म प्रदीप ज्ञवालीलाई गुरु भन्ने गर्छु: प्रधानमन्त्री ओली


काठमाडौं
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदन–आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष प्रदीप ज्ञवालीलाई आफूले ‘गुरु’ भनेर सम्बोधन गर्ने गरेको बताएका छन्। ज्ञवालीको बौद्धिक र वैचारिक क्षमताप्रति सम्मान प्रकट गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित प्रतिष्ठानको पदस्थापन तथा शपथ ग्रहण समारोहमा बोल्दै अध्यक्ष ओलीले ज्ञवालीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए। आफ्नै पार्टीका नेतालाई सम्मानस्वरूप ‘गुरु’ भनेर सम्बोधन गर्ने गरेको बताउँदै ओलीले भने, ‘प्रदीप ज्ञवाली यस्तो व्यक्ति हुनुहुन्छ, जसलाई मैले पनि प्रदीप गुरु भन्ने गर्छु।’
अध्यक्ष ओलीले प्रतिष्ठानको काम चुनौतीपूर्ण भए पनि ज्ञवालीको नेतृत्वमा व्यवस्थित ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे। उनले प्रतिष्ठानलाई अध्ययन, अनुसन्धान र विचार-मन्थनको केन्द्र बनाउन आग्रह गर्दै यसका लागि योजनाबद्ध रूपमा लाग्न निर्देशन दिए। ओलीले नवनिर्वाचित अध्यक्ष ज्ञवालीलाई पद तथा गोपनीयताको सपथ गराए। केही दिनअघि प्रतिष्ठानको सम्पन्न साधारणसभाले ज्ञवाली अध्यक्षमा निर्वाचित भएका थिए।

छुटाउनुभयो कि ?

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ हुने

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ हुने

काठमाडौँ सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साहलाई सिफारिस गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले ...
प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौंमन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ। आज (बिहीबार) बसेको बैठकले संयुक्त रा...
करेन्ट लागेर घाइते कर्मचारीलाई प्राधिकरणले करिब २० लाख क्षतिपूर्ति दिने

करेन्ट लागेर घाइते कर्मचारीलाई प्राधिकरणले करिब २० लाख क्षतिपूर्ति दिने

काठमाडौंनेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई उपचार खर्चसहित १९ लाख ७८ ह...
तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन वटा संसदीय समितिको बैठक बस्दै

२५ भदौ, काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।संसद् सचिवालयका अनुसार उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित सम...