अर्थदृष्टि अल्पविकासको अर्थ–राजनीतिको बुटवलमा विमर्श



बुटवल, जेठ २४
अर्थशास्त्री विश्लेषक एवम् लेखक मनिकर कार्कीको नयाँ पुस्तक ‘अर्थदृष्टि  अल्पविकासको अर्थ–राजनीति’ को बुटवलमा विमर्श भएको छ ।
नेपालको आर्थिक विकासको स्वरुप, समाज र अर्थतन्त्रको चरित्र एवम् त्यसका जटिलता र चुनौतीहरूलाई गहन रूपमा विश्लेषण गरिएको सो पुस्तकको शनिवार बुटवलमा विमर्श गरिएको हो ।
विमर्श कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अर्थराजनीति समाज रुपान्तरणका लागि आवश्यक रहेको बताए । साथै उनले उक्त पुस्तकले नेपालको अर्थराजनीतिको सम्रग विषय समेटेको बताउँदै राजनीतिज्ञदेखि विद्यार्थी वर्गसम्मका लागि उपयोगि रहेको बताए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका परीक्षा नियन्त्रक इन्द्र काफ्लेले पुस्तक इतिहासलाई गहिरोसम्म अध्ययन गरी तथ्यमा आधारित रहेर लेखिएको बताए । यस्तै युवाहरुलाई  सन्देश समेत दिएको र नीतिनिर्माता तथा राजनीतिज्ञहरुले उक्त पुस्तकको अध्ययन गर्न आवश्यक रहेको बताए ।
लुम्बिनी वाणिज्य क्याम्पसकी प्राध्यापक विष्णु जोशिले पुस्तकले राजनीतिसँग अर्थशास्त्र जोडिन आवश्यक रहेको कुरामा जोड दिएको बताइन् । पुस्तकले नेपाल पछाडी पर्नुको कारणदेखि अर्थतन्त्रका सबै समस्याहरुको बारेमा उल्लेख गरेको  बताइन् । यस्तै पुस्तक सरल र सहज भाषामा लेखिएकाले अर्थशास्त्र अध्ययन नगरेकाले पनि सजिलैसँग बुझन् सक्ने बताइन् ।
यस्तै बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक डा. सञ्जयकुमार कर्णले सुरुदेखि अन्त्यसम्म पाठकलाई आफु तर्फ तान्ने गरि पुस्तक लेखिएको बताए । पुस्तकमा सम्रग अर्थव्यवस्था र अर्थराजनीतिको बारेमा उल्लेख गरिएकाले अध्ययन गर्नु सबैका लागि फाइदा जनक हुने उनले बताए । लेखक मनिकर कार्कीले आफुले आम नागरिकहरुको मनमा लेखेका कुराहरुलाई पुस्तकमा लेखेको बताए ।  साथै   समाजलाई दिशाबोध गराउन पुस्तक लेख्न आवश्यक ठानेर  आफुले पुस्तक लेखेको बताए । निरन्तर रुपमा आफुले अब पुस्तक लेख्ने भएकाले पुस्तक अध्ययन गरेर आलोचनात्मक सुझाव दिनका लागि सम्पूर्ण पाठकहरुलाई अपिल समेत गरे । पुस्तक विमर्श कार्यक्रमको सहजीकरण लेखक माधवकुमार पौडेलले गरेका थिए भने कार्यक्रममा पाठक मञ्चका सरिता श्रीसले स्वागत गरेकी हुन् । कार्यक्रममा यस क्षेत्रका प्राज्ञिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
पुस्तकको जेठ ९ गते काठमाडौंमा पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराई, नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेल, पूर्वमन्त्री तथा नेकपा(एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डे, पूर्वमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्री, पूर्वमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ र अनुसन्धानकर्ता एवम् अर्थशास्त्री डा. कल्पना खनालले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका थिए ।
इन्डिगो इन्क प्रकाशन गृहद्वारा प्रकाशित यो पुस्तकको मूल्य ६९९ रुपैयाँ तोकिएको छ । यो मनिकर कार्कीको दोस्रो पुस्तक हो । यस अघि कार्कीको  ‘वैकल्पिक अर्थतन्त्र’ नामक किताब प्रकाशित भइसकेको छ, जसले नेपालको आर्थिक नीतिका वैकल्पिक दृष्टिकोणहरूबारे चर्चा गरेको थियो ।
‘अर्थदृष्टि’ ले भने नेपाली अर्थतन्त्रको ऐतिहासिक चरित्र उत्खनन् गर्दै मुलुकको अल्पविकासको जटिलताहरूलाई राजनीतिकर सामाजिक सन्दर्भसँग जोडेर अझ व्यापक विश्लेषण प्रस्तुत गरेको छ ।

छुटाउनुभयो कि ?

भारतले थप ३७.५ टन राहत सामग्री पठायो

भारतले थप ३७.५ टन राहत सामग्री पठायो

काठमाडौंभारतले बाढी प्रभावित नेपालका लागि थप राहत सामग्रीसहितको विमान पठाएको छ । भारतका विदेशमन्त्री डा. एस जयशंकरले सामाज...
आफन्तको तस्बिर वोकेर ‘शवगृह’बाहिर

आफन्तको तस्बिर वोकेर ‘शवगृह’बाहिर

चितवनभरतपुरका ठाकुरप्रसाद कँडेल र लिलावती सापकोटा बिहीबार बिहानैदेखि भरतपुर अस्पतालको ‘पोस्टमार्टम घर’बाहिर छन् । उनीहरुले हा...
रसुवा भोटेकोशी बाढी : आठ जिल्लामा भेटियो २ सय ८९ जनाको शव

रसुवा भोटेकोशी बाढी : आठ जिल्लामा भेटियो २ सय ८९ जनाको शव

काठमाडौंबुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परेर बेपत्ता भएकाहरूमध्ये अहिलसम्म २ सय ८९ जनाको शव फेल...
रसुवा बाढी अपडेट : १५७ शव फेला

रसुवा बाढी अपडेट : १५७ शव फेला

काठमाडौं । रसुवा बाढीमा परेकामध्ये १५७ जनाको शव फेला परेको छ। राति ११: ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ७ वटा जिल्लामा गरेर ...