लेख रचना

देशमै बस्दा पछुताउन नपरोस्

देशमै बस्दा पछुताउन नपरोस्

Breaking news 3, पत्रपत्रिका, लेख रचना, शिक्षा, समाज
टिकाराम न्याैपाने हामी सानै थियौँ। गाउँका प्रायजसो मानिसहरू गाउँमै बस्दथे। आम्दानीको स्रोतको रूपमा गाईभैँसी पाल्ने, खेती किसानी गर्ने र केही व्यक्तिहरू रोजगारीको सिलसिलामा भारत जाने त कसैले व्यापार गर्ने चलन थियो। समयको परिवर्तनसँगै केही परिवारका मानिसहरू समथर घरबारी, मिलेका घरगोठ र बिहान साँझ दुई छाक खानलाई अभाव नहुने अवस्थामा पनि आफ्नो जायजेथा बिक्री गरेर तराईका विभिन्न ठाउँहरू जस्तै नौकट्टी, नयाँमिल, मणिग्राम, मुर्गिया सैनामैना र पश्चिममा बर्दियासम्म बसाइँसराइँको सुरुवात भयो। त्यतिखेर आर्थिक हिसाबले सम्पन्न मानिसहरू गाउँ छोडेर तराईमा बसाइँ सर्नु खासै राम्रो मानिँदैन थियो। त्यसैले गाउँ छोडेर तराई झरेकाहरूलाई बौलायो सम्म भन्दथे। समयको परिवर्तनसँगै तराई अथवा मधेस झर्ने क्रम बढ्दै गयो। आज गाउँहरू बस्तीविहीन भइसकेका छन्। हिजो गाउँको जग्गाजमिन बेचबिखन गरेर तराई झरेकाहरूलाई बहुलाय...
उजेलादेबी मन्दिर “एक परिचय “

उजेलादेबी मन्दिर “एक परिचय “

जीवनशैली, ताजा अपडेट, फिचर, मनोरञ्जन, लेख रचना, विविध, समाज, स्थानीय
   गुल्मी जिल्लाका विभिन्न देवी मन्दिरहरू मध्ये उजेलादेवी मन्दिर आफैमा एक चिर परिचित नाम हो ।           यो मन्दिर लुम्बिनी प्रवेश गुल्मी जिल्ला गुल्मीदरबार गाउँपालिका वडा नं.-१ बलिथुम (साविकको वडा नं. ७) मा अवस्थित छ । सदरमुकाम तम्घास देखि झण्डै १५ कि.मी. ( तीन कोश) पूर्वमा पर्ने यस मन्दिरको भित्री क्षेत्रफल चौतर्फी गोलाई (१६२मी.) रहेको छ, भने मन्दिरले २० रोपनी जग्गाको क्षेत्रफल ओगटेको छ । मन्दिरको पश्चिम पट्टि हतियार राख्ने र घटस्थापना देखि नव दुर्गा भरी पुजारी बस्ने कोतघर रहेको छ । मन्दिरका चार किल्ला मध्ये पूर्वमा बढिघाट खोलासँगै डल्ली खोलाको पुछार, पश्चिममा तपोभूमि रेसुङ्गा, उत्तरमा रेसुङ्गा नगरपालिका १४, रातामाटा, खौवा खोला र दक्षिणमा जुभुङ्ग, डल्लीखोलाको सिरान घाँटु खोला रहेको छ ।       समुन्द्री सतहबाट १७२५ मीटर उचाईमा रहेको मन्दिरबाट बिहानीको सूर्योदय अवलोकन गर्दा भने दृष्यावल...
चितालाई भन्दा चिन्तालाई सदा-सहायताको खाँचो

चितालाई भन्दा चिन्तालाई सदा-सहायताको खाँचो

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, राेचक जानकरी, लेख रचना, विविध, शिक्षा, समाज
श्रीराम ज्ञवाली मानव सभ्यताको सुरुवात र अहिले एक्काइसौँ शताब्दीमा रहेर हामी जीवनयापन गरिरहँदा विकासक्रम के कसरी भइरहेको छ ?भन्ने कुरालाई गहन रुपमा लिन आवश्यक छ। मानव सभ्यताको सुरुवाती दिनहरूमा नितान्त गास(खाना) मात्र प्राथमिकता थियो क्रमश लत्ता कपडा (कपास)को आवश्यकता पर्यो ,त्यसैगरी घरबासको आवश्यकता र उपयोग सुरु भयो। यसरी तत्कालीन समयमा गास,वास र कपास आवश्यक रहेको मानव कर्मश स्वास्थ्य शिक्षासँगै अहिले विज्ञान र प्रविधिको युगमा छ। यी सबै मानिसलाई आवश्यकताका आधारमा सिर्जना गरिएका चिजहरू हुन्। र यी भौतिक आवश्यकता पूर्ति गरी जीवनयापन गरिरहँदा हामी समाज सामाजिक चेतना ,मानवीयता जस्ता नैतिक विकासलाई कत्तिको समानान्तर विकास गरिरहेका छौं त? सामाजिक प्राणीले भौतिक सुविधाबाट मात्रै सहज जीवनयापन गर्न सकिन्छ त? यो विषयमा गम्भीर हुनु आवश्यक छ। भौतिक सुख सुविधा भौतिक रुपमै रहन्छ भने आध्यात्मिकता,...
अन्तरास्ट्रिय समेलन केन्द्र संचालनमा आएन ,अर्बौको      संरचना प्रयोग बिहिन ।।

