बुटवलमा एलपिजी ग्यास प्रयोग सम्बन्धि गृहिणीहरुलाई आधारभूत प्रशिक्षण
बुटवलबुटवलमा एलपिजी ग्यास प्रयोग सम्बन्धि आधारभूत प्रशिक्षण गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा शुक्रबार गृहिणीहरुलाई एलपिजी ग्यासको सुरक्षित प्रयोग र यसबाट जोगिने आधारभूत कुराहरुको बारेमा प्रशिक्षण गरिएको हो ।प्रशिक्षणको शुभारम्भ गर्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले एलपिजी ग्यासको प्रयोगमा हुने लापरवाही र हेलचेक्रयाँईका कारण भएका दुर्घटनाबाट कतिपयले अकालमै ज्यान गुमाउन परेको तथा कतिपयले कष्टपुर्ण जीवन जिउन बाध्य भएको सन्दर्भमा सुरक्षित प्रयोगलाई जोड दिएर गृहिणीहरुका लागि प्रशिक्षण कार्यक्रम गरिएको बताए ।प्रशिक्षणमा प्रशिक्षक महेश पन्तले एलपिजी ग्यासको प्रयोग, गर्नहुने कुराहरु र नहुने कुराहरुको बारेमा प्रयोगात्मक प्रशिक्षण दिएका थिए। उनका अनुसार ग्यास सिलिण्डर लिँदाखेरी नै आधारभूत मापदण्डको अध्ययन गरेर सिलिण्डर ल्याउनु पर्छ ।ग्यास प्रयोग गर्नुभन्दा अगाडी भान्साक...








