रुपन्देही विद्युतिय व्यवसायी संघको सैनामैना कञ्चन गाउँ नगर अधिवेशन सम्पन्न


रुपन्देही
सैनामैना कञ्चन गाउँ नगर समितीको आठौं वार्षिक साधारण सभा तथा पांचौं अधिवेशन बुधबार रुपन्देहीको सैनामैनामा सम्पन्न भएको छ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि रुपन्देही विद्युतिय व्यवसायी संघका अध्यक्ष शान्ताराज खरालले उज्यालोका व्यवसायीहरुको भविष्य पनि उज्यालो रहेको र संगै समाजमा उज्यालो फैल्याउने र व्यवसाय संगै सामाजिक काममा सक्रिय रहँदै आएको वताए।
खरालले गाउँ नगरले संघसंग र संघले महासंघसंगको सहकार्य बाट व्यवसायीका हकहितमा काम गर्दै आएको वताए।
उनले महासंघ मार्फत विद्युतिय व्यवसायी समस्या र अगाडि वढ्न आवस्यक विषयहरु सरकार संग पुर्याउने गरेको धारणा राखे। जिल्लाले रुपन्देहीको तिलोत्तमा भलवारीमा संघको सचिवालय संगै कृयापुत्री हरूलाई समेत सेवा दिने गरि सामाजिक काममा समेत सक्रिय रहंदै आएको वताए। उनले संघले के दियो भन्दा पहिले आफूले के दिन सक्यौं भन्नेमा महत्व दिएमा संस्था संगै सम्पुर्ण व्यवसायीको हित हुने धारणा राखे। अध्यक्ष खरालले गाउँ नगर संघले सक्रियता देखाएमा मात्र संघ र महासंघ सफल हुने हुंदा अहिलेको कार्यसमितिले राम्रो गरेको र नवनिर्वाचित कार्यसमितिले थप राम्रो गर्नेमा विस्वस्त रहेको वताए।

जिल्ला संघको पुष १९ गते बुटवलमा हुने १४औं साधारण सभा तथा आठौं अधिवेशनमा सम्पुर्ण व्यवसायीको सक्रियता र उपस्थिति अनिवार्य रहेको वताए।
संघका सल्लाहकार लक्ष्मण प्रसाद भट्टराईले पुर्वजलाई सम्मान संगै राम्रा कामको अनुसरण गरेमा मात्र व्यवसायी संगै संघको प्रगति हुंदै जाने हुनाले थप सक्रिय रहेर अगाडि वढ्न सुल्झाए । भट्टराईले काम गर्ने क्रममा कुनै मतभेद रहेमा आपसी समझदारी बाट हटाएर एकता कायम गर्न आवश्यक रहेको धारणा राखे।
जिल्ला संघका अध्यक्ष खरालसंगै समग्र व्यवसायीहरूको सक्रियताले सफल भएको धारणा राख्दै निवर्तमान कार्यसमितीलाई वधाई दिंदै निर्वाचित कार्यसमिति लाई शुभकामना दिए।
कार्यक्रममा सहयोग दाताहरुलाई खादा र प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो।


गाउँ नगर समितिका अध्यक्ष कमल ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष केशव कुमार सिंह, प्रथम उपाध्यक्ष सुर्य वहादुर कुंवर,नगरका निवर्तमान अध्यक्ष जिवन पौडेल,बुटवल नगर अध्यक्ष वसन्त राना, उपाध्यक्ष शालिकराम खड्का, सचिव विमल पौडेल , सदस्य कमला बेल्वासे लगायतले वोल्दै संघ संगै समग्र विद्युतिय व्यवसायीको हक हितमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
अधिवेशनले शालिकराम खड्काको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...