अन्तरास्ट्रिय समेलन केन्द्र संचालनमा आएन ,अर्बौको संरचना प्रयोग बिहिन ।।

Breaking news 2, ताजा अपडेट, फिचर, लेख रचना, विविध, समाचार, स्थानीय
श्रीराम ज्ञवाली २१ साउन, बुटबलबुटवलमा निर्माण भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुर्णरुपमा सञ्चालनमा आउन सकेको छैन ।सम्मेलन केन्द्रको उद्घाटन भएको २ वर्ष बितिसक्दा पनि सञ्चालनसम्बन्धी आवश्यक कानुन नबन्दा अझै सञ्चालनमा आउन नसकेको हो । बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपमा निर्माण भएको अत्याधुनिक सुविधा सम्पन्न सम्मेलन केन्द्रको २०७९ भदौ ११ गते पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। उद्घाटन भएको यति लामो समय बितिसक्दा पनि सञ्चालनसम्बन्धी आवश्यक कार्यविधि तयार नभएकाले सञ्चालनमा ल्याउन नसकिएको बुटवल सभा हल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए । उनले सम्मेलन केन्द्रको सञ्चालन समिति गठन गर्ने र समितिले सम्मेलन केन्द्र सञ्चालनका लागि निजी क्षेत्रलाई लिजमा दिन सक्ने गरी कार्यविधि स्वीकृतिका लागि सहरी विकास मन्त्रालयमा...
देशभक्तले देखेको नेपाल

देशभक्तले देखेको नेपाल

फिचर, लेख रचना, समाज, सम्पादकिय
श्रीराम ज्ञवालीहिजो विश्वका देशहरुमै अग्रपंक्तिमा आउने नेपाल आज आइपुग्दा विकासको हिसाबले अविकसित देश बन्न बाध्य छ । मानव सभ्यताको शुरुवात देखि संस्कार, संस्कृति प्रकृतिको वरदान पाएको हाम्रो देश हो नेपाल । यहाँ गौतमबुद्ध जस्ता महामानवको देश, पृथ्वीनारायण शाह जस्ता साहसी दुरदर्शीहरुको देश, सगरमाथा जस्तो संसारकै उच्च शिखर रहेको देश, जलस्रोतको दोस्रो देश, भौगोलिक विविधता, हावापानी मानव अनुकुल रहेको देश, जडीबुटीको खानी साथै धेरै खनिज पदार्थ रहेको प्रमाणित भएको देश हो नेपाल ।हिजोको गर्विलो इतिहास रहेको देश आजका पुस्ताका कारणले भोलिका पुस्तालाई एकादेशको भन्ने कथनमा सिमित हुन पुग्छ कि भन्ने चिन्ताको विषय बनेको छ । नेपाल दिनानुदिन परनिर्भरता बढ्दै गएको छ । देशमा हुने राजनीतिक, प्रशासनिक हरेक क्षेत्रमा विदेशी प्रभाव छ । यति सम्म कि देशमा राजनीतिक नेतृत्व तथा सरकार गठन हुने विघटन हुने जस्ता विषय...
छत्रकोट गाउँपालिका गुल्मीमा तिज गित प्रतियोगिता सम्पन्न

छत्रकोट गाउँपालिका गुल्मीमा तिज गित प्रतियोगिता सम्पन्न

ताजा अपडेट, मनोरञ्जन, लेख रचना, समाचार, समाज, स्थानीय
कालिदास आत्रेय भदौ २९ हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अबसर पारेर गुल्मीको छत्रकोट गाउँपालिकामा तिज गित प्रतियोगिता सम्पन्न भएको छ। छत्रकोट गाउँपालिकाको आयोजनामा श्रीङ्गा जनता मा बि को प्राङ्गणमा सम्पन्न प्रतियोगितामा छत्रकोट गाउँपालिका भित्रका विभिन्न महिला समुहहरु र विद्यालयहरु गरि १२ वटा समुहको सहभागिता रहेको थियो।जसमा आदर्श मा वि दिगाम प्रथम, सरस्वती मा वि चोएगा द्वितीय, हरियाली आमा समुह पल्लिकोट तृतीय र श्रीङ्गा जनता मा वि सान्त्वना भएका छन। छत्रकोट गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डे,प्रमुख प्रशाशकिय अधिकृत वीर बहदुर पुन, जिल्ला समन्वय समिति सदस्य महेश्वर भण्डारी , वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतको आतिथ्यता रहेको थियोे । कार्यपालिका सदस्य साबित्रा बि क को स्वागत मन्तव्य ...
आत्महत्याको संख्या बढि हुनेमा लुम्विनी प्रदेश तेस्रो

