इक्यान रुपन्देहीको अध्यक्षमा गोबिन्द बस्नेत निर्वाचित


बुटवल
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित भएका छन् । इक्यानको आइतबार बुटवलमा सम्पन्न सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट बस्नेत आगामी २ वर्षे कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।

अध्यक्ष पदमा दुई जनाको दाबी भएपछि मतदान प्रक्रियाबाट नेतृत्वको टुङ्गो लागेको हो । अर्का अध्यक्षका प्रत्यासी राजेश प्रसाद पाण्डे १ मतले पराजित भएका हुन् । कूल खसेको ३७ मतमा अध्यक्ष निर्वाचित बस्नेतले १९ मत प्राप्त गरेका थिए भने पाण्डेले १८ मत प्राप्त गरेका थिए । अन्य पदाधिकारी तथा सदस्यहरुमा भने सर्वसहमत भएको थियो । जस अन्तरगत उपाध्यक्षमा दिपेश अर्याल, सचिबमा उपेन्द्र यादव, कोषाध्यक्षमा रामचन्द्र खरेल चयन भएका छन् । यसैगरी सदस्यहरुमा किरण राना, राम बहादुर खड्का, शिव पौडेल र शिखर गिरि धिताल चयन भएका छन् ।
यसअघि आयोजित उद्घाटनसत्रमा बोल्दै इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले जेनजी आन्दोलनपछि शैक्षिक परामर्श केन्द्रहरुको भूमिका थप बढेको बताउँदै गम्भीर भएर लाग्नु पर्नेमा जोडदिएका थिए । युवाहरुलाई अध्ययनका लागि विदेश पठाउने मात्र नभई उनीहरुलाई स्वदेश फर्केर केही गर्न सकिन्छ भन्ने आशा जगाउन पनि आवश्यक रहेको बताए । यसैगरी इक्यान केन्द्रीय महासचिव दिपकराज भुसालले इक्यानको पक्षमा नीतिगत सुधारका लागि राज्यलाई आवश्यक दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा इक्यानका विभिन्न केन्द्रीय पदाधिकारीहरु, विभिन्न जिल्लाका प्रतिनिधि तथा सल्लाहकारहरुले बोल्दै संस्थालाई सधै चलायमान बनाएर सदस्यहरुको पेशागत हितमा काम गर्न सुझाब दिएका थिए । इक्यान रुपन्देहीका संस्थापक अध्यक्ष देव कुंवरले स्थापना कालदेखि वर्तमान अवस्थासम्म आइपुग्दा प्राप्त अनुभवहरु बारे चर्चा गर्दै थप संगठित भएर अघि बढ्न जोड दिए । इक्यान रुपन्देहीका वर्तमान अध्यक्ष गिरीराज पाण्डेले आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गर्ने पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार तथा सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा विभिन्न व्यक्ति तथा सञ्चारकर्मीहरुलाई सम्मान गरिएको थियो ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...