विकास के र कसका लागि ?


विश्वको इतिहासमा जुन देशहरू समृद्ध छन् ती देशहरूमा अधिकांश जनता उत्पादनसँग जोडिएका छन् , कृषि ,उद्योग, कलकारखाना ,विज्ञान प्रविधि आदिमा व्यस्त भएर नै ती देशहरु अगाडि बढेका हुन्। ती मुलुकहरुले आफ्नो देशमा कुन उद्यम उपयुक्त छ भनी सतहि रूपबाट अनुसन्धान गरी सोही अनुसारको शिक्षा प्रणाली लागू गरी आत्मनिर्भर हुँदै विदेशमा निर्यात गरी क्रमश समृद्ध बन्दै गएका हुन्। कुनै देशमा खनिज पदार्थ, कुनैमा पेट्रोलियम पदार्थ ,कुनैमा कृषि व्यवसाय, कुनैमा पर्यटन व्यवसाय ,कच्चापदार्थ स्वदेशमा उपलब्ध रहेका कलकारखानाको विस्तार ,कुनै देशले जलस्रोतको उपयोग जस्ता प्रक्रियाबाट ती देशहरू समृद्ध बनेका छन्।

जस्तो चीन अमेरिका युरोपियन देशहरू र अन्य विकसित मुलुकहरू उत्पादनसँग जोडिएर मात्र समृद्ध बनेका छन्। हाम्रो देशमा प्रशस्त जलस्रोत, पर्यटन ,कृषि र खनिज पदार्थ उत्खनन जस्ता प्रशस्त सम्भावनाहरू छन्। तर सोही प्रकृतिका काम गर्न नेपाली नागरिक विदेश गएर गरिरहेका छन् ,यो राम्रो संकेत अवश्य होइन । आफ्नो देशमा सम्भावना नभएका क्षेत्रमा दक्ष नागरिकहरू विदेशिनुलाई नराम्रो मानिँदैन। अनि विश्वका विभिन्न मुलुकका विकासका सीप र ज्ञान हासिल गर्न जानुलाई पनि नराम्रो मानिँदैन।

तर नेपालमा क्रमश गास ,बास र कपास जुटाउन नसकेर नागरिक परदेशिएको अवस्था छ। यो बढ्दो क्रममा छ। साहस जुटाएर स्वदेशमै केही गर्छु भन्नेहरुलाई अस्वस्थ प्रतिस्पर्धा ,ठगी ,घुसपेट ,कमिसन जस्ता विकृतिले निराश बनाएको छ। कानुन हेर्ने हो भने केही संशोधन गर्नुपर्ने देखिएता पनि अधिकांश देश र नागरिकको पक्षमा छन्। तर व्यवहारमा लागु हुन सकेन, जसले झुट बोल्छ ,गर्छ ,जसले ठग्छ ,जसले घुसपेठ , भ्रष्टाचार गर्छ, जसले तिगडम गर्छ,उही रमाउने वातावरण देखिन्छ ,नियम कानुन पनि अवस्था कमजोर भएका नागरिकलाई लागू हुन्छ ।जसको पद ,पावर र पैसा छ उसले गलत गरे पनि विभिन्न बा बहाना देखाई निर्दोष ठहरिन्छन्। भने जो कमजोर छन् उनीहरु निर्दोष भएपनि दोषी ठहर गराइन्छ। यही सुशासनको कमीले पनि ऊर्जावान नागरिकहरू र दैनिक जोहो गर्न हम्मेहम्मे परेका नागरिकहरू परदेशिने क्रम बढेको हाे। अर्कोतर्फ हाम्रो अधिकांश नागरिक चेतना पनि वढाउनु आवस्यक छ। कुन व्यक्तिले कसरी पद ,पावर र पैसा हासिल गरेको छ ,नहेरी दुष्कर्मबाट हासिल गरेको भए तापनि सम्मान गर्ने र अर्को नागरिक रातदिन मेहनत गर्दा पनि पद, पावर र पैसा आर्जन गर्न सकेको छैन उसलाई हेय दृष्टिकोणले हेर्ने संस्कार छ। जसले देश द्वन्दतिर गइरहेको संकेत गर्छ।

झनै महत्वपूर्ण विषय त विकासको के र कसका लागि ?भन्ने दीर्घकालीन योजना अनुरुप नभएको देखिन्छ ।अहिले सडक यातायात ,स्वास्थ्य केन्द्र ,विद्यालय ,पानी ,विद्युत लगायतका आवश्यक पूर्वाधारहरू गाउँ गाउँमा पुगेका छन् तर नागरिक सहर र विदेश हिँडिराखेका छन् ।यो विषयमा गम्भीर हुनु ढिला भइसकेको छ। पूर्वाधार तयार गर्दा नागरिकलाई प्रशिक्षित र विश्वास दिलाएर अगाडि बढ्नुपर्ने थियो।

जस्तो कि हामी ५ वर्षमा यो यो काम गर्छौं, १० वर्षमा यो योजना पूरा गर्छौं ,हाम्रो धारणा यो हो नागरिकहरु यसरी अगाडि बढ्नुपर्छ भनेर आश्वस्त पार्न नसक्नु ठूलो कमजोरी भएको देखिन्छ ।यो कमजोरी सच्याउनु प्रमुख आवश्यकता हो। नागरिक आश्वस्त हुने आधार भएमा विचलित हुँदैनन्, बसाईसराई गर्दैनन्, विदेश पलायन हुँदैनन्। यसका लागि स्थानीय स्रोत साधन र जनशक्तिलाई महत्व दिँदै विकासको गतिमा अगाडि बढ्नुपर्छ।

विकासका सूचकाङ्कहरू राम्रा देखिँदै जाँदा पनि नागरिक सहर केन्द्रित र परदेश पलायन हुनखोजेमा सही अनुसारको नियम कानुन कडाईका साथ लागू गर्नुपर्छ। शिक्षा प्रणाली पनि आत्मनिर्भरताको माटो सुहाउँदो हुनुपर्छ। अन्यथा यही गतिमा गाउँदेखि सहर केन्द्रित र युवा विदेश पलायन बढ्दै जाने हो भने र श्रममा जोडिने घट्दै र बिचौलिया बढ्दै जाने हो भने देश थप संकटमा पर्दछ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...