बुटवलमा एलपिजी ग्यास प्रयोग सम्बन्धि गृहिणीहरुलाई आधारभूत प्रशिक्षण


बुटवल
बुटवलमा एलपिजी ग्यास प्रयोग सम्बन्धि आधारभूत प्रशिक्षण गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा शुक्रबार गृहिणीहरुलाई एलपिजी ग्यासको सुरक्षित प्रयोग र यसबाट जोगिने आधारभूत कुराहरुको बारेमा प्रशिक्षण गरिएको हो ।
प्रशिक्षणको शुभारम्भ गर्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले एलपिजी ग्यासको प्रयोगमा हुने लापरवाही र हेलचेक्रयाँईका कारण भएका दुर्घटनाबाट कतिपयले अकालमै ज्यान गुमाउन परेको तथा कतिपयले कष्टपुर्ण जीवन जिउन बाध्य भएको सन्दर्भमा सुरक्षित प्रयोगलाई जोड दिएर गृहिणीहरुका लागि प्रशिक्षण कार्यक्रम गरिएको बताए ।
प्रशिक्षणमा प्रशिक्षक महेश पन्तले एलपिजी ग्यासको प्रयोग, गर्नहुने कुराहरु र नहुने कुराहरुको बारेमा प्रयोगात्मक प्रशिक्षण दिएका थिए। उनका अनुसार ग्यास सिलिण्डर लिँदाखेरी नै आधारभूत मापदण्डको अध्ययन गरेर सिलिण्डर ल्याउनु पर्छ ।
ग्यास प्रयोग गर्नुभन्दा अगाडी भान्साको झ्याल र ढोका सधै खुल्ला राख्नुपर्छ, चुलोलाई सिलिण्डर भन्दा माथी राख्नुपर्छ । ग्यास पाइप तथा अन्य जोर्नी र भल्वहरु लिक भए नभएको वेलावेला जाँच गर्नुपर्ने, सिलिण्डरलाई सधै ठाडो राख्नुपर्ने, ढलाएर प्रयोग गर्न नहुने उनले बताए।
त्यस्तै काम सकिसकेपछि पहिले रेगुलेटर र त्यसपछि मात्रै चुलोको नव बन्द गर्नुपर्छ । बलिरहेको ग्यास स्टोभ छाडेर कही जानु हुँदैन । केटाकेटीलाई जथाभावी ग्यास चुल्हो चलाउन नदिने, सिलिण्डरको माथी कुनै प्रकारका सामान नराख्ने र त्यसलाई खुल्ला रहन दिनुपर्छ । त्यसैगरी सिलिण्डर फेर्दा आगोको स्रोतहरु बन्द भएको निश्चित भईसकेपछि मात्रै फेर्नुपर्छ ।
ग्यास अत्यधिक प्रज्वलनशिल पदार्थ भएकाले ग्यास लिक भएमा सबैभन्दा पहिले रेगुलेटर र चुलोको नब बन्द गर्नुपर्छ । झ्याल ढोको खुला राख्नुपर्छ । त्यस्तो बेलामा मैनबत्ती, दियो, धुप सलाई लगायतका आगोको श्रोतहरु बाल्नु हुँदैन । बलेको छ भने निभाईहाल्नु पर्छ । त्यस्तै आगोको झिल्का आउने बस्तुहरु, बिजुलीको स्वीच चलाउनु हुँदैन । त्यस्तै सिलिण्डरबाट रेगुलेटर छुटाउनुपर्छ । भल्वमा सेफ्टी क्याप लगाउनु पर्छ ।
कार्यक्रम वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेको धन्यवाद तथा महासचिव मुक्तिप्रसाद अधिकारीको सञ्चालनमा भएको थियो ।

छुटाउनुभयो कि ?

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्...