मरेङ–रुपन्देही सम्पर्क मञ्चको आयोजनामा बुटवलमा वृहत रोपाईजात्रा


बुटवल, भाद्र १ – बुटवलको देवीनगर चौपारीमा शनिबार अर्घाखाँचीको मरेङ रुपन्देही सम्पर्क मञ्चको आयोजना तथा दुर्गामन्दिर समिति देवीनगरको सहआयोजनामा वृहत रोपाईँ जात्रा सम्पन्न भएको छ।

कार्यक्रममा परम्परागत रुपमा मनाइने रोपाईँ जात्राका विविध झलकहरू प्रस्तुत गरिएका थिए। दिउँसो श्रीकृष्ण जन्माष्टमीको रथयात्रा, रोपाईँ जात्रा तथा तीज विशेष कार्यक्रम पनि सम्पन्न गरियो।

मञ्चका अध्यक्ष दिनेश कुँवरले परम्परागत सांस्कृतिक संरक्षणका लागि नयाँ पुस्तालाई जानकारी दिन यस्तो कार्यक्रम आयोजना गरिएको बताए। सहआयोजक संस्थाका अध्यक्ष अर्जुन कुँवरले देवीनगरमा सरायँलाई व्यवस्थित गरेझैँ रोपाईँ जात्रालाई पनि निरन्तरता दिने योजना रहेको जानकारी दिए।

कार्यक्रममा सुरुमा कटालेको हाक, उल्टो हलोले जोताई, बाउसेद्वारा सम्माउने, खोक लगाउने, रोपाहारहरूले धानका बीउ हातमा लिएर नाच्दै रोप्ने लगायतका परम्परागत विधिहरूको झलक प्रस्तुत गरिएको थियो। साथै, शिवजीको भेषमा सहभागी, सिस्नो बोकेर बाटो खाली गराउने, बाँदर र खप्पर लगाएका कलाकारहरूको प्रस्तुति, लाउरे–लाउरेनी अभिनय तथा घोडा नाचले दर्शकलाई आकर्षित गरेको थियो।

यस अवसरमा भगवती भजन मण्डलीको विशेष भजन, नवदुर्गा मन्दिरको रथयात्रा, विभिन्न महिला समूह, क्षेत्री समाज, नेवा समाज तथा टोल समूहहरूको प्रस्तुति रहेको थियो। करिब १ सय कलाकारको प्रत्यक्ष सहभागिता रहेको कार्यक्रममा बुटवलमा पहिलोपटक यस्तो ऐतिहासिक नमुना प्रदर्शन भएको संयोजक नमराज सुवेदीले बताए।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक सांस्कृतिक परम्पराको संरक्षणका लागि पुस्तान्तरण अपरिहार्य भएको उल्लेख गर्दै मौलिक संस्कृतिलाई ओझेलमा पर्न नदिन सबैलाई जुट्न आग्रह गरे। उनले पर्वका नाममा विकृति प्रोत्साहन गर्ने प्रवृत्तिलाई रोक्नुपर्नेमा जोड दिए।

कार्यक्रमको दोस्रो चरणमा सहभागी भएका बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले परम्परागत कला र संस्कृतिको संरक्षणका लागि आयोजकलाई धन्यवाद ज्ञापन गरेका थिए।

छुटाउनुभयो कि ?

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...