आत्महत्याको संख्या बढि हुनेमा लुम्विनी प्रदेश तेस्रो

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, फिचर, लेख रचना, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
गुल्मी । आत्माहत्याका संख्या बढि हुने तीन प्रदेश मध्ये एक लुम्विनी प्रदेश पनि परेको सरकारी तथ्याङकले देखाएको छ । सबै भन्दा बढि आत्माहत्या हुने कोशी प्रदेश पहिलो , गण्डकी प्रदेश दोस्रो र लुम्विनी प्रदेश तेस्रो रहेको तथ्याङकले देखाएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीले सार्वाजानिक गरेको तथ्याङक अनुसार लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा बढि आत्माहत्या हुने जिल्ला पाल्पा रहेको छ । जनसंख्याको आधारमा अर्घाखाँची दोस्रो र गुल्मी तेस्रो जिल्ला देखिएको छ । यस प्रदेशमा सबै भन्दा कम आत्माहत्या हुने जिल्ला नवलपरासी परेको छ । विश्व आत्माहत्या दिवसको अवसरमा जिल्ला समन्व्य समिति गुल्मीको समन्व्यमा जिल्ला प्रहरी कार्यालय र गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र तम्घासले आयोजना गरेको आत्माहत्या न्युनिकरण कार्ययोजना कार्यन्वयन २०८०/०८१ पेश गर्दै जिल्ला प्रहरी प्रमुख एसपी नविनकिशोर प्रधानले बताए...
आँखा पाक्ने रोगबाट यसरी  बच्न सकिन्छ ?

आँखा पाक्ने रोगबाट यसरी बच्न सकिन्छ ?

जीवनशैली, ताजा अपडेट, माैसम, लेख रचना, विविध, समाचार, समाज
१८ साउन, काठमाडौं । केही दिनयता देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग फैलिरहेको छ । चिकित्सकीय भाषामा आँखा पाक्ने रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ ।‘हरेक बर्खायाममा पानी परेर रोकिएपछि आँखा पाक्ने समस्या देखिन्छ । तर, यसवर्ष भने धेरै ठाउँमा प्रकोपको रुपमा समस्या देखिएको तिलगंगा आँखा प्रतिष्ठानका आँखा रोग विशेषज्ञ डा. सुशान्त अडिगाले जानकारी दिए । उनका अनुसार आँखा पाक्ने समस्या लिएर तिलगंगामा दैनिक ७०–८० जना आइरहेका छन् । प्रतिष्ठानका आँखा रोग विशेषज्ञ डा. कौशल पोखरेलका अनुसार कन्जन्टिभाइटिस रोगले आँखाको झिल्लीजस्तो तहमा असर गर्छ । यसका कारण भने धेरै छ, तीमध्ये प्रमुख कारण हो इन्फेक्सन । ‘इन्फेक्सनले आँखामा सूक्ष्म जीवाणुलाई असर गर्ने गर्छ’, डा. पोखरेल भन्छन्, ‘त्यसबाहेक पनि आँखामा एलर्जी, धुलोधुवाँको असर, रासायनिक पदार्थहरु आँखामा पर्‍यो भने पनि आँखा पाक्ने समस्या हु...
आज विश्व कविता दिवस

आज विश्व कविता दिवस

Breaking news 2, ताजा अपडेट, लेख रचना, विविध
साहित्यिक कार्यक्रमको आयोजना गरी आज विश्व कविता दिवस मनाइँदैछ । दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य÷काव्य) विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको प्रतिष्ठानका सञ्चार तथा डायस्पोरा संयोजक शशी लुमुम्बुले जानकारी दिनुभयो । सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले हरेक मार्च २१ तारिखलाई विश्व कविता दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । चार हजार वर्षअघि बेबिलोनमा पहिलो कविता रचना भएको मानिन्छ । ...
पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष’ नामक पुस्तकको  परिचर्चा

पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष’ नामक पुस्तकको  परिचर्चा

गित संगित, लेख रचना, समाज, स्थानीय
तिलोत्तमा ।नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष’ नामक पुस्तकको  परिचर्चा गरिएको छ ।   पुस्तकमा ३० वर्षमा २८ सरकार गठन र विघटनसम्बन्धी प्रमुख राजनीतिक घटनाको नालीबेली समेटिएको छ । यसबीचमा सरकार बदल्नमै नेताको चासो देखिए पनि राष्ट्रहित र जनताको पक्षमा काम गर्छौँ भन्ने कसैमा पनि सोच नभएका कारण सबैजसो सरकार टिक्न नसकेको विषयमा पुस्तक केन्द्रित छ । ०४६ को राजनीतिक परिवर्तनदेखि ०७४ को निर्वाचनबाट बनेका सरकार, राजनीतिक दाउपेच र सत्तासंघर्षमा केन्द्रित रहेको विषयवस्तु कृतिमा समेटिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी, विभिन्न राजनीतिक दलका नेता, विश्लेषक, विभिन्न क्षेत्रका व्यक्तिहरु, सञ्चारकर्मीलगायतको सहभागितामा पुस्तकको परिचर्चा गरिएको कार्यक्रममा  लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पुस्तकले सत्ता केन्द्रित राजनीतिलाई...