लुम्बिनी पर्यटनको अपार सम्भावना रहेको प्रदेश हो : मुख्यमन्त्री आचार्य


बुटवल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी धार्मिक र सांस्कृतिक पर्यटनका दृष्टिले अपार सम्भावना बोकेको प्रदेश भएको उल्लेख गर्दै भगवान बुद्धको जन्मभूमिसहित अन्य ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदाले विदेशी पर्यटक आकर्षित गर्ने बलियो आधार तयार भएको बताएका छन् ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश धार्मिक पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको बताएका हुन् । पर्यटनमैत्री पूर्वाधार, स्वच्छ वातावरण र आतिथ्यपूर्ण व्यवहारमा सबैको ध्यान आवश्यक रहेकोमा उनले विशेष जोड दिए ।

मुख्यमन्त्री आचार्यले कृष्ण जन्माष्टमी पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजलाई आपसी प्रेम, सहिष्णुता र सद्भावको सूत्रमा बाँध्दै आएको उल्लेख गरेका छन् । ‘भाषा, धर्म, संस्कृति, परम्परा र रीतिरिवाज मात्र हाम्रो पहिचान नभइ सभ्यता र गौरवको आधार हुन्’ शुभकामना सन्देशमा भनिएको छ, ‘यसलाई जोगाउन सबैले आ–आफ्नो स्थानबाट राम्रो सोच, व्यवहार र कर्म गर्न आवश्यक छ ।’

मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश सरकारले पर्यटन प्रवद्र्धन र संरक्षणका लागि विभिन्न योजना र कार्यक्रम अघि बढाइरहेको छ । प्रेम, मैत्री र सहिष्णुताको भावना बढाउन कृष्ण जन्माष्टमी जस्ता पर्वहरूको महत्वपूर्ण भूमिका रहेको स्मरण पनि उनले गरेका छन् ।

छुटाउनुभयो कि ?

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...