पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ



पोखरा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडानमार्फत दुबई जाने यात्रुहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विशेष बिदाइ गरेका छन्।
बुधबार पोखराबाट फ्लाई दुबई मार्फत दुबईका लागि उडान भर्ने यात्रुहरूलाई खादा ओढाएर शुभकामना दिँदै प्रमुख आचार्यले यो उडान पोखरा र समग्र गण्डकी प्रदेशका लागि ऐतिहासिक उपलब्धि भएको बताए। लामो प्रतीक्षापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुनु पर्यटन र आर्थिक गतिविधिका दृष्टिले महत्वपूर्ण कदम मानिएको छ।
विश्वप्रसिद्ध वायुसेवा कम्पनी फ्लाई दुबई ले आजदेखि पोखरा–दुबई–पोखरा रुटमा नियमित व्यावसायिक उडान सञ्चालन सुरु गरेको हो। कम्पनीका अनुसार दुबईबाट उड्ने विमान साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ भने ७ः१५ बजे पुनः दुबईका लागि प्रस्थान गर्ने तालिका रहेको छ।

पहिलो अन्तर्राष्ट्रिय उडानमार्फत पोखरा अवतरण गर्ने विमानलाई विमानस्थलमा वाटर स्यालुट सहित भव्य स्वागत गर्ने तयारी गरिएको छ। फ्लाई दुबईको उडान नम्बर दुबई–पोखराका लागि एफजेड ११६५ र पोखरा–दुबईका लागि एफजेड ११६६ तोकिएको छ।

कम्पनीले सार्वजनिक गरेको भाडादर अनुसार पोखराबाट दुबई जाने बिजनेस क्लास को टिकट करिब १ लाख ९० हजार रुपैयाँ र इकोनोमी क्लास को टिकट करिब ९१ हजार रुपैयाँ पर्नेछ। दुबई–पोखरा यात्रा करिब साढे चार घण्टाको हुने बताइएको छ भने पोखराबाट दुबई फर्किने उडानमा करिब साढे पाँच घण्टा लाग्नेछ।

पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै पर्यटन, व्यापार, लगानी तथा वैदेशिक रोजगारीका लागि जाने यात्रुहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। यसले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्दै विश्व पर्यटन बजारमा थप प्रतिस्पर्धी गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

करिब २२ अर्ब रुपैयाँ ऋण लगानीमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ जनवरी १ मा उद्घाटन गरिएको थियो। उद्घाटनपछि लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन नसकेको अवस्थामा फ्लाई दुबईको सेवा सुरु हुनु विमानस्थलको व्यावसायिक उपयोगतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

छुटाउनुभयो कि ?

पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ

पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ

पोखरापोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडानमार्फत दुबई जाने यात्रुहरूलाई पोखरा महा...
मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

काठमाडौंमदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरु...
महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

काठमाडौँसंयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय छलफलमा विश्व नेताहरूले मंगलबार विभिन्न अन्तर्राष्ट्रिय मुद्दा उठाएका छन...
सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

बुटवलनिर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सु...