संकटमा रैथाने पेशा-व्यवसाय


श्रीराम ज्ञवाली ,बुटवल

रूपन्देहीको बुटवल राजमार्ग चौराह बस बिसाैने नजिकै राजमार्गको छेउमा ढुंगा कुंदिरहेका एकजना कालीगढ देखिए। उमेरले ६० वर्षका उनी ढुङ्गा कुंदेर सिलौटा ,जांतो ,ओखल जस्ता उपभोग्य सामग्री बनाउँदै थिए। आफ्नो नाम राजेन्द्र प्रसाद पत्थरकट्टा बताउने हुने तराईबासी रहेछन् । हाल उनी पाल्पाको तिनाउ गाउँपालिका झुम्सामा राजेन्द्र सिलौटाे सेन्टर नामक पसल राखी उक्त पेशा गर्दा रहे रहेछन्।

उक्त स्थानमा व्यवसाय राम्रोसँग नचलेका कारण बिक्री हुन्छ भन्ने मनसायले बुटवलको राजमार्गमा बसेर बिक्री गर्दै रहेछन् । हतौडा र फलामको किला लिएर ढुङ्गा कुद्दै गरेका उनीसामाग्री तयार गर्ने र बिक्री पनि गर्ने उद्देश्यले बसेका रहेछन् । आफू ,श्रीमती ,छोरा -बुहारीहरु र नातिनातिनाको १० जनाको परिवार रहेका उनी आफ्ना पुर्खाहरुले गर्दै आएको उक्त पेशा व्यवसाय जान्ने बुझ्ने भएदेखि उनी सिकेको हुनाले र परिवार चलेको कारण आफूले पनि सही पेशा अगालेका रहेछन्। आफ्नो बिक्री केन्द्रबाट बिक्री नभएको र केही बिक्री हुन्छ कि भनेर सहरको राजमार्ग छेउमा बसेका उनले कहिले १ वटा त कहिले बिक्री नै नभएको दुखेसो पोखे ।

आफुले जानेको र उत्पादन गर्न सक्ने सिलौटो, ओखल जांतो बिक्री नभएर चिन्तित रहेको दुखेसो उनको छ। हिजोका दिनहरूमा १० जनाको परिवार राम्रोसँग पालनपोषण ,शिक्षादिक्षा दिएका उनी क्रमश: व्यवसाय कम हुँदै जाँदा चिन्तित देखिए। तिनाउको झुम्सामा आफूलाई आवश्यक पर्ने बलिया उक्त सामग्री निर्माण गर्न सकिने पत्थर ढुङ्गा संकलन गरेर कसैलाई सानोतिनो रोजगार दिएर आफ्नो सिप प्रयोग गरी जीवनयापन गरिरहेका उनी जस्ता धेरै व्यवसायीको अवस्था कमजोर बन्दै गएको छ। उनी एक प्रतिनिधि पात्र मात्र हुन्।

उनी जस्ता रैथाने पेशा ,व्यवसाय गर्ने धेरैको यस प्रकारको समस्या छ। समय अनुसार प्रविधिको विकासले हिजोका दिनहरुमा उनका उत्पादन सिलौटो ,जांतो ,ओखलजस्ता सामग्री प्रयोग गर्ने हरूले मिक्सचर, मेसिनहरूको प्रयोग गर्न थाले तर यी र यस्ता प्रकृतिका रैथाने कामहरू गरेर जीविकोपार्जन गर्नेहरूको अवस्था नाजुक बन्दै गयो । उनै पत्थरकट्टालाई आफूले जानेको पेशा व्यवसाय संकटमा पर्नाले अन्य क्षेत्रमा पेशा ,व्यवसायमा आबद्ध हुन पाए हुन्थ्यो भन्ने लागेको छ । उनी प्रतिनिधि पात्र हुन्।

यस्ता प्रकारका रैथाने पेशा व्यवसायलाई बढ्दो प्रविधिसँगै अन्य पेशा व्यवसायमा संलग्न हुन र गराउन सराेकारवालाले चासो देखाउनु आवश्यक छ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...