सम्पर्क समाजको ‘स्वस्थ अभियान’ शिविरले महत्वपूर्ण योगदान पुर्याएको छ: मुख्यमन्त्री आचार्य


अर्घाखाँची
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छत्रगञ्ज–रुपन्देही सम्पर्क समाजले ‘हाम्रो स्वास्थ्य, हाम्रो पहल–स्वस्थ जीवन अभियान’ अन्तर्गत दुर्गम बस्तीमा स्वास्थ्य सेवा पुर्‍याउन शिविरले महत्वपूर्ण योगदान पुर्याएकोमा प्रसंसा गरे।
शनिबार छत्रदेव गाउँपालिकाको श्री सार्वजनिक मावि, छत्रगञ्ज ,बहखोरमा सम्पन्न कार्यक्रममा वोल्दै उनले घरमै सेवा उपलब्ध गराउनु अत्यन्तै महत्वपूर्ण र विशेषगरी समाजले तीन वर्षदेखि नियमित रूपमा यस्ता शिविर सञ्चालन गर्दै आएकोमा सामाजिक सेवाको निरन्तरताको कामना गरे।
समाजले पालिकावासीको स्वास्थ्य अवस्था पहिचान गर्दै प्रारम्भिक परीक्षण तथा आर्थिक रूपमा कमजोर समुदायलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको छ।

समाजका अध्यक्ष सिद्धार्थ पन्थीको अध्यक्षतामा सम्पन्न शिविरमा भिडियो एक्स–रे, औषधि वितरण, ल्याब सेवा, इसिजी, आँखा परीक्षण, दन्त उपचार, हाडजोर्नी, नशा–रोग, थाइरोइड, स्त्रीरोग तथा अन्य विशेषज्ञ स्वास्थ्य सेवा निःशुल्क प्रदान गरियो।
एडमण्ड सिटी हस्पिटल बुटवल, तिनाउ डेण्टल प्रा.लि. बुटवल तथा नेत्र ज्योति संघ, जिल्ला आइ–केयर सेन्टर अर्घाखाँचीको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट दन्त सेवा १३५ जना, नेत्र सेवा ९५ जना तथा अन्य सेवा सहित गरी कुल ४५५ जनाले प्रत्यक्ष लाभ लिएका छन्।

कार्यक्रममा स्वास्थ्य सेवा प्रदान गर्ने सबै विशेषज्ञ डाक्टर तथा प्राविधिकहरूलाई समाजले मायाको चिनोद्वारा सम्मान गरियो, जसले स्वास्थ्यकर्मीहरूको योगदानप्रति कृतज्ञता प्रकट गरेको छ।
अध्यक्ष पन्थीले चुनौतीपूर्ण व्यवस्थापनबीच पनि शिविर सफल पार्न सहयोग गर्ने सबै संस्थान, स्वास्थ्यकर्मी, स्थानीय निकाय तथा नागरिकप्रति आभार व्यक्त गर्दै सामूहिक प्रयासकै कारण अभियान सफल भएको बताएका थिए।

कार्यक्रममा छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ, उपाध्यक्ष मनी शर्मा पन्थी, ६ का वडाअध्यक्ष कमल पौडेल ,५ का वडाअध्यक्ष बालकृष्ण पोखरेललगायतले स्वास्थ्य शिविरले जिम्मेवार, सचेत र स्वस्थ समाज निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

शिविरको उद्देश्य र सेवाबारे समाजका बासुदेव पाण्डे तथा अस्पतालतर्फबाट विशेषज्ञ डा. केशव शर्मा र हरि विक्रम कुँवरले विस्तृत जानकारी दिएका थिए। कार्यक्रम संयोजक नविन पाण्डे, प्रकाश पन्थी, कार्यसमिति, सल्लाहकार, प्राविधिक तथा स्थानीय समुदायको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव विराट पौडेलले गरेका थिए।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

काठमाडौंरसुवामा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम जम...