यहाँ हरेक वर्ष आयोजना हुने श्रीकृष्ण रथयात्रा र रोपाइँ कार्यक्रमले स्थानीय संस्कृतिको जगेर्ना गर्नुका साथै सामुदायिक एकता र सहकार्यलाई प्रोत्साहन गरेको छ। आयोजक समितिले यो वर्षको कार्यक्रममा सबैको सक्रिय सहभागिता र सहयोगले परम्परालाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेको छ।
कार्यक्रममा उपस्थित भएर हाम्रो सांस्कृतिक धरोहरको संरक्षणमा योगदान पुर्‍याउन समितिले सबैमा सादर अनुरोध गरेको छ।

छुटाउनुभयो कि ?

नेकपाको राष्ट्रिय जागरण अभियान सुरु, सरकारको कडा आलोचना

नेकपाको राष्ट्रिय जागरण अभियान सुरु, सरकारको कडा आलोचना

बुटवलनेपाली कम्युनिष्ट पार्टी रुपन्देहीले विहिबार राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । अभियानको नेकपाका लुम्बिनी प्रदेश इन्च...
एनपीएल: कर्णालीले विराटनगरलाई ४ विकेटले हराउँदै बनायाे स्तब्ध

एनपीएल: कर्णालीले विराटनगरलाई ४ विकेटले हराउँदै बनायाे स्तब्ध

बुटवलकप्तान सोमपाल कामीको अविजित अर्धशतकको मद्दतमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको ...
लुम्बिनीमा भाषासम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेस हुन्छ : सभामुख घर्ती

लुम्बिनीमा भाषासम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेस हुन्छ : सभामुख घर्ती

बुटवललुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले सरकारी कामकाजको भाषासम्बन्धी विधेयक आगामी हिउँदे अधिवेशनमा प्रदेशसभामा पेस गर्न...
एनपिएल: काठमाडौं गोर्खाजलाई ८ विकेटले हराउँदै जनकपुरले खोल्यो जितको खाता

एनपिएल: काठमाडौं गोर्खाजलाई ८ विकेटले हराउँदै जनकपुरले खोल्यो जितको खाता

बुटवलमोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङप्रेरित जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित दर्ता गरेको ...