गुल्मी र गुल्मेलीको पहिचान


श्रीराम ज्ञवाली, गुल्मी

नेपालको मध्यपश्चिम भागमा पर्ने लुम्बिनी प्रदेशका १२ जिल्ला मध्येको हरेक हिसाबले अग्रभागमा आउने पहाडी जिल्ला हो गुल्मी। तत्कालीन ७९ गाविसलाई संघीयता पश्चात परिमार्जन गरी १२ स्थानीय तहमा व्यवस्थित गरिएको छ। जिल्लामा दुई रेसुङ्गा र मुसिकोट नगरपालिका रहेका छन् भने अन्य १० गाउँपालिकाहरूमा रुरुक्षेत्र गाउँपालिका ,छत्रकोट गाउँपालिका, गुल्मीदरबार गाउँपालिका ,कालीगण्डकी गाउँपालिका ,चन्द्रकोट गाउँपालिका ,सत्यवती गाउँपालिका ,मालिका गाउँपालिका ,धुर्कोट गाउँपालिका ,मदाने गाउँपालिका र इस्मा गाउँपालिका रहेका छन्।

जिल्ला सदरमुकाम रेसुङ्गा नगरपालिकाको तम्घासमा अवस्थित छ। प्रत्येक पालिकाका आआफ्नै विशेषता र पालिकावासीको आफ्नै पहिचानबाट सिंगो गुल्मी जिल्लाको गरिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रख्यात छ। जिल्ला र जिल्लावासीका धेरै पहिचान छन्। सबै पहिचानहरू १ हजार शब्दमा नसमेटिन सक्छ। सक्दो प्रयास गरिएको छ। ऐतिहासिक पहिचान बोकेको प्राकृतिक सम्पदा ,धार्मिक तथा पर्यटकीय हिसाबले सौन्दर्य रेसुङ्गा तपोभूमि गुल्मीको प्रमुख पहिचान हो। परापूर्व कालदेखि ऋषि महर्षीहरुले तपस्या गरी मोक्ष( ज्ञान )प्राप्त गरिएको स्थान हो।

रेसुङ्गा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका राष्ट्र प्रमुखदेखि विद्वान ,आम नागरिकहरु पुग्ने गरेको इतिहास छ। ऋषि महर्षिहरुले ज्ञान प्राप्त गरेको र अलौकिक शक्ति रहेको जनविश्वास रहेको छ। पूर्वकालमा बनेका मन्दिर ,पोखरी, भ्युटावर आदिले यसको महत्त्व बढाएको छ। भूगोलका हिसाबले रेसुङ्गा क्षेत्रलाई कुनै स्थानीय निकायमा समावेश नगरी प्राकृतिक सम्पदा सूचीमा राखेर स्थानीय तह, प्रदेश र सङ्घ तिनै तहको स्वामित्व हुनेगरी संरक्षण गरिएको छ। हावापानीका हिसाबले पनि अत्यन्तै अनुकूल रहेको छ। साेही तपोभूमिको नामबाट रेसुङ्गा नगरपालिकाको नामाकरण गरिएको हो।

यसैगरी दोस्रो महत्वपूर्ण ऐतिहासिक ,धार्मिक सम्पदा गुल्मी पाल्पा र स्याङ्जा तिन जिल्लाको संगमस्थलमा रहेको रुरुक्षेत्र घाम परापूर्वकालदेखि मृगेनीले दूध पिलाएर कन्याको पोषण गरेको आधारमा रुरुकन्याको नामबाट यसलाई नामाकरण गरिएको हो। उक्त सम्पदाको नामबाट गाउँपालिकाको नाम रुरुक्षेत्र गाउँपालिका नामाकरण गरिएको हो। रुरुक्षेत्र कालीगण्डकीको संगमस्थल पनि हो। भने पाल्पाको ऋषिकेश मन्दिर समेत समेटेर बहुआयामिक पहिचान महत्व बोकेको रुरु क्षेत्रको विशेष महत्व छ। रुरुक्षेत्रमा माघे संक्रान्ति, एकादशी लगायतका विशेष पर्वहरुमा मेला लाग्ने गर्छ। कालीगण्डकी स्नान गर्न धार्मिक र मनोरम हिसाबले गुल्मी, पाल्पा,स्याङ्जा ,अर्घाखाँची लगायत देशका अन्य भाग र विदेशी नागरिकहरू पनि आउने गरेको पाइन्छ। रुरुक्षेत्र ऋषिकेश मन्दिर र कालीगण्डकीमा पूजाआराधना र स्नान गरेमा मोक्ष प्राप्त हुने विश्वास रहेको छ उक्त पालिकामा पर्ने श्रीङ्गेश्वर धामको पनि ऐतिहासिक र धार्मिक हिसाबले ठूलो महत्व रहेको छ।

छत्रकोट देवालय मन्दिरको धार्मिक र ऐतिहासिक महत्त्व रहेको छ। जसमा दशैंको पूर्णिमामा विशेष मेला लाग्ने गर्छ। देवालयको पूजा आराधनाबाट असत्यमाथि सत्यको विजय हुने विश्वास गरिन्छ। साेही मन्दिरको नामबाट गाउँपालिकाको नाम छत्रकोट गाउँपालिका राखिएको छ। पूर्वकालमा बाइसे -चौबीसे राज्य हुँदा गुल्मीको दरबार गाउँपालिकामा पर्ने गुल्मी दरबार बसेर राजाले शासन गरेको इतिहासमा पढ्न र सुन्न पाइन्छ। सोही दरबारको नामबाट गुल्मी दरबार गाउँपालिका नामाकरण गरिएको छ। धुर्कोट वस्तु पनि बाइसे- चौबीसे राज्य रहेको समयमा राजाहरूले दरबार बनाएर शासन गरेको भनाइ रहेको छ। धुर्कोट वस्तु दरबारको आधारमा धुर्कोट गाउँपालिका नामाकरण गरिएको छ। गुल्मीलाई शोभायमान बनाउने नदी कालीगण्डकी ,बडिघाट दुई ठूला नदीहरू रहेका छन् ।कालीगण्डकीमा स्नान गरेमा र दाह संस्कार गरेमा मोक्ष प्राप्त हुने पाप नाश हुने मान्यता रहेको छ । नदीको नामबाट कालीगण्डकी गाउँपालिका नामाकरण गरिएको छ। चौबीसे राज्य मध्येको इस्मा राज्य एक रहेको थियो। सोही राज्यको नामबाट इस्मा गाउँपालिका नामाकरण गरिएको छ। मालिका मन्दिर धार्मिक आस्थाका हिसाबले ठूलो महत्व रहेको छ। उक्त मन्दिरको नामबाट पालिकाको नाम मालिका गाउँपालिका राखिएको छ। हावापानी भूबनोटका हिसाबले उक्त पालिका अति सुन्दर छ। मानिसले बोलेर कामना गरेको कुरा पूरा हुने आस्था रहेको बुढी सत्यवती मन्दिर रहेको गुल्मी जिल्ला र सोही मन्दिरको नामबाट सत्यवती गाउँपालिका नामाकरण गरिएको छ। प्रर्शिद्ध चन्द्रकोट मन्दिरको नामबाट चन्द्रकोट गाउँपालिका नामाकरण गरिएको छ। यसपालिकामा चक्रेश्वर लगायत अन्य महत्वपूर्ण धार्मिक स्थलहरू रहेका छन्। मुसिकोट ऐतिहासिक स्थल हो। सोही ऐतिहासिक स्थलको नामबाट पालिकाको नाम मुसिकोट नगरपालिका राखिएको छ ।गुल्मीमा पर्ने दुई नगरपालिकामध्ये मुसिकोट नगरपालिका एक हो।

ऐतिहासिक सम्पदा र धार्मिक स्थलबाट नामाकरण गरिएको गुल्मीका १२ पालिकामा कृषि ,पशुपालन ,पर्यटन ,धार्मिक महत्त्व ,ऐतिहासिक ,हावापानी, राजनीतिक पृष्ठभूमि नेतृत्व र सरकारी सेवाका सर्वोच्च तहमा पुगेका सफल व्यक्तिहरूको कारण पनि गुल्मीको पहिचान ओझिलो रहेको छ ।

राजनीतिक परिवर्तनका लागि योगदान गरेका स्वर्गीय जीवराज आश्रित सिद्धिनाथ ज्ञवाली लगायतका व्यक्तिहरू र अहिले नेतृत्व गरिरहेका प्रदिप ज्ञवाली ,गोकर्ण बिष्ट ,चन्द्र भण्डारी ,राधा ज्ञवाली ,लीला गिरी ,सुदर्शन बराल लगायतका ओजिलो राजनीति गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रभुत्व जमाइसकेका राजनीतिज्ञहरूको जिल्ला हो। सरकारी निकायमा उच्च पदमा पुगेका पूर्व मुख्य सचिव लिलामणि पौडेल लगायत सचिव तहमा र निजामतीमा धेरै व्यक्तिहरू जन्माउने जिल्ला गुल्मी हो।

विकासका हिसाबले पनि उत्कृष्ट विद्यालय तथा क्याम्पसहरू, स्वास्थ्यका हिसाबले हरेक पालिकामा प्राथमिक स्वास्थ्य केन्द्र ,सडकको पहुँच प्रत्येक टोलटोलमा पुगेको ,विद्युत सेवा गाउँ गाउँमा पुगेको छ ।सँगै नेपालको सबैभन्दा ठूलो १४४ मेगावाट कालीगण्डकी ए जलविद्युत परियोजना यसै जिल्ला भएर बग्ने कालीगण्डकी र आंधिखोला नदीको संगमस्थल मिर्मिबाट उत्पादन गरिएको छ।

सडक सञ्जाल प्रमुख राजमार्गहरू मदन भण्डारी लोकमार्ग, कालीगण्डकी करिडोर लगायतका ठूला र साना सडक सञ्जालले जिल्लाका प्रत्येक गाउँमा सडक पुगेको छ। खानेपानी ,सिंचाईकोपहुँच मूलको पानी वितरण अथवा लिफ्टिङ प्रणालीद्वारा गाउँ गाउँमा पुगेको छ। कृषिमा तरकारी, सुन्तला ,कफी, मह ,किबी ,धान ,मकै ,गहुँ ,आलु ,उखु ,कोदोजन्य बालीहरू अदुवा ,बेसारलगायतका कृषि उपजमा प्रशस्त सम्भावना रहेका छन्। पशुपालनमा बाख्रा ,गाईभैंसी ,कुखुरा ,बंगुर ,माछा लगायतका पशुजन्य कृषिका लागि प्रशस्त सम्भावनाहरु छन्। गुल्मी जिल्लाले पाल्पा- स्याङ्जा -अर्घाखांची -बाग्लुङ -पर्वत -प्युठान छ६ जिल्लालाई छोएको छ । कुल ११४९ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको छ। कुल जनसङ्ख्या २लाख ४६ हजार ४सय ९४ रहेको छ ,जसमा १ लाख १२हजार २५ पुरुष र १ लाख ३४ हजार ४सय ६९ महिला रहेका छन्। यस जिल्लामा ब्राह्मण, क्षेत्री ,मगर, कामी, सार्की ,दमाई ,कुमाल ,नेवार ,सन्यासी, ठकुरी र अन्य करिब ६ प्रतिशत रहेका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र २ र प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र ४ रहेका छन्। हरेक हिसाबले विकसित बन्दै गएको गुल्मी जिल्लामा बसाईसराई गरेर अन्यत्र जाने र विदेश जानेको संख्या दिनप्रतिदिन बढिराखेको छ ।

यो जिल्लाको प्रमुख चुनौतीको विषय बनेको छ। यसलाई नियन्त्रण गर्न पर्याप्त आयमूलक ,रोजगारमूलक जिल्लामा रहेका हरेक उद्यमी ,व्यवसायी ,कृषक ,जागिरे सबै क्षेत्रलाई प्रोत्साहन गरी पालिकास्तरमा भएका प्रमुख सम्भावनाहरूलाई पकेट क्षेत्र घोषणा गरी व्यावसायिकता ,सेवा -सुविधा लगायतका आयमूलक क्षेत्रमा पहुँच पुर्याई समाधान गर्न अति आवश्यक देखिन्छ ।

छुटाउनुभयो कि ?

अवैध सामान बोक्ने ट्रक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा

अवैध सामान बोक्ने ट्रक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा

बुटवल जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चोरी तस्करी नियन्त्रण गर्न सबै प्रहरी युनिटहरूलाई सक्रिय बनाएको छ । खुल्ला सिमाना...
प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची

काठमाडौँ आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बस्दै छ । आजको बैठकमा सङ्घीय निजामती सेवा विध...
यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना

यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना

काठमाडौँ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (असार ३, मंगलबार) कुन-कुन प्रदेशमा कत्रो वर्षाको सम्भा...
लुम्बिनी प्रदेशको बजेट २०८२\८३, समृद्धिको सम्भावना बोकेको दस्तावेज

लुम्बिनी प्रदेशको बजेट २०८२\८३, समृद्धिको सम्भावना बोकेको दस्तावेज

लुम्बिनी प्रदेशको बजेट २०८२\८३: समृद्धिको सम्भावना बोकेको दस्तावेजदाङ लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८२\८३ को...