व्यवस्थित शहर निर्माण आवश्यक


श्रीराम ज्ञवाली

सुविधाका हिसाबले शहर बजार केन्द्रित बसाइ बढ्दो छ। हुन त अहिले सडक, पानी ,विद्युत ,विद्यालय ,स्वास्थ्य केन्द्र ,सामान्य रोजगार गाउँ गाउँमा पुगेको छ। हरेक क्षेत्रमा संभावनाका कृषि ,पर्यटन ,औद्योगिक ग्राम, पशुपालन जस्ता कुराहरुलाई पनि प्राथमिकता राखी क्रमश: अगाडि बढेको अवस्था छ। मानिसहरू सुविधा सम्पन्न शहर बजारमा बस्न रुचाउनु स्वभाविक हो।

शहर बजार केन्द्रित बसाई बढ्दै जाँदा यसलाई शुव्यवस्थित बनाउनु उत्तिकै महत्त्वपूर्ण हुन्छ। शहर बजारको संरचना निर्माण गर्ने क्रममा सडक ,खानेपानी ,ढल निकास ,सहज सार्वजनिक यातायात ,बस्तीहरू ,व्यावसायिक भवनहरू ,पार्किङ स्थलहरू ,सार्वजनिक स्थलहरू जहाँ कार्यक्रमहरू ,खेलकुदहरु ,व्यायाम गर्ने स्थलहरू ,विभिन्न पिकनिक स्पाेर्ट लागि पर्याप्त स्थान हुनु आवश्यक छ।

दीर्घकालीन योजनाअनुरूप गर्ने हो भने खेतीयोग्य ,अन्य सम्भावनाहरू रहेको स्थानहरू छाडेर बस्तीहरू बसाउने व्यवस्था हुनुपर्ने हो। हाम्रो नेपालको सन्दर्भमा त्यो भएको देखिँदैन र भएका शहर बजारहरु पनि पर्याप्त सार्वजनिक स्थलहरूको कमी देखिन्छ ।सडक ,खानेपानी, ढल निकास , सार्वजनिक यातायात जस्ता आवश्यक पूर्वाधारहरू बिना बस्ती बढ्दै गएर अव्यवस्थित शहरीकरण बढ्दा समस्या उत्पन्न हुन्छ। बढ्दो शहरीकरणका लागि यी विषयहरू मध्यनजर गर्नु अति आवश्यक छ ।

पछि शहरीकरण बढ्दै जाँदा र व्यवस्थित बनाउन नसक्दा बनिसकेका संरचनाहरू भत्काउनुपर्ने ,धनसम्पत्तिको क्षति हुने ,बासिन्दालाई सहमतिमा ल्याउन नसक्दा द्वन्द सिर्जना हुने वातावरण सिर्जना हुनु राम्रो होइन। यसका लागि पहिले नै शहर बजारको योजना नक्साङ्कन गरी अगाडि बढ्नुपर्छ। बनिसकेका शहरहरूलाई पनि आगामी समयमा यस्ता प्रकारका समस्या नदोहोरिने गरी व्यवस्थित गर्नुपर्छ।

व्यवस्थित शहरी विकासका लागि विभिन्न समयमा शहरी नीति बने,राष्ट्रिय शहरीनीति २०८१ बनिसक्दा पनि अव्यवस्थित शहर हुनु राम्रो होइन यसलाई समयमै व्यवस्थित गर्नु अति आवश्यक छ।

छुटाउनुभयो कि ?

आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले बनायो सचिव नेतृत्वको टोली

आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले बनायो सचिव नेतृत्वको टोली

काठमाडौंसरकारले मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले वार्ता टोली बनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रध...
मानसिक स्वास्थ्य र समाधान

मानसिक स्वास्थ्य र समाधान

श्रीराम ज्ञवालीमानिसको जीवनमा शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण मानसिक स्वास्थ्य पनि हो। सामान्य भाषामा बुझ्दा, मनोरोग वा ...
विश्वकप फुटबल: अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

विश्वकप फुटबल: अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौँअर्जेन्टिनाले अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै इङ्ग्ल्यान्डमाथि २-१ को रोमाञ्चक जित निकाल्दै विश्वकप फुटबलको फाइनलमा...
मौसम पूर्वानुमान: लुम्बिनी सहित ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान: लुम्बिनी सहित ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर...