आज देखि बुटवलमा मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता, पुर्व राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने
Breaking news 2, खेलकुद, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलमदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ बुटवलमा आयोजना भएको छ ।
आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले सोमबार बुटवलमा मदन भण्डारी कप - २०८३ को ट्रफि अनावरण र तयारीको बारे जानकारी गराउन पत्रकार सम्मेलन गरी प्रतियोगिता आज अर्थात् असोज १२ गतेदेखि १७ गतेसम्म बुटवलमा सञ्चालन हुने जानकारी दिएको हो ।
एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले कार्यक्रमको उद्घाटन पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ३ वजे गर्ने कार्यक्रम तय गरिएको र एक खेल समेत खेलाउने जानकारी दिए।आचार्यका अनुसार ‘सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगितामा नेपालका साथै भारत र श्रीलंकाका गरी ८ वटा पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउनेछन् ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि बुटवल उपमहानग...








