बुटवलमा मानसिक स्वास्थ्य केन्द्र ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा सञ्चालनमा


बुटवल

नेपालमा मानसिक स्वास्थ्य, हिप्नोथेरापी (सम्मोहन विद्या) तथा वैकल्पिक उपचार क्षेत्रमा सक्रिय वेलनेस केन्द्र ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा आजदेखि बुटवलको मिलनचोकमा सञ्चालनमा आएको छ ।
हिप्नोथेरापिस्ट, ऊर्जा उपचारकर्ता तथा मनोसामाजिक परामर्शदाताका रूपमा परिचित आयुष चन्द्र रेग्मीद्वारा सञ्चालित उक्त केन्द्रले मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न प्राचीन पूर्वीय उपचार पद्धति र आधुनिक वैज्ञानिक विधिको संयोजनमार्फत सेवा प्रदान गर्ने जनाएको छ ।

वैकल्पिक उपचार क्षेत्रमा ४ हजारभन्दा बढी सफल केसमा काम गरिसकेको केन्द्रका संस्थापक रेग्मी यस शाखाले लुम्बिनी प्रदेशका सेवाग्राहीका लागि उपचार पहुँच विस्तारमा मद्दत गर्नेमा विश्वस्त छन् ।

‘तनाव, आत्मविश्वासको कमी, भावनात्मक असन्तुलन, फोबिया, ट्रमा, सम्बन्धका चुनौती तथा जीवनशैलीसम्बन्धी समस्याहरू समाधानमा राम्रो सफलता प्राप्त गरेका छौँ,’ रेग्मीले भने, ‘यस शाखामार्फत मानसिक स्वास्थ्य सेवालाई अझ पहुँचयोग्य, सुरक्षित र वैज्ञानिक आधारमा उपलब्ध गराउनु हाम्रो उद्देश्य हो ।’

उनका अनुसार केन्द्रमा गेन्डम, मन्त्र, सम्मोहन विद्या, तन्त्र विद्या, महाविद्या साधना, भैरव साधनाजस्ता विधाहरू पनि सिकाइने छन् । नयाँ शाखाबाट हिप्नोथेरापी, ऊर्जा–हीलिङ, तन्त्र–आधारित अभ्यास, माइन्ड–बडी वेलनेस तथा समग्र मानसिक स्वास्थ्य सेवा प्रदान गरिने केन्द्रले जनाएको छ । यहाँ व्यक्तिगत उपचार सत्र, हिप्नोथेरापी र रिग्रेसन थेरापी, ऊर्जा उपचार र चक्र व्यवस्थापन, सामूहिक प्रशिक्षण तथा माइन्ड ट्रेनिङ क्लास, मानसिक र भावनात्मक स्वास्थ्यसम्बन्धी विशेष कार्यशालाहरू सञ्चालन गरिनेछ ।

नेपालमा मानसिक स्वास्थ्यप्रति चेतना बढिरहेको अवस्थामा, बुटवलमा शाखा विस्तारले लुम्बिनी प्रदेश र आसपासका क्षेत्रका बासिन्दालाई वैकल्पिक उपचारको नयाँ विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ । केन्द्रको मुख्य कार्यालय काठमाडौंको धुम्बारहीमा रहेको छ । देशबाहिर अष्ट्रेलिया , युके र अमेरिकामा शाखा सञ्चालनमा छन् । 

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...