सम्पादकिय

भोलिदेखि धरहरा चढ्न पाइने, हाललाई प्रवेश निःशुल्क

भोलिदेखि धरहरा चढ्न पाइने, हाललाई प्रवेश निःशुल्क

Breaking news 1, ताजा अपडेट, फिचर, समाचार, सम्पादकिय, स्थानीय
२ असोज, काठमाडौं । भोलि बिहीबारदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ ।काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषद बैठकले नै गरेको थियो । लगतै संविधान दिवसको अवसर पारेर धरहरा चढ्न पाउने व्यवस्था गर्न सरकारले शहरी विकास मन्त्रालयमार्फत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का परियोजनालाई निर्देशन दिएको थियो ।परियोजनाले भोलिदेखि धरहरामा दैनिक करिब ५०० जनालाई चढ्न दिने गरी व्यवस्थापन गर्दैछ । परियोजनाका प्रमुख कोषनाथ अधिकारीका अनुसार वेबसाइटमार्फत धरहरा चढ्ने टिकट काट्ने व्यवस्था गर्न लागिएको छ । त्यसको तयारी सकिएपछि वेबसाइटबारे सार्वजनिक रुपमा जानकारी दिइने उनले बताए । ‘एप बनाएर टिकट काट्ने व्यवस्था गर्न लागेका थियौं, सम्भव भएन,’ उनले अगाडि भने, ‘अब तोकिएको वेबसाइटमार्फत विहान ११ बजेपछि प्रत्येक आधा घण...
‘धार्मिक आस्थामा आघात पुर्‍याउने फिल्मलाई नसच्याएसम्म प्रदर्शन अनुमति नदिनू’

‘धार्मिक आस्थामा आघात पुर्‍याउने फिल्मलाई नसच्याएसम्म प्रदर्शन अनुमति नदिनू’

Breaking news 2, ताजा अपडेट, समाचार, सम्पादकिय, स्थानीय
काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’को विवादबारे दायर मुद्दामा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । फिल्ममा राष्ट्रिय विभूति लगायतका विषय उल्लेख गर्दा सम्बन्धित निकायबाट अग्रिम रुपमा अनुमति लिएर मात्र समावेश गर्ने व्यवस्था मिलाउन सर्वोच्चले सरकारका नाममा निर्देशनात्मक आदेश पनि जारी गरेको छ । सर्वोच्चले विदेशमा निर्माण भएको फिल्ममा नेपालको शान्ति सुरक्षा, मित्र राष्ट्रसँगको सम्बन्ध, विभिन्न जातजातिबीचको सुसम्बन्ध, धार्मिक तथा सांस्कृतिक मूल्य मान्यतामा आघात पुर्‍याउने खालको भएमा नेपालभित्र प्रदर्शनको अनुमति नदिन निर्देशनात्मक आदेश दिएको छ । त्यस्तै सार्वजनिक हित, सरोकार तथा सदाचार र नैतिकता प्रतिकूलका कार्यलाई बढावा दिने एवं लैंगिक हिंसालाई प्रश्रय दिने प्रकृतिका भए नभएको जाँच गरी फिल्मको मूल स्रोतमा नसच्चिएसम्म त्यस्ता सामग्री नेपालभित्र प्रदर्शन अनुमति नदिन भनिएको छ ...
वीर अस्पतालमा अत्याधुनिक जलन उपचार केन्द्र सञ्चालनमा

वीर अस्पतालमा अत्याधुनिक जलन उपचार केन्द्र सञ्चालनमा

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, सम्पादकिय, स्थानीय
२८ भदौ, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले शुक्रबारबाट जलनका बिरामीलाई सेवा दिन थालेको छ । २०७२ वैशाखको भूकम्पपछि बन्द रहेको बर्न वार्डमा जलनका सामान्य बिरामीलाई उपचार गर्न अन्य अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता थियो । अस्पतालका निर्देशक डा. सन्तोष पौडेलका अनुसार डा. केडी जोशी जलन उपचार केन्द्र नामकरण गरी सेवा पुन: सुरु गरिएको हो । जसमा १० जनरल बेड, ५ आईसीयू र तीनवटा अप्रेसन थिएटर छन् ।नेपालमा जलन उपचारको सुरुवात वरिष्ठ प्लाष्टिक सर्जन डा. केशवदास जोशीले २०४३ सालदेखि वीर अस्पतालमा सुरू गरेका थिए । उनकै नामबाट अस्पतालले केन्द्रको नामकरण गरेको हो । ‘अबदेखि जलनका बिरामीलाई चाहिने सबै सुविधा वीर अस्पतालले दिन सक्छ । हामीले केन्द्रको रुपमा यसको नामाकरण गरेका छौं,’ डा. पौडेलले अनलाइनखबरसँग भने, ‘ जलेका बिरामी अन्य अस्पताल र विदेशमा समेत रिफर गर्नु...
निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रावधानबारे सहमति जुटाउन संसदीय उपसमिति गठन

निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रावधानबारे सहमति जुटाउन संसदीय उपसमिति गठन

Breaking news 1, ताजा अपडेट, समाचार, सम्पादकिय
२७ भदौ, काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासनले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रावधानबारे सहमति जुटाउन संसदीय उपसमिति गठन गरेको छ । बिहीबार बसेको समिति बैठकमा यो विषयमा छलफल भएको थियो । गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रमा प्रवेश गर्ने वा नगर्ने ? भन्नेमा प्रष्ट हुनुपर्ने बताए । प्रवेश गर्न नहुनेमा आम सहमति देखिए पनि सरकारी रकम गएको हकमा के गर्ने भन्ने विषयमा पनि प्रष्ट हुनुपर्ने बताए ।समिति सभापति रामहरि खतिवडाले यी प्रश्नको जवाफ खोज्ने काम उपसमितिले गर्ने गरी निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्राबधानलाई थाती राखेर छलफल अगाडि बढाए । ‘अब यो विषयमा सब कमिटीले थप काम गर्नेगरी यो प्रावधान थाती राखेर अगाडि गर्‍यौं’, सभापति खतिवडाले भने । उपसमितिमा काङ्ग्रेसबाट हृदराम थानी, राप्रपाबाट बुद्धिमान तामाङ, एमालेबाट रघुजी पन्त, माओवादीबाट हितराज पाण्डे,...
गुल्मीमा पहिरो पुरिएर ४ जनाको मृत्यु, २ घाइते

गुल्मीमा पहिरो पुरिएर ४ जनाको मृत्यु, २ घाइते

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, सम्पादकिय, स्थानीय
२२ साउन, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–१ बिसौनामा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु भएको छ ।पहिरोमा पुरिएर दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । प्रहरी निरीक्षक रामकुमार केसीले बताए । पहिरोमा पुरिएर ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए ।पहिरोमा पुरिएका मुना विक र बिष्णु विकलाई स्थानीयले उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकीमा पठाएका छन् । मंगलबार बिहान घर माथिबाट खसेको लेदो सहितको पहिरोले बिष्णु विक र हुकुम विकको घर पुरिएको थियो । रातिदेखि गुल्मीमा वर्षात् भइरहेको छ । भोलि सम्म बर्षा भैरहने हुदां सचेत रहन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ...
लुम्बिनीका मन्त्रीले पाए जिम्मेवारी

लुम्बिनीका मन्त्रीले पाए जिम्मेवारी

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, सम्पादकिय, स्थानीय
१८ साउन, बुटवल । लुम्बिनी प्रदेशका ८ जना बिनाविभागीय मन्त्रीको जिम्मेवारी बाँडफाट भएको छ । बिनाविभागीय मन्त्री नियुक्त भएको १० दिनपछि उनीहरुले जिम्मेवारी पाएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यले साउन ९ गते नेकपा एमालेबाट ५ र कांग्रेसबाट ४ जना गरी ९ जना विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।जसअनुसारआर्थिक मामिला तथा योजना मन्त्रीमा गुल्मीका धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्रीमा प्युठानका सरोज थापा, वन तथा वातावरणमा बाँकेका बादशाह कुर्मीले जिम्मेवारी पाएका छन् । त्यस्तै  उद्योग, पर्यटन तथा यातायात मन्त्रीमा दाङका प्रचण्डविक्रम न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।कांग्रेसले आफ्नो भागमा परेको एउटा मन्त्रालयमा मन्त्री अझै पठाउन सकेको छैन । त्यस्तै एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा रूपन्देहीका भूमिश्वर ढकाल, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा गुल्मीका दिनेश पन्थी, ...
देशभक्तले देखेको नेपाल

देशभक्तले देखेको नेपाल

फिचर, लेख रचना, समाज, सम्पादकिय
श्रीराम ज्ञवालीहिजो विश्वका देशहरुमै अग्रपंक्तिमा आउने नेपाल आज आइपुग्दा विकासको हिसाबले अविकसित देश बन्न बाध्य छ । मानव सभ्यताको शुरुवात देखि संस्कार, संस्कृति प्रकृतिको वरदान पाएको हाम्रो देश हो नेपाल । यहाँ गौतमबुद्ध जस्ता महामानवको देश, पृथ्वीनारायण शाह जस्ता साहसी दुरदर्शीहरुको देश, सगरमाथा जस्तो संसारकै उच्च शिखर रहेको देश, जलस्रोतको दोस्रो देश, भौगोलिक विविधता, हावापानी मानव अनुकुल रहेको देश, जडीबुटीको खानी साथै धेरै खनिज पदार्थ रहेको प्रमाणित भएको देश हो नेपाल ।हिजोको गर्विलो इतिहास रहेको देश आजका पुस्ताका कारणले भोलिका पुस्तालाई एकादेशको भन्ने कथनमा सिमित हुन पुग्छ कि भन्ने चिन्ताको विषय बनेको छ । नेपाल दिनानुदिन परनिर्भरता बढ्दै गएको छ । देशमा हुने राजनीतिक, प्रशासनिक हरेक क्षेत्रमा विदेशी प्रभाव छ । यति सम्म कि देशमा राजनीतिक नेतृत्व तथा सरकार गठन हुने विघटन हुने जस्ता विषय...
तनहुँ क्षेत्र नम्बर १ मा स्वर्णिम वाग्ले विजयी

तनहुँ क्षेत्र नम्बर १ मा स्वर्णिम वाग्ले विजयी

Breaking news 1, ताजा अपडेट, समाचार, समाज, सम्पादकिय, स्थानीय
१२ वैशाख, तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् ।निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् । वाग्लेले भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याएका छन् ।नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाउँदै तेस्रो भए । राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाएका छन् ।निर्वाचन अधिकृतको कार्यालयले मत परिणामको औपचारिक घोषणा गर्न भने बाँकी छ ।यसअघि गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्...
सत्ता गठबन्धनलाई भोट क्रसको डर

सत्ता गठबन्धनलाई भोट क्रसको डर

ताजा अपडेट, समाचार, सम्पादकिय, स्थानीय
१९ फागुन, काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रपतिका आफ्ना उम्मेदवार रामचन्द्र पौडेललाई जिताउन शुक्रबार सातै प्रदेशमा सांसदहरुसँग अभिमुखीकरण कार्यक्रम गरेको छ ।सबै प्रदेश राजधानीमा भएको ७ दलका प्रदेशसभा सदस्यहरुको अभिमुखीकरण कार्यक्रम बागमती प्रदेशका सांसदहरुका लागि भने काठमाडौंको बानेश्वरमा राखिएको थियो ।कार्यक्रममा नेताहरुले पौडेलले राष्ट्रपति जित्ने निश्चित रहेको बताएका छन् । तर सँगै, उनीहरुमा एउटा चिन्ता पनि देखिन्थ्यो । त्यो चिन्ता अनौपचारिक सम्वादमा मात्र होइन मञ्चबाट समेत नेताहरुले प्रकट गरे ।‘एमालेका उम्मेदवार जनतातिको उम्मेदवार, त्यसो हुनाले जनजातिहरुले जनजातिलाई नै भोट हाल्नुपर्छ भन्ने टाइपको तपाई हामीलाई पनि भ्रम सिर्जना गर्ने टाइपका कुरा आएका छन्’, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले मञ्चबाटै भनेका थिए । उनले एमालेले आफ्ना उम्मेदवार सुवास नेम्वाङलाई जनजाति भनेर मत ...
अस्वाभाविक महँगी नियन्त्रण गर

अस्वाभाविक महँगी नियन्त्रण गर

फिचर, सम्पादकिय
] कुनै ठूलो चाडबाड होस् या अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि— सानो बहाना पाउनु हुन्न, नेपाली व्यापारी–व्यवसायीहरू जेमा पनि भाउ बढाइहाल्छन् । अहिले त विश्वबजारमै इन्धन लगायत कतिपय वस्तुको मूल्यवृद्धि भएको छ, जुन नेपाली व्यापारीका निम्ति मौकामा चौका हान्ने राम्रै बहाना बनेको देखिन्छ । दिनप्रतिदिन अकासिँदो महँगीले उपभोक्ताको ढाड नराम्रोसित सेकिरहेको छ । तैपनि सरकार भने यसप्रति पूरै बेसरोकार देखिन्छ । स्वाभाविक सीमाभन्दा बढी मूल्य वृद्धि हुन नदिने आफ्नो दायित्वलाई सरकारले सम्पूर्ण रूपमा भुलेको छ । निश्चय पनि अहिले विश्वबजारमै इन्धन लगायत विभिन्न वस्तुहरूमा मूल्यवृद्धि भैरहेको छ । रुस–युक्रेन युद्ध लगायतका कारणले गर्दा भविष्यमा खाद्य संकटसमेत आउन सक्छ कि भन्ने भय सर्वत्र छ । यी दुवै सवालप्रति कतिपय देश चिन्तित देखिन थालिसकेका छन् । नेपाल सरकारलाई भने निकट भविष्यको मात्र होइन, अहिले ...