कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सव,अभिभावक दिवस तथा खेल सप्ताह शुरु


बुटवल

देशकै सर्वोत्कृष्ठ सामुदायीक विद्यालयको रुपमा रहेको कालिका मानवज्ञान मावि बुटवल–१० रुपन्देहीको ६५ औ बार्षिक उत्सव तथा अभिभावक दिवसका आन्तरिक तर्फका खेलकुद का कार्यक्रम शुभारम्भ गरिएको छ । सोमबार सेक्टर–१ कालिका नगरमा एक विशेष कार्यक्रमको आयोजना गरी बुटवल उपमहानरपालिका नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले कार्यक्रमको शुभारम्भ गरेका हुन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका पियाले खेलकुदले विद्यार्थीको अन्तरनिहित प्रतिभालाई राष्ट्रियकरण समेत गर्न सक्ने धाराण राखेका थिए । उनले विद्यालय स्तरबाट खेलकुद जन्य गतिविधीलाई बढावा दिनु आफैमा राम्रो कार्यको सुरुवात भएको समेत बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा विद्याखलयका प्रधानाध्यापक दिनेश थापा, सहायक प्रधानाध्यापक विष्णुहरी ज्ञवाली, पिताम्बर बन्जाडे सहित कक्षा ११ र १२ का विज्ञान, व्यवस्थापन, मानविकी संकाय विहिनी र दिवा समुहका ईन्चार्जहरुको समेत सहभागीता रहेको थियो ।
विद्यालयको ६५ औ बार्षिक उत्सवको अवसर मंसिर २३, २४ र २५ गते आन्तरिक खेलकुद प्रतियोगीता आयोजना हुने छन् । जसमा लङ जम्प, हाई जम्प, दौड २०० मिटर, ३०० मिटर, ४०० र ८००० मिटर सहित छात्रछात्रा कवड्डी प्रतियोगीता, भलिवल प्रतियोगीता आयोजना गरिएको हो । यसको साथै विद्यालयको आयोजनामा जिल्ला स्तरिय कालिका कप खेलकुद प्रतियोगीता समेत आयोजना हुँदै छ । जसमा छात्र छात्रा भलिवल प्रतियोगीता, जिल्ला स्तरिय कबड्डी प्रतियोगीता समेत आयोजना हुने विद्यालयका खेलकुद संयोजक ओम सारुले जानकारी दिए ।

भलिवल र कबड्डीमा सहभागी विद्यालय मध्ये प्रथम हुनेले ३० हजार मेडल, कप र प्रमाणपत्र ट्राफि र द्धितिय टिमले २० हजार नगद सहित मेडल, प्रमाणपत्र र ट्रफि र तृतिय विद्यालयले १० हजार नगद सहित मेडल, प्रमाणपत्र, ट्रफि पाउने विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक विवेकराज पोखरेलले जानकारी दिए । जुन प्रतियोगीता पुस १ देखि ५ गते सम्म चल्ने छन् । विद्यालयको बार्षिक उत्सव ६ गते छात्रवृत्ती वितरण सहित सम्मान कार्यक्रम सेक्टर २ रामनगरमा हुने छ भने मुल समारोह ६ गते कालिकानगर सेक्टर १ मा मा हुने छ ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...