तुलबहादुर राकसकोटिको “आमाको ममता” कविता सग्रह बिमोचन हुँदै


गंगु कुवँर मगर / गुल्मी
कवि तुलबहादुर राकसकोटी मगरको प्रथम कृति “आमाको ममता”नामक कविता संग्रहको विविध कार्यक्रम सहित विमोचन हुने भएको छ ।
गुल्मी जिल्ला गुल्मीदरबार गाउँपालिका वडा नं.-२, जुभुङ्ग फोक्सीबास निवासी ७१ वर्षिय कवि राकसकोटीद्वारा रचित उक्त संग्रको जुभुङ्ग स्थित सूर्योदय माध्यमिक विद्यालयको प्राङ्गणमा पौष २७ गते पृथ्वी जयन्तीको शुभ अवसर पारेर विविध कार्यक्रम सहित विमोचन हुन लागेको हो ।

संग्रहको वरिष्ठ साहित्यकार दिन पन्थीले विमोचन गर्ने जनाइएको छ । पाण्डुलिपीलाई ५ महिना बढीको मेहनत पछि संग्रहको रूपमा प्रेसबाट बाहिर ल्याईएको र बिमोचनको तयारी भएको प्रकाशकीय संयोजक कवि तथा चित्रकार जीवित खड्का मगरले जानकारी दिनुभयो । विमोचन कार्यक्रममा नव जनविकास युवा क्लव गुल्मीदरबार -१,बलिथुमको विविध सांस्कृतिक कार्यक्रम, सोरठी समूह गुल्मीदरबार-२,जुभूङ्ग घुर्मीको सोरठी नाच , मगर पञ्चे बाजा र स्थानीय क्लवहरु सहित विशिष्ट कलाकारहरुको विशेष प्रस्तुती रहने बिमोचन कार्यक्रमका संयोजक कमल थापाले जानकारी दिनुभयो । संग्रहको कवि राजेन्द्र तारकिणीले सम्पादन गर्नुभएको छ भने प्रकाशकीय संयोजनसँगै आवरण कवि तथा चित्रकार जीवित खड्का मगरको रहेको छ ।संग्रहको प्रकाशन सहयोगीहरूमा तिलक गाहा मगर (हङकङ),नरेन्द्र रास्कोटी मगर (बेलायत),कोपिला थापा मगर (बेलायत),पानबहादुर थापा मगर (नेपाल), कमल थापा मगर (नेपाल),सीता थापा मगर (बेलायत),कुमार थापा मगर (बेलायत),बेलबहादुर राना मगर (युएई),शोभा पल्ली मगर (नेपाल)रहनुभएको छ ।

छुटाउनुभयो कि ?

आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले बनायो सचिव नेतृत्वको टोली

आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले बनायो सचिव नेतृत्वको टोली

काठमाडौंसरकारले मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले वार्ता टोली बनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रध...
मानसिक स्वास्थ्य र समाधान

मानसिक स्वास्थ्य र समाधान

श्रीराम ज्ञवालीमानिसको जीवनमा शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण मानसिक स्वास्थ्य पनि हो। सामान्य भाषामा बुझ्दा, मनोरोग वा ...
विश्वकप फुटबल: अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

विश्वकप फुटबल: अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौँअर्जेन्टिनाले अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै इङ्ग्ल्यान्डमाथि २-१ को रोमाञ्चक जित निकाल्दै विश्वकप फुटबलको फाइनलमा...
मौसम पूर्वानुमान: लुम्बिनी सहित ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान: लुम्बिनी सहित ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर...