गुल्मेली सम्पर्क समाज रुपन्देहीद्वारा स्वागत तथा सम्मान


रुपन्देही
गुल्मेली सम्पर्क समाज रुपन्देहीले स्थायी वसोबास गुल्मी रहेका र रुपन्देहीमा विभिन्न पेशा, व्यवसायर सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका वहन गरेका व्यक्तिहरू लाई स्वागत तथा सम्मान गरेको छ।
रुपन्देहीको तिलोत्तमा डिङ्गरनगरमा रहेको श्रृङ्गेश्वर धाममा बुधवार ३९ जना गुल्मेलीहरुलाई स्वागत तथा सम्मान गरिएको हो।
“बुझौं हाम्रो रीति र थिति , जोगाओँ हाम्रो गौरवमय संस्कृति “भन्ने मूलनारामा स्थापित समाजका अध्यक्ष नारायण प्रसाद पन्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केही समय अघि कार्यालय प्रमुखको जिम्मेवारी लिएका तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमराज भुसाल , जिल्ला शिक्षा तथा समन्वय इकाइ प्रमुख विष्णुप्रसाद पन्थी, रेसुङ्गा अलौकिक बचत तथा ऋण सहकारी संस्थामा नवनिर्वाचित अध्यक्ष नेधिराम ज्ञवाली सहित १२ जना , उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष हरि अर्याल , रुपन्देही उद्योग संघका नवनिर्वाचित प्रथम उपाध्यक्ष हरि खत्रि सहित ७ जना ,रुपन्देही व्यापार संघका बरिस्ठ उपाध्यक्ष दयानिधि भण्डारीसहित ७ जना ,अधिवक्ता तहको परीक्षामा लुम्बिनी प्रदेश प्रथम मन्जिला ज्ञवाली , पश्चिम कालिकानगर खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष पारसमणि भण्डारी ,राज्य टेलिभिजनका प्रमुख यमलाल भुसाल ,प्राध्यापक संघ बुटवल बहुमुखी क्याम्पसका सभापति डाक्टर चिरञ्जीवी देवकोटा , अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली , कालिकामानवज्ञान माविका अध्यक्ष नित्यानन्द ज्ञवाली , पश्चिम नेपाल वस व्यावसायी प्रालिका अध्यक्ष दधिराम खरेल , प्रबन्ध सञ्चालक रामचन्द्र भुसाल , प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष टीकाराम न्यौपाने , प्रदेश अध्यक्ष लालहरि पाण्डे , हिमालयन लाइफ इन्स्योरेन्सकी प्रदेश उपप्रमुख जुना कुँवर , तिलोत्तमा नगरपालिका वार्ड नम्बर ४ का वार्ड अध्यक्ष हरिबहादुर क्षेत्री , आजीवन सदस्य ज्ञानेन्द्र कसजू लगायत ३९ जना गुल्मेलीहरुलाई स्वागत तथा सम्मान गरिएको हो।

ब्रह्मकुमारी विश्वविद्यालय भैरहवाकी क्षेत्रीय प्रमुख शान्ति सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वोल्दै उनले गुल्मेलीको गुरुयोजना स्थललाई रुपन्देहीको चारधामका रुपमा व्याख्या र विवेचना गरेकी थिइन्।
सम्पर्क समाजका अध्यक्ष डाक्टर नारायण प्रसाद पन्थले संस्थाको विगत , वर्तमान र आगामी योजनाका बारेमा प्रकाश पारेका थिए ।
श्रृङ्गेश्वर धामका अध्यक्ष ऋषि भण्डारी, ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डे, छोरी शिक्षा कार्यक्रमका अध्यक्ष ओमीकला पुन,सल्लाहकार टीकाराम घिमिरेलगायत संस्थाका गतिविधिका बारेमा विषयमा प्रकाश पारेका थिए।

कार्यक्रममा ज्येष्ठ पत्रकार दिलिप भट्टराई ,हरि अर्याल ,दधिराम खरेल , दयानिधि भण्डारी ,डाक्टर चिरञ्जीवी देवकोटा , प्रा डा हिरण्य ज्ञवाली, श्यामलाल खरेललगायतले समाजले गरेका सामाजिक कामहरू अत्यन्त महत्वपूर्ण रहेको बताउंदै गुल्मेलीहरु राजनैतिक, प्रशासनिक, उद्यम-व्यवसाय, शिक्षा लगायतका हरेक विधामा अव्वल रहेको धारणा राखेका थिए ।
संस्थाका बरिस्ठ उपाध्यक्ष हेम थापाको स्वागत मन्तव्य र भैरहवा शाखाका अध्यक्ष केशव ज्ञवालीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन महासचिव राजेन्द्र कुँवरले गरेका थिए।

छुटाउनुभयो कि ?

अध्यादेश: राजनीतिक नियुक्ति खारेजीको बाटो खुल्यो

अध्यादेश: राजनीतिक नियुक्ति खारेजीको बाटो खुल्यो

काठमाडौँरामचन्द्र पौडेलले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’सँगै विभिन्न सरका...
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौंनेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक स...
अस्पताललाई भरोसा र पुर्ण सेवा योग्य वनाउने योजना छ ,साथ दिनुहोस् : मेसु डा. गौतम

अस्पताललाई भरोसा र पुर्ण सेवा योग्य वनाउने योजना छ ,साथ दिनुहोस् : मेसु डा. गौतम

बुटवललुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विष्णु गौतमले अस्पताललाई सवै नागरिकले भरोसा गर्न सक्ने र...
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाण्डौ - आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सूचना तथा सञ्चार प्रविधिको विकास तथा ...