महकाे महत्व: मौरीपालक व्यवसाय प्रवर्धनमा सरकारको सहयोग


श्रीराम ज्ञवाली, बुटवल

स्वास्थ्यका हिसाबले महलाई राम्रो मानिन्छ। त्यसैले क्रमश मौरीपालक बढ्दै गएका छन्। मह उत्पादन पनि बढ्दै गएको छ। लुम्बिनी प्रदेशमा पनि महको उत्पादन बढेको छ। तथापि मूल्य, गुणस्तर ,अस्वस्थ प्रतिस्पर्धा ,महको महत्वको बारेमा जानकारीको कमीजस्ता कारण अर्गानिक मह बिक्री हुन सकेको छैन।

अहिले मह अन्य देशमा निर्यात नभएको साथै उत्पादक बढ्दै गएको र महको महत्वको बारेमा जानकारी कम भएका कारणले अर्गानिक मह उत्पादन अनुसार बिक्री हुन नसकेको हो। नेपालको हावापानी अनुसार ५ प्रजातिका मौरी पालन गर्न सकिन्छ। विशेषगरी लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाहरुमा पहाडी जिल्लाहरुमा पुरानो प्रविधिबाट पालन गरिने सेराना जातको मौरी पालन गरिएको छ भने तराई लगायतका जिल्लाहरूमा मेलिफेरा प्रजातिको मौरी पालन गरिएको छ। मेलिफेरालाई उन्नत जातको मौरी मानिन्छ।लुम्बिनी प्रदेशमा मुख्यत यी २ जाति मौरीको पालन गरिएको छ।

विभिन्न वनस्पति र फूलहरूमा पाइने पुष्परस तथा गुलियो पदार्थलाई मौरीले संकलन तथा प्रशोधन गरी चाकामा भण्डार गरेको सुगन्धित गुलियो चिपचिपे अर्ध तरल पदार्थ मोह हो। मह जम्नु नजम्न्नु यसको रङ्ग ,स्वाद,वासना आदि पुष्प रसको स्रोत मौरीको जात तथा मौसममा भर पर्छ। मह जम्दैमा अशुद्ध हुँदैन। १ किलो मह बराबर १२ किलो स्याउ, ७ किलो सुन्तला ,८ किलो आरु ,१ दशमलव ८६ किलोग्राम मासु ,२ किलो माछा ,६५ बाट अण्डा ,७ दशमलव ४ किलो दूध ,२० किलो गाजर, १८ किलो मोटर बराबरको हुन्छ। मह धार्मिक रूपमा पञ्चामृतका पाँच तत्त्वमध्यको एक तत्त्व हो। जन्मेदेखि मृत्यु पर्यन्त सबै कर्मकाण्डमा महको आवश्यकता पर्छ। शक्तिवर्धक खाद्यवस्तु हो। मह सेवन गर्नासाथ रगतमा मिल्ने हुनाले तुरुन्तशक्ति प्रदान गर्दछ, रक्त अल्पताका लागि मह सेवन आवश्यक हुन्छ। खेलाडी वा कडा परिश्रम गर्नेहरूलाई मह सेवनबाट राहत मिल्छ। मानसिक तनावले टाउको दुख्नेहरुका लागि सेवन आवश्यक छ। औषधिको रुपमा पनि प्रयोगहुन्छ प्रतिजैविकी गुण भएको पित्त ,कफ आदिमा फाइदाजनक हुन्छ। बच्चाहरूको रुगा खोकीका लागि उत्तम छ। शरीरमा घाउचोट लागेमा पोलेको घाउमा महले सफा गर्दा छिटो निको हुन्छ। महिलालाई महिनामारीको समयमा पेट दुख्ने समस्यामा निको पार्न काम लाग्छ। सौन्दर्य प्रसाधनको रुपमा पनि यसको विशेष महत्व छ। अनुहारमा आउने चायाँ ,पोतो ,दागमा मह र दुध बराबर मिलाएर लगाउँदा मुलायम बनाउँछ। महबाट बनेको साबुन, स्याम्पु ,क्रिम आदिको प्रयोगबाट छाला, कपाल चम्किलो र नरम हुन्छ। महलाई एन्टीबायोटिक र औषधिको रुपमा प्रयोग हुन्छ। यसलाई पौष्टिक आहार मानिन्छ ।पुरानो घाउ, खटिरा दाजको ड्रेसिङका लागि पनि प्रयोग गरिन्छ।

नेपाल मौरीपालक महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष रामहरी शर्माले लुम्बिनी प्रदेशमा अनुज्ञापत्र लिई सञ्चालन गरिरहेका मौरीपालक कृषकलाई रुपन्देहीको बुटवल बिक्री केन्द्रमा रहेको मह बिक्री केन्द्रले खरिद गरी सहजीकरण गरिरहेको बताए। उनले महासंघले नेपाल सरकार र अन्य सहयोगी संस्था र व्यक्तिहरूसँगको समन्वयमा नयाँ प्रविधि र मूल्य श्रृंखला दृष्टिकोणको विकास गरी मौरीपालकहरूलाई प्रवर्धन गरीरहेको बताए। महासंघले मौरीपालकको उत्पादन वृद्धि राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न र आर्थिक स्तर माथि उठाउन पहल गरेको छ। अहिले उत्पादन भएको तोरीको मह ६सय प्रति किलो र रुँदिलो र चिउरीको मह ८सय प्रति किलो बिक्री गरिएको छ।

कृषि विकास निर्देशनालय लुम्बिनी प्रदेशका वरिष्ठ बाली संरक्षण अधिकृत मिलन गैरेले लुम्बिनी प्रदेशमा मौरीपालकहरुका लागि बिक्रीमा समस्या नहोस् र उपभोक्ताले गुणस्तरीय र सुपथ मूल्यमा मह प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले मौरीपालक महासंघ मार्फत सञ्चालन बिक्री केन्द्रको लागि भाडामा ५० प्रतिशत अनुदान दिएको बताए। उनले निर्देशनालय अन्तर्गतका जिल्ला शाखाहरू मार्फत प्रशिक्षण, प्राविधिक ज्ञान ,चरणक्षेत्र विस्तार लगायतका सेवाहरू प्रदान गरिरहेको बताए। उनले उपभोक्ताले चाहेर पनि गुणस्तरीय मोह नपाएको अत्याधिक मूल्य तिर्नुपरेको जनगुनासो पनि कम हुने अपेक्षा गरेको बताए। निर्देशनालयले जिल्ला प्रशासन कार्यालय मार्फत संघमा माैरिपालक प्रवर्धनको माग गरेको बताए ।

लुम्बिनी प्रदेशमा रहेका ६सय १५ जना कृषकका मेलिफेरा गोला २५ हजार ६सय २४ र सेरानातर्फ ३हजार४सय ५० गोला रहेको र यसले प्रत्यक्ष तर्फ ६सय१५ जना र अप्रत्यक्ष करिब ३ हजार जनालाई राेजगार दिएकाे छ। लुम्बिनी प्रदेशमा मात्र २५ करोड ६२ लाख ४० हजार रुपैयाँ बराबरको रकम कृषकबाट मौरी र मौरी घारमा लगानी भएको देखिन्छ । भने मेसिन औजारतर्फ करिब १० करोड लगानी भएको देखिन्छ । यसैगरी मह उत्पादन तर्फबाट वार्षिक रुपमा ३८ करोड ४३ लाख ६० हजार रुपैयाँ कृषकहरुले आम्दानी गरेको देखिन्छ ।लुम्बिनी प्रदेश अन्तर्गत दाङमा मात्र ५० प्रतिशत मह उत्पादन हुन्छ ।

छुटाउनुभयो कि ?

रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण

रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभ...
नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा

नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा

काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभामा दिएको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्ति विवादमा तानिएको छ । लिम्...
गुल्मेली सम्पर्क समाज रुपन्देहीको स्थापना दिवसमा बृहत रक्तदान तथा सम्मान

गुल्मेली सम्पर्क समाज रुपन्देहीको स्थापना दिवसमा बृहत रक्तदान तथा सम्मान

रुपन्देहीगुल्मेली सम्पर्क समाज रुपन्देहीले २३ औं स्थापना दिवस बृहत रक्तदान सहित विभिन्न कार्यक्रम गरि मनाएको छ । रक्तदान क...
पश्चिम नेपालमा वर्षा र हुरीको सम्भावना

पश्चिम नेपालमा वर्षा र हुरीको सम्भावना

१७ जेठ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भूभागमा बदली, वर्षा तथा हुरी चल्...