आज श्रीकृष्ण जन्माष्टमी, गुल्मेली सम्पर्क समाज रुपन्देहीको तीज मिलन कार्यक्रम हुंदै


रूपन्देही
गुल्मेली सम्पर्क समाज रुपन्देहीले आज श्रीकृष्ण जन्माष्टमीको दिन तीज मिलन कार्यक्रमको आयोजना गरेको छ।
रूपन्देहीको तिलोत्तमा ४ डिङ्गरनगर स्थित श्रङ्गेश्वरधाम परिसरमा दिउँसो १ बजेदेखि कार्यक्रम सञ्चालन हुँदैछ।
गुल्मीबाट विभिन्न पेशा ,व्यवसाय जस्ता विविध कारणले रुपन्देही आई बसोबास गरेका गुल्मेलीहरूको पवित्र स्थान श्रृङ्गेश्वर धाममा मठ मन्दिर ,जेष्ठ नागरिक मिलन केन्द्र ,छोरी शिक्षा कार्यक्रम ,रेसुङ्गा अलौकिक बचत तथा ऋण सहकारी संस्था, सम्पर्क समाजको सचिवालय रहेको छ।
श्रृङ्गेश्वर धाममा गुल्मेलीको मात्र नभई रुपन्देही बासी, सामाजिक ,धार्मिक ,सांस्कृतिक रुपमा अग्रसर सबैको साझा स्थान रहेको सम्पर्क समाजका अध्यक्ष डाक्टर नारायणप्रसाद पन्थले जानकारी दिए। पन्थले शनिबार श्रीकृष्ण जन्माष्टमीको विशेष दिन विगतका वर्षहरूमा जसरी तीज मिलन कार्यक्रमको आयोजना गरिएकोले धेरैभन्दा धेरै दिदीबहिनी, दाजुभाई उपस्थित हुने र धार्मिक, सांस्कृतिक र मनोरञ्जन लिने विश्वास रहेको बताए।


सम्पर्क समाजका प्रथम उपाध्यक्ष हेम थापाले कृष्ण जन्माष्टमीको दिन पारेर आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य विष्णुकुमारी सापकोटा लगायतका धेरै विशिष्ट व्यक्तिहरु उपस्थित रहने जानकारी गराए ।साथै उनले धेरैभन्दा धेरै दिदीबहिनी दाजुभाई उपस्थित हुने विश्वास लिएको बताए।

छुटाउनुभयो कि ?

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...