उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित



बुटवल
बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधिवेशनअन्तर्गत भएको निर्वाचनमा पौडेलले ८३३ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचन परिणामअनुसार अध्यक्ष पदका अर्का उम्मेदवार टंकप्रसाद गैरेले ६०९ मत प्राप्त गरेका छन् ।

वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई ७२४ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी बिमलराज भट्टराईले ६९८ मत प्राप्त गरेका छन् ।
उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ ७१२ मतसहित निर्वाचित भएका छन् । वाणिज्य उपाध्यक्षमा मुक्ति प्रसाद अधिकारी ७११ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

महासचिवमा वसन्तप्रसाद ढकाल ७१४ मतसहित निर्वाचित भएका छन् । कोषाध्यक्षमा टिकराम बनजाडे ७३८ मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने सचिवमा दीपकप्रसाद चापागाईं ७५२ मतसहित निर्वाचित भएका छन् ।

सहकोषाध्यक्षमा कमला पौडेल शर्मा पराजुली (मञ्जु) ६६६ मतसहित निर्वाचित भएकी छन् । एसोसिएट्स सदस्यमा बालकृष्ण पौडेल ७८१ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार उद्योग र वाणिज्य क्षेत्रका विभिन्न पदमा पनि उम्मेदवारहरू निर्वाचित भएका छन् । सदस्यतर्फ खुला, महिला, उद्योग तथा वाणिज्य समूहबाट विभिन्न उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

निर्वाचनमा आवश्यक पदभन्दा बढी उम्मेदवारी परेपछि मतदान भएको थियो । केही पदमा बढी मत प्राप्त गर्ने उम्मेदवारहरूबीच सहमति कायम गर्दै गोलाप्रथामार्फत परिणाम टुंग्याइएको निर्वाचन समितिले जनाएको छ ।

छुटाउनुभयो कि ?

चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...
सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...