
श्रीराम ज्ञवाली
सुविधाका हिसाबले शहर बजार केन्द्रित बसाइ बढ्दो छ। हुन त अहिले सडक, पानी ,विद्युत ,विद्यालय ,स्वास्थ्य केन्द्र ,सामान्य रोजगार गाउँ गाउँमा पुगेको छ। हरेक क्षेत्रमा संभावनाका कृषि ,पर्यटन ,औद्योगिक ग्राम, पशुपालन जस्ता कुराहरुलाई पनि प्राथमिकता राखी क्रमश: अगाडि बढेको अवस्था छ। मानिसहरू सुविधा सम्पन्न शहर बजारमा बस्न रुचाउनु स्वभाविक हो।
शहर बजार केन्द्रित बसाई बढ्दै जाँदा यसलाई शुव्यवस्थित बनाउनु उत्तिकै महत्त्वपूर्ण हुन्छ। शहर बजारको संरचना निर्माण गर्ने क्रममा सडक ,खानेपानी ,ढल निकास ,सहज सार्वजनिक यातायात ,बस्तीहरू ,व्यावसायिक भवनहरू ,पार्किङ स्थलहरू ,सार्वजनिक स्थलहरू जहाँ कार्यक्रमहरू ,खेलकुदहरु ,व्यायाम गर्ने स्थलहरू ,विभिन्न पिकनिक स्पाेर्ट लागि पर्याप्त स्थान हुनु आवश्यक छ।
दीर्घकालीन योजनाअनुरूप गर्ने हो भने खेतीयोग्य ,अन्य सम्भावनाहरू रहेको स्थानहरू छाडेर बस्तीहरू बसाउने व्यवस्था हुनुपर्ने हो। हाम्रो नेपालको सन्दर्भमा त्यो भएको देखिँदैन र भएका शहर बजारहरु पनि पर्याप्त सार्वजनिक स्थलहरूको कमी देखिन्छ ।सडक ,खानेपानी, ढल निकास , सार्वजनिक यातायात जस्ता आवश्यक पूर्वाधारहरू बिना बस्ती बढ्दै गएर अव्यवस्थित शहरीकरण बढ्दा समस्या उत्पन्न हुन्छ। बढ्दो शहरीकरणका लागि यी विषयहरू मध्यनजर गर्नु अति आवश्यक छ ।
पछि शहरीकरण बढ्दै जाँदा र व्यवस्थित बनाउन नसक्दा बनिसकेका संरचनाहरू भत्काउनुपर्ने ,धनसम्पत्तिको क्षति हुने ,बासिन्दालाई सहमतिमा ल्याउन नसक्दा द्वन्द सिर्जना हुने वातावरण सिर्जना हुनु राम्रो होइन। यसका लागि पहिले नै शहर बजारको योजना नक्साङ्कन गरी अगाडि बढ्नुपर्छ। बनिसकेका शहरहरूलाई पनि आगामी समयमा यस्ता प्रकारका समस्या नदोहोरिने गरी व्यवस्थित गर्नुपर्छ।
व्यवस्थित शहरी विकासका लागि विभिन्न समयमा शहरी नीति बने,राष्ट्रिय शहरीनीति २०८१ बनिसक्दा पनि अव्यवस्थित शहर हुनु राम्रो होइन यसलाई समयमै व्यवस्थित गर्नु अति आवश्यक छ।