तेस्रो आंखा खोलौं, हामी भ्रमको बाली भर्ने सपनाका सिकार हुंदैछौं


केदार भुसाल

बुटवल

पपुलिस्ट लोकतन्त्र कि उत्पादन र श्रमबाट निर्माणहुने समृद्धिमा आधारित नागरिकतन्त्र जेन्जी आन्दोलनको चाहना थियो? आन्दोलन गर्ने जेन्जी त गेरीखाने नागरिकका सन्तान थिए, आज जेन्जिको प्रतिनिधित्व गर्ने त पपुलिस्ट नाराका नायक भएछ्न। आन्दोलन परीवर्तनको बाहक हो, केही स्वार्थी मानिसको सत्ता प्राप्तिको लहड होइन।

केही बर्षनै भैसक्यो, जवर्जस्ती केही आफुलाइ अरु भन्दा पृथक र शिक्षित ठान्ने मानिसहरु केही अन्यथा संकथनहरु नेपालीका दिमागमा रोप्ने र हुर्काउने प्रयास गर्दैछन। ती संकथन हुन

१. “नेपाल बस्न लाएकको छैन। घिनलाग्दो छ। यहाँ केही छैन। यहाँ भ्रस्टाचार मात्र छ। आदि इत्यादी।” हो, देशमा समस्या छ्न। के अमेरीकामा समस्या छैनन? के त्यांहाको राजनीति सिमित धनीका अधिनमा छैन? के युरोपको अर्थतन्त्र झनझन पतन हुँदै छैन? समस्या जताततै छ्न। नेपालमा पनि छ्न र तिनको निदान गर्ने राज्य व्यवस्था निर्माण गर्नै पर्छ। तर बिसर्जनवादी संकथनले देश ब्नाउने होइन झन बिगार्छन। यी संकथन रोप्ने र नेपालको राजनीतिमा “पपुलिजम” को खेती गर्ने मानिस एउटै छ्न।

२. अर्को संकथन पनि रोपिएको छ। “अघिल्लो पुस्ता गलत छ। तब भन्ने गरिएको छ हे युवाहरू बाबुआमाको गल्ती नदोहोर्‍याउ।” हो, भने जस्तो बिकास त भएन। अनेक गल्ती भए। तर “अघिल्लो पुस्ताका अनेक मानिसले अनेक संस्था बनाए र तंपाइहरुलाइ यति बोल्न सक्ने बनाए। अघिल्ला पुस्ताले परीवर्तनका आन्दोलन गरे।” तर अघिल्लो पुस्ताभित्र पनि अहिलेको कथित एकलौटी “आफुमात्र ठिक भन्ने” पुस्तालाई खुवाइ पिआइ गर्ने दृश्य अदृश्य बिदेशी शक्तिले घुसपैठ गरे। परीणाम देश अगाडी बढेन।

३. अर्को संकथन रोपियो “जेन्जी आन्दोलन सत्ता ढालेर केही थान पपुलिस्ट हिरोहरु मन्त्री बनाउने आन्दोलन थियो।” तर धनीका छोराछोरी कति सहिद भए? नेपोकिड्स हिजो राजनीति गर्नेका छोराछोरी मात्र हुन? जेन्जी आन्दोलन गांउबाट आएका, शहरमा जीवन उन्नत बनाउन आएका गरीखानेका छोराछोरी लागे। उनिहरु सहिद भए। उनिहरु देशभक्त थिए। तर आन्दोलन बिदेशी संस्थाले रोपेका मानिसले अपहरण गरे।
यी संकथनहरुका वरिपरि आज राजनीति ढुन्मुनिदैंछ। राजनिती दिशा हिन छ। हिजो जागीर खाएर आज नालायक भनीएका नेताको चाकरी गर्नेहरु आज राजनीतिमा हिरो भएका छ्न। हिजो बेतिथिका विरुद्ध यिनिहरु किन बोलेनन? आज संसदका “पदहरु” भर्न राजनीतिमा पेन्सन खाएर आउनेहरुको तांती छ।
किनकी, सुकिला मुकिला बैकल्पिकहरुले “राजनीतिमा बिचार, चिन्तन, बर्ग, र रास्ट्रीयता हुंदैन” भन्ने बिसर्जनवादी (निहिलिस्ट) मान्यता रोपिदिएका छ्न। उन्का बिचारमा जेलेन्स्की ठिक हो पुटीन चैं पुरै गलत हो। उन्का बिचारमा लुला चैं गलत हो, कमला ह्यारीसमात्र ठिक हो। उन्का बिचारमा सिजिनपिङ्ग अधिनायकवादि हुन तकाइची चैं लोकतान्त्रिक हुन। उन्का बिचारमा मोदिको हिन्दुत्वमा आधारित रास्ट्रवाद मात्रै गलत हो जोसेफ बोरेलको नस्लवादमा आधारित पश्चिमी रास्ट्रवाद (उपनिवेश/साम्राज्यवाद) चै लोकतन्त्र को उदाहरण हो।

आज देशमा यी संकथनहरु रोपेर पपुलिजमको खेती हुंदैछ। बिचारको खेती उन्मुलन हुंदैछ। नयाँ पार्टीमा लागेकाहरुसित केबल पुराना दललाई गाली गर्ने क्षमता बाहेक अरु केही छैन् ।वैचारिक लडाइँ लड्न सक्दैनन् ।तिनीहरुले केबल कुरा काट्ने ,पुराना दल र जनतालाई अपशब्द मात्रै बाेल्छन् ।नयाँ दलहरुकाे भिजन र मिसन छैन् ।भिजन भनेकै गाली गर्ने,भ्रम फैलाउने मात्रै रहेछ ।उन्नत किसान, गुणात्मक शिक्षा, मानव परोपकारी स्वास्थ, स्वच्छ वातावरण वा जमिन, जंगल, जन्तुमा आधारित र जनताको उत्पादन र उत्पादकत्वका विरुद्ध राजनीति केन्द्रीत गरिदैंछ। देशभक्तहरुले बुझुन, षड्यन्त्र उन्कै दिमाग भित्र पनि रोपीएको छ।

लेखक युवा व्यवसायी एवं राजनिती कर्मी हुन्

छुटाउनुभयो कि ?

विश्वकप फुटबलमा दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले हरायो

विश्वकप फुटबलमा दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले हरायो

काठमाण्डौ - फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित ...
दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत विरुद्ध तीन वटा अदालतमा मुद्दा दायर

दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत विरुद्ध तीन वटा अदालतमा मुद्दा दायर

काठमाण्डौ - सम्पत्ति शुद्धीकरण विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानमा रहेका दीपक भट्ट, सुलभ अग्रवाल, शेखर...
अहिलेसम्मकै ठूलो फिफा विश्वकप फुटबलको महाकुम्भ आजदेखि शुरु हुँदै

अहिलेसम्मकै ठूलो फिफा विश्वकप फुटबलको महाकुम्भ आजदेखि शुरु हुँदै

२८ जेठ, काठमाडौं । फुटबल विश्वकै सबैभन्दा चर्चित खेल अर्थात् युनिभर्सल गेम (विश्वव्यापी खेल) । विश्वका दुई सय भन्दा बढी देशले...
बिमा दाबी गर्न आफ्नै पसलबाट सुनचाँदी चोरीको नाटक

बिमा दाबी गर्न आफ्नै पसलबाट सुनचाँदी चोरीको नाटक

पसलको बिमा दाबी र ग्राहकले ऋण बापत धितो राखेको सुनचाँदी पचाउने उद्देश्यले आफ्नै पसलमा चोरीको योजना बनाएर चोरी गर्ने बुटवलका ए...