म हारेको मान्छे ……. !


हरि पथिक, रुपन्देही

म कैंय्यौ पटक हारेको मान्छे

पटके दर्जनौं हण्डर ठक्करले घोटिएको मान्छे

पचासौं घात प्रतिघातले डामिएको मान्छे

जेल नेल हत्कडी र निरंकूश दमन बेहोरेको एक भुक्तभोगी !

फगत एक आस्था हेतु

पटक-पटक मरेर पनि अपबाद स्वरुप बाँचिरहेको मान्छे

एक आदर्श निंति कैंय्यौं उत्सर्ग गरेको मान्छे समस्टीगत न्याय खातिर

जीवनकै आहूती दिन तंतयार मान्छे

अदम्य स्वाभिमान रक्षार्थ बलिबेदीमा चढ्न पनि शुरिएको मान्छे

निजी भोकभन्दा राष्ट्रिय भोकलाई नै आफ्नो भोक ठानें

तर स्वयं कतिपटक आफै ठगिएँ बिश्वाशघाती जालझेलमा फस्न पुगें

अनुचित प्रपन्चको परिबन्दमा कैद भएँ यसरी नै निरन्तर हारिरहें

हार जीतका यी अभिनयहरूमा अनपेक्षित यो रण मैदानमा

यसरी नै म हारिरहें , हारिरहें-हारिरहें !

हारजीतका यी लडाईंहरूमा प्राय: स्वयंलाई नै हराइरहें !

सुकोमल भाबुकता र मानबीय मूल्यलाई नै -कुल्चिंदै पछ्याइरहने आतंककारी रातहरू !

मेरै इमानमाथि धाबा बोल्दैरहे

म हार्दै गएँ कैंय्यौंपटक स्वाभिमानमा लागेका चोटहरू

र यी आला चोटमा खाटा बस्न न पाउँदै पुन:म संघर्षरत रहें –

सत्यको खोजीमा न्यायको खोजीमा- शान्तिको खोजीमा !

तर पनि म बारंबार हारिरहें यद्यपि यो मनले त्यो हार स्वीकार गर्न सकेन

बिश्वाशघातकाे बाणका ती चोटहरूले

क्षतबिक्षत यो ब्यथित मन सम्हाल्दै फेरि पनि उठ्ने र भिड्ने प्रयत्न गरिरहें

सिंगै आकाशमा बिश्वाशको संकट मडारिएको

यो चुनौतीपूर्ण बेला मेरो निष्ठापूर्ण सत्याग्रह निरीह भइरह्यो

बारंबार दुराग्रह हाबी भइरहेको यो रातमा मेरो बिश्वाशमा

अनुप्राणित उषाकिरणको प्रकाश स्वयं चम्किलो न भई धमिलिंदै गयो

तर पनि सत्यं सत्य नै हुन्छ ।

निराशाको बादलले छोपिरहन कहाँ सक्छ ?

स्वयंमै चम्किरह्यो अन्तस्करणको ज्ञान दीप स्वर्णीम कल्पनाको अटल ज्योतिपुन्ज बनेर

अनि त हज्जारौं पटक लोटिरहे पनि पुनश्च उठिरहे यी पदचापहरू हार अस्वीकार गर्दै

म हारिरहेको मान्छे आफ्नै हारहरूको प्रतिकार गर्दै

आखिर हार-जीतको सबालभन्दा माथि उठेर प्रेम

क्षमाको स्निग्ध भाबमा — मानबीय चेतको अस्त्र लिएर हरेक प्रतिशोधी दागहरूलाई

माया-प्रेमका मन्त्रहरूले प्रशोधित गरेर !

अनि त्यहींनेर कतै ‘हार होइन ‘ देखें मैले – “ बिजयको माला गलामा पहिरी

शान्तिको पदार्पण भइरहेछ !

आफ्नै आत्मज्योतिको प्रकाशमा चहकिलो शीतल जून बनेर !

लेखक कम्युनिस्ट नेता तथा पुर्व प्रधानाध्यापक हुनुहुन्छ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...