संकटमा रैथाने पेशा-व्यवसाय


श्रीराम ज्ञवाली ,बुटवल

रूपन्देहीको बुटवल राजमार्ग चौराह बस बिसाैने नजिकै राजमार्गको छेउमा ढुंगा कुंदिरहेका एकजना कालीगढ देखिए। उमेरले ६० वर्षका उनी ढुङ्गा कुंदेर सिलौटा ,जांतो ,ओखल जस्ता उपभोग्य सामग्री बनाउँदै थिए। आफ्नो नाम राजेन्द्र प्रसाद पत्थरकट्टा बताउने हुने तराईबासी रहेछन् । हाल उनी पाल्पाको तिनाउ गाउँपालिका झुम्सामा राजेन्द्र सिलौटाे सेन्टर नामक पसल राखी उक्त पेशा गर्दा रहे रहेछन्।

उक्त स्थानमा व्यवसाय राम्रोसँग नचलेका कारण बिक्री हुन्छ भन्ने मनसायले बुटवलको राजमार्गमा बसेर बिक्री गर्दै रहेछन् । हतौडा र फलामको किला लिएर ढुङ्गा कुद्दै गरेका उनीसामाग्री तयार गर्ने र बिक्री पनि गर्ने उद्देश्यले बसेका रहेछन् । आफू ,श्रीमती ,छोरा -बुहारीहरु र नातिनातिनाको १० जनाको परिवार रहेका उनी आफ्ना पुर्खाहरुले गर्दै आएको उक्त पेशा व्यवसाय जान्ने बुझ्ने भएदेखि उनी सिकेको हुनाले र परिवार चलेको कारण आफूले पनि सही पेशा अगालेका रहेछन्। आफ्नो बिक्री केन्द्रबाट बिक्री नभएको र केही बिक्री हुन्छ कि भनेर सहरको राजमार्ग छेउमा बसेका उनले कहिले १ वटा त कहिले बिक्री नै नभएको दुखेसो पोखे ।

आफुले जानेको र उत्पादन गर्न सक्ने सिलौटो, ओखल जांतो बिक्री नभएर चिन्तित रहेको दुखेसो उनको छ। हिजोका दिनहरूमा १० जनाको परिवार राम्रोसँग पालनपोषण ,शिक्षादिक्षा दिएका उनी क्रमश: व्यवसाय कम हुँदै जाँदा चिन्तित देखिए। तिनाउको झुम्सामा आफूलाई आवश्यक पर्ने बलिया उक्त सामग्री निर्माण गर्न सकिने पत्थर ढुङ्गा संकलन गरेर कसैलाई सानोतिनो रोजगार दिएर आफ्नो सिप प्रयोग गरी जीवनयापन गरिरहेका उनी जस्ता धेरै व्यवसायीको अवस्था कमजोर बन्दै गएको छ। उनी एक प्रतिनिधि पात्र मात्र हुन्।

उनी जस्ता रैथाने पेशा ,व्यवसाय गर्ने धेरैको यस प्रकारको समस्या छ। समय अनुसार प्रविधिको विकासले हिजोका दिनहरुमा उनका उत्पादन सिलौटो ,जांतो ,ओखलजस्ता सामग्री प्रयोग गर्ने हरूले मिक्सचर, मेसिनहरूको प्रयोग गर्न थाले तर यी र यस्ता प्रकृतिका रैथाने कामहरू गरेर जीविकोपार्जन गर्नेहरूको अवस्था नाजुक बन्दै गयो । उनै पत्थरकट्टालाई आफूले जानेको पेशा व्यवसाय संकटमा पर्नाले अन्य क्षेत्रमा पेशा ,व्यवसायमा आबद्ध हुन पाए हुन्थ्यो भन्ने लागेको छ । उनी प्रतिनिधि पात्र हुन्।

यस्ता प्रकारका रैथाने पेशा व्यवसायलाई बढ्दो प्रविधिसँगै अन्य पेशा व्यवसायमा संलग्न हुन र गराउन सराेकारवालाले चासो देखाउनु आवश्यक छ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...
राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

बुटवलराष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा ...
४